बडा दशै २०८३ को हार्दिक मंगलमय शुभकामना 🕉️

📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल 

बडा दशैको हार्दिक मंगलमय शुभकामना 🕉️


बडा दशैं पर्व २०८३ प्रारम्भ
घट्ट्स्थापन भयो शुभारम्भ ।।१।।

शारदीय नवरात्र प्रथम दिवस
प्रारम्भ दशै घरमा घडा कलश ।।२।।

बालककालमा दशैंको सम्झना
लुगाफाटा नयाँ नयाँ नाना ।।३।।

मीठो मसिनो परिकार  कति मनोरम
ऎले आउँछ ति दिनका सम्झना तरंग।।४।।

रमाइलो लाग्थ्यो पारिवारिक जमघट
फुर्सद मिल्थ्यो बर्ष दिनको एकपटक ।।५।

खुसीयाली हर्ष र उमंगको बडादशै पर्व
सम्झि ल्याउदा  ऎले लाग्छ भित्र भित्रै दंग ।।६।।

समय क्रमसँगै स्वयं  युवा भए पछि
जिम्मेवारीको भारी बोकी हिडेपछि ।।७।।

खुशी घट्दै आउन थाल्यो बालककाल भन्दा
गर्नुपर्ने खटिएर रोजी रोटी कामकाज धन्दा।।८।।

समय क्रम प्रौढ अवस्था पार गरि
बृद्धअबश्थामा पाइला टेक्दा ।।९।।

दिव्य ज्ञान चक्षु थोरैमात्र खुल्यो
रहेछ नि अपरम्पार दैवी शक्ति सत्ता   ।।१०।।

कलियुगका सार्थक महान शक्ति
कलि युगे शक्ति काली बिनायकौ ।।११।।

तन्त्र, मन्त्र, यन्त्र शक्ति जय अम्बे बोल
दुर्गा कवच सप्तशति पाठ रैछ अनमोल ।।१२।।

गरौ यथा शक्ति भक्ति यहि जीवन सार
यसैवाट हुन्छ आखिर भव सागर पार ।।१३।।

शान्ति स्वस्ती गरि गर्ने घट्ट्स्थापन ।
चित्रा नक्षत्र र वैधृति अशुभ योग टार्न ।।१४।।

आदिशक्ति दुर्गाभवानी कल्याण दाता ।
शत्रुनाश गरि सुख शान्ति दिनुहोस् माता ।
नवरात्रको प्रथम दिन शैलपुत्री देवी
कृपा दृष्टि बनि रहोस् हामी सेवक माथि   ।।१५।।

शान्ति स्वस्ति गरि शुभ साईत्मा
राखौ जमरा गरि अपराजिता देवी आराधना ।
सबैको शुभ होस् सदा भलो होस्
बडादशैको २०८३ को हार्दिक मंगलमय  शुभकामना ।।१६।।


🙏 धन्यवाद 🙏


✍️ रचनाकार : बसन्तराज अधिकारी
स्थायी निवास : दाङ, घोराही

Comments