३. प्रा.वि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण सफलताको कथा"

३. "प्रा.वि.को शिक्षक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपंर्ण सफलताको कथा"                                                                                               
📒 म शिक्षक  वसन्तराज अधिकारी, प्रधानाध्यापक स्व. यमप्रसाद शर्मा, कार्यालय सहयोगी श्री प्रेमबहादुर ठेडी मगर र श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर तिराम, प्युठानका विद्यार्थी भाइबहिनी बि.सं. २०३९ सालको संस्मरण तस्वीर ❣️🙏


पहिलो-शृङ्खला

बि.सं.२०३६ साल फागुन महिनामा श्री सिद्ध रत्न नाथ नमुना माध्यमिक बिद्यालय, नारायणपुर, दाङमा १० कक्षामा पढदा पढदै असामयिक दैविय बज्रपात स्वरुप बुबा बलदेव प्रसाद अधिकारीको स्वर्गारोहण भए पछि सो बर्ष २०३६ र अर्को बर्ष २०३७ सालमा घरमै एकजना हलिया जीतबहादुर बिश्वकर्मा संग खेती पाती गरि २०३८ सालमा प्रा.वि.को शिक्षक हुन रोल्पा जाने स्वनिर्णय गरे ।

मावल बाजे श्री कोमानिधी आचार्य र तत्कालीन जिल्ला शिक्षा कार्यालय, रोल्पामा टाईपिष्ट मुखिया पदमा कार्यरत सानबा गणेश प्रसाद सुवेदी र जिल्ला शिक्षा कार्यालय, रोल्पाको सहयोगमा प्रा.वि.शिक्षक सेवाको जागीरको लागि रोल्पा धाङसी प्रस्थान गरे । लिवाङ देखि सुदुर उत्तर तर्फ धाङसी खोलाको किनारै किनार, आकास छुन खोज्ने गगनचुम्बी पहाडहरु, धाङसीखोलाको कलकल बगाई उत्तरमा जलजला पहाडका शृङ्खलाहरु रमाइलो आँखा भरी देखिन्थे । दाङमै जन्मी हुर्की, बढी पढी सत्र अठार बर्षे नौंजवानीमा मावल देशमा शिक्षकको जागीर खान जानू गौरव, गरिमा र प्रतिष्ठा कै बिषय थियोे, भलै शिक्षाको अपुर्णताले आफै भित्र निरास बनाए पनि ! जिल्ला शिक्षा कार्यालयले निर्धारण गरेको अण्डर एस.एल.सी.मुखियास्तरको सरकारी शिक्षकको मापदण्ड भित्र परेर शिक्षा कार्यालयवाट सहमति लिई विद्यालय व्यवस्थापन समितिले भर्णा गर्ने गरि बैधानिकतापुर्वक लागे रोल्पा धाङसी तर्फ । यस महत्वपूर्ण कार्यमा सहयोग पुराउनु हुने मावल हजुरवा अहिले स्वर्गवास भैसक्नु भएकोले आत्माको चिर शान्तिको कामना (RIP) छ भने गणेश सानवा जागीरको अवकाशित जीवन दाङ, तुल्सीपुरमा बिताईरहनु भएको छ, वाहाँ लाई साधुवाद छ ।

लेेेखक : बसन्तराज अधिकारी
२० जेठ, २०७३ शनिबार
नेपालगन्ज, बाँके

दोस्रो-शृङ्खला

त्यतिबेला रोल्पा धाङसीमा १-३ सम्मको प्राथमिक श्री ने.रा.प्रा.बि.धाङसी, रोल्पा थियो । त्यहाँको प्रधानाध्यापक हुकुमप्रसाद आचार्य "बाघको शिला मामा" र अर्को एक जना रेशम आचार्य  दुबै जना मामा नै थिए । हुकुम प्रसाद नर्मल आधारभूत तालिम प्राप्त गरेका प्रा.बि.स्थायी शिक्षक हुनुहुन्थ्यो  । रेशम आचार्य र म दुबै जना अस्थायी थियौं । हाम्रो म्याद ३/३ महिनामा जिल्ला शिक्षा कार्यालयले बिद्यालयको सिफारिसमा थप गर्ने गर्दथ्यो । मैले एक अवधि तीन महिना तहाँ व्यतीत गरेपछि एस.एल.सी.दिन घर दाङ तर्फ आए । त्यतिबेला अर्को तीन महिना अवधिकोलागी म्याद थप गर्न बिद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा कार्यालय, रोल्पामा पठाईएको थियो ।तर म एस.एल.सी. दिन घर दाङ आएकोमा फर्केर पुनः तहाँ जान मनले मानेन । यसको विशिष्ट कारणहरु यी हुन त्यतिबेलाको त्यहाको समाजका अन्तरङ्ग अभिन्न अङ्ग शिक्षकहरु स्वयं मादक पदार्थ लगायत अशोभनीय हर्कत गरि बस्ने, बिद्यालयको पठनपाठन पनि ज्यादै दयनीय, मगर भाषाभाषी बोल्ने छात्रछात्राहरु बिच भाषिक समस्या ।

स्वयं म शाकाहारी भएको र मादक पदार्थ देखि पनि धेरै टाढा रहेको र अन्य गतिविधिमा पनि असंलग्न रहेको हुँदा साथै दैनिक स्नान, सन्ध्या बन्धनादी कर्म गर्ने कर्तव्यनिष्ट ब्राह्मणकोरुपमा आफ्नो छवि कायम राखेकोले त्यसमा आँच आउने भयले म पुनः शिक्षकमा फर्केर गएन । शिक्षक भैसकेपछी पहिलो सामाजिक मर्यादा र आफ्नो बृत्तिबिकास, समाजसंगको अन्तर्घुलन तादाम्यता यी कुरा तहाँ प्राप्त हुने अवस्था नदेख्दा शिक्षक हुनु र नहुनुको फरक पाईएन र मैले धेरै पटक खवर र बोलाहट हुँदा पनि पाईला त्यता सोझिएनन परिणामत त्यो जागीर परित्याग गर्ने निर्णयमा पुगे र घरै बसिरहेको थिए ।

यस अबधिमा दाङमै प्रा.वि.शिक्षक, बनपाले, सडक बाटो बनाउने काममा  लेवर(कुल्ली) को मेठ खोज्दै हिडे पनि कुनै पनि काम हात परेको थिएन, भौतारिएको थिए, घरैमा २ महिना खेतीपाती मात्र गरेर १० महिना बेरोजगार बस्नु र पढाईलाई अगाडि बढाउने कुनै सहज उपाय नदेख्दा मन सारै अस्थिर र बेचैन भै एक मन भारत प्रवासतिर लाहुरे बन्ने सोंच पनि आउँथ्यो भने अर्को तर्फ स्वदेशमै संघर्ष गरि अगाडि बढने कोरा कल्पना मात्र थिए ।

सहयोगी हातहरु अगाडि कुनै थिएनन । समाजमा "बलेको आगो ताप्न रमाउने आफ्ना मान्छेहरु", आफन्तहरु उल्टै "बाबु टोकुवा" "अभागी" जस्ता संज्ञा दिई हतित्साही र असहाय बनाउन खोज्ने हुँदा आफ्ना भनाउँदाहरुसंग ज्यादै बितृष्णा लाग्दथ्यो । तथापी महान शिक्षक "समय" को पर्खाईमा घर-व्यबहार र खेतीपातीमा आमासँग सहकार्य गर्दै  दैनन्दिन घरखेत बारीको कार्य सम्हाली बसिरहेको थिए । यो समय २०३८ सालको हो, शुन्यताको
समयको परिवन्ध आत्मिकरुपमा महसुस गरेपनी घरव्यबहार र आमा भाईबहिनीहरुको देखभाल बुबाको रिक्तताको आँशिकरुपमा परिपुर्ति गरि कर्तव्यबोध र सो को परिपालन एउटा महत्वपूर्ण कार्यसम्पादन थियो जुन अदृश्य अपितु गम्भीर र गहन र सारभुत प्रभावोत्पादक थियो ।

२०७३/२/२९ शनिवार
नेपालगन्ज, बाँके
साथमा तत्कालीन समयलाई सम्झने एउटा श्यामश्वेत तस्वीर को प्रस्तुती
क्रमशः

तेस्रो-शृङ्खला

रोल्पा धाङसीवाट  स्वेच्छिकरूपमा शिक्षक सेवा परित्याग गरि घरमै बेरोजगार भै बसेको करिब ४-५ महिना जति भएको थियो, एकदिन तिराम प्युठानवाट ठुली आमा छोरा दाइ स्व.तुल्सिराम अधिकारी आउनु भयो र वाहाँसंगको परामर्शमा प्युठान तिराम अन्तर्गत आफ्नो पितृभुमि मा गएर सम्मानित शिक्षक सेवा गर्ने, "सेवा गरे  मेवा पाईन्छ" भन्ने सल्लाह मुताविक दादाजीसंग लागे प्युठान तिरामतिर बि.सं.२०३९ फागुनमा  ।

तहाँ गै दाइ श्री तुल्सीराम अधिकारीको अनुरोधमा तत्कालीन तिराम गाउँ पञ्चायतका प्रधानपञ्च साहिला बा स्व. धनेश्वर उपाध्याय अधिकारी को सिफारिसमा तत्कालीन तिराम गाउँ पन्चायत अन्तर्गत वडा नं.४ सिमल्चौर, थक्लेनी श्री ने.रा.प्रा.वि.बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तिराम गाउँ पन्चायतका उपप्रधानपन्च श्री तिलबहादुर ठेडी मगरको सक्रियतामा प्राथमिकस्तरको शिक्षक पदमा २०३९ साल फागुनमा भर्ना भए । त्यतिबेलाको शिक्षकको नियुक्तिको प्रति यसै साथ संलग्न छ ।

मगर समाज र अल्पसंख्यक क्षेत्री हरुको बसोबासको यो तिराम पन्चायत अन्तर्गत सिमल्चौर- थक्लेनी-ठाडीओढार-मुताहा र छतिवनदमार सम्मको बिद्यालयको सेवाप्रवाहको क्षेत्र थियोे । हाल यी ठाउँको नाम केही परिवर्तन भएका छन जस्तो "मुताहा" हाल परिमार्जित नाम मोतीपुर । मुलतः यो समाज बृटिस मलाया लाहुरे, भारतीय सेना र बम्बैमा काममा जाने नेपालीहरु र खेतीपाती, माछा मार्ने, मजदुरी गर्ने र होटल व्यबसाय गरि बस्दथे । त्यतिबेला भालुवाङ हुँदै देवीस्थान- प्युठान -रोल्पा सम्मको सडक सञ्जालको रेखाङ्कन मात्र थियो । पैदलमार्ग ज्यादै चलनचल्तीमा थियो । मैले बिद्यालय बाहेकको समयको सदुपयोग गरि त्यतिबेला रचना गरिएको साहित्यका कविताको एक पद्यांश याहाँ प्रस्तुत गर्दछु :-

"कल र कल माण्डवी जल बगेको सुनिन्छ  ।
स्वदेश छोडी प्रवासी बन्ने दाजुभाइ भेटिन्छ ।।
आँड रक्सी खानेको याहाँ महत्व दर्शिन्छ ।
कङ्गालदेश गरिव जनता कसरी सुध्रन्छ ?
यो देश, कसरी सुध्रन्छ ??
×      ×      ×      ×     ×

यस बिद्यालयका प्रधानाध्यापक श्री यमप्रसाद शर्मा "चौबिस घण्टे पियक्क्ड  बोत्तलप्रसाद" थिए । यिनैलाई केन्द्र बिन्दु बनाएर प्रतिकात्मकरूपमा  दाङ घोराहीवाट प्रकाशित हुने तत्कालीन  जयनेपाल निष्पक्ष साप्ताहिकमा "बोत्तलप्रसाद.." हास्य निबन्ध प्रकाशित गरेको थिए । यो निबन्ध निकै प्रभावोत्पादक र मेरो शैक्षिक योग्यता र स्थान भन्दा धेरै माथिल्लो स्तरको र स्तरीय थियो ।

बि.सं २०३९फानुन देखि २०४५ मंसिर सम्म पूरा ६ बर्ष श्री ने.रा.प्राथमिक बिद्यालयको शिक्षक र सहायक प्रधानाध्यापक भएर एउटा असल शिक्षक , आदर्श, गौरवपुर्ण र गरिमामयी व्यक्तित्व कायम गरि बाबुबाजेको यस पितृभुमिमा "देशभक्तिपुर्ण राष्ट्र सेवाको आधार" प्रारम्भ भयो । यमप्रसाद शर्मा, प्रेमप्रसाद आचार्य "सुलिफाईट मास्टर" र बेदप्रसाद पण्डित जस्ता पियक्क्ड शिक्षक साथी अग्रजहरुको संगतमा रहेपनि कर्कलाको पातमा रहेको पानीजस्तै निकै संघर्षपुर्णरुपपा आफुलाई तटस्थ र स्वच्छ राख्न सक्नु आफैमा "महान तपस्या" र संघर्षपुर्ण जीवन रह्यो । याहाँ धेरै अनुभवका सङ्गालोहरु छ्न, केही प्रतिनिधि  परिघटनाकारुपमा अब अर्को चौथो-शृङ्खला मा प्रस्तुत गर्नेछु ।

धन्यवाद
२०७३/३/४ शनिबार
स्वनिवास: दाङ-घोराहेी

चौथो- शृङ्खला

यसै अवधिमा बि.सं.२०४१ साल ताका प्राथमिक शिक्षककोलागि आधारभुत शिक्षक तालिम "रेडियो शिक्षा शिक्षक तालिम"मा सहभागी भए Distance Education रेडियो मार्फत तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रले सञ्चालन गर्दथ्यो । ठूलो रेडियो पा.पा.नि.बि.केन्द्र, हरिहरभवन  मार्फत जिल्ला शिक्षा कार्यालय, प्युठानले उपलब्ध गराएको थियो । साझ ५:०० बजे देखि ७:०० बजेसम्म  रेडियोमा सहभागिता मुलक प्रशिक्षण प्रदान गरिन्थ्यो । ४५ मिनेटको कक्षा पश्चात् कार्यक्रममा शिक्षक साथीहरुका हुलाक मार्फत पठाइएका बिबिध रचनाहरु प्रशारण गर्ने गरिन्थ्यो । मैले त्यतिबेला हुलाक मार्फत रजिष्ट्री गरि पठाएको "हामी शिक्षक नामक रचना  प्रकाशित भएको थियो जो यश प्रकार छ :

हामी शिक्षक

शिक्षक हौं, हामीहरु बिद्यालयका ।
सेवा गर्नु धेरै नै छ, बिद्यालयमा ।।
प्यारो मातृभुमी नेपाल आमाका ।
छोराछोरी सन्ततीलाई शिक्षित बनाउनु छ ।। १।।

आफ्नो ज्ञान, सीप, मेहनत गरि ।
भावी सन्ततीलाई विद्वान नै पारी ।।
देश बिकासकालागी पहल गर्नुछ ।
प्यारो हाम्रो देशलाई उज्यालो पार्नुछ ।।२।।

पहाडी डाँडा काँड भएको देश हाम्रो ।
हरियाली सुन्दर शान्त देश छ यो राम्रो ।।
मेची देखि कालीसम्म सबै शिक्षकहरू ।
पहाडी भुभागमा नै रहेका छौं बरु ।।३।।

जहाँ अझैसम्म पनि शिक्षा ज्योति छैन ।
पढेपछि के पो हुन्छ थाहा याहा छैन ।।
अझैपनी रुढीबादी छाडन सक्या छैनन ।
पढाइ लेखाइमा कोशिश पनि खासै देखिदैन ।।४।।

अशिक्षित समाजमा भिजेरै शिक्षक ।
शिक्षा दियो प्रज्वलित पार्नु है पर्दछ ।।
स्वदेशको लागि सधैं कम्मर कसेर ।
उन्नति र प्रगतिको शिखर चुम्नुछ ।।५।।
शिक्षक पेशा खेलवाड हैन ।
संघर्ष गर्नुछ ! संघर्ष गर्नुछ !!
क्रमशः

® रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रमको प्रमाणपत्र यसै साथ संलग्न छ ।

• रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रम पारिजातवाट रेडियो नेपालवाट प्रशारित मिति २०४०/७/२१

(मिति २०७३/३/११ शनिबार)
नेपालगन्ज, बाँके ।

पाँचौ - शृङ्खला

शिर्षक :-श्री ने.रा.प्रा.वि.सिमलचौर, थक्लेनीको सामाजिक चित्रण, शिक्षकको बहुआयामिक भुमिका, निरक्षर मुखिया बा को विलक्षण क्षमता,अध्यक्ष तिलबहादुर ठेडी मगरका रोमन अंग्रेजीको प्रयोग र शिक्षा सेवा, मेरो आदर्श शिक्षक ",देउता मास्टर"को भुमिका

कथा अन्तर्वस्तु

तत्कालीन बि.सं.२०४०/०४१ को समयमा प्युठान जिल्ला तिराम गाउँ पञ्चायत अन्तर्गत  वडा नं.४, ५ सिमलचौर, थक्लेनी, मुताहा हाल परिवर्तित नाम मोतीपुर र छत्तिवन दमार सम्मको बिद्यालयको सेवा प्रवाहको क्षेत्र को समाजको शैक्षिक अवस्था ज्यादै दयनीय थियो । शिक्षाको स्थिति सारै नाजुक थियो । गाउँमा एकाध सामान्य पढेलेखेका साक्षर भेटाउन पनि दुर्लभ थियो । शिक्षक/मास्टर गाउँ घरमा सबै जान्ने/सुन्ने हुन्थे । गाउँ घरमा परिआउने कानुनी लेखापढी लिखत, घरसारका तमसुक देखि झै -झगडाका मिलापत्र, लेनदेन, हिसाब किताब, खवर, सुचना सबैको ज्ञाता शिक्षक हुन्थे । शिक्षक स्वयं पत्रकार, वकिल, स्वास्थ्यकर्मी, परामर्शदाता, सुचनादाता, सचिब, नेता, सल्लाहकार बन्नुपर्दथ्यो । वैदेशिक रोजगार भारत प्रवास गएका खसम (श्रीमान)  छोराहरूलाई  .....स्वस्तीश्री तहाँ राजगरी बस्नु भएका सिरका स्वामी/छोरा  आगे .....वाट यस्तै प्रकृतिको भाखामा पत्र लेख्ने कार्यमा शिक्षक नै स्वयंसेवकको रुपमा  नियुक्त हुनु पर्दथ्यो । यस बिषयमा मैले दक्षता हाँसिल गरेकोले मेरो लेखाईको तुलनामा अरु शिक्षकहरूको लेखाइ स्वीकार्य हुँदैनथ्यो । पढाउने सीप प्रविधि र समाजसेवी कार्यमा मेरो प्रसिद्धता बढदै थियो  । समाजमा लाहुरे संस्कृति  बिशेषत: बृटिश र भारतीय प्रभावको व्यापकता थियो ।

यसै सन्दर्भमा थक्लेनी गाउँका ८० बर्षे मुखिया मनिराम थापासंगको प्रसङ्ग रोचक छ । म भर्खर भर्खरै शिक्षक नियुक्ति भएको थिए । मुखिया सापले बिहानै  कटुवाललाई मलाई  बोलाउन स्कुलको होस्टलमा पठाए । म पनि कटुवालको साथ लागेर मुखिया बा कहाँ गए । त्यहाँ गाउँभरीका भद्र भलाद्मी जम्मा भएका थिए । मुखिया बाले मलाई शशिराम भण्डारीको पाखो खेतको गढो करवीर ठेडीलाई रु. २०,०००/- अक्षेरेपी बीस हजारमा तमसुक लेखिदिने भनेर नेपाली कागत र कालो स्याही (मसी) भएको कलम खोजेर ल्याईदिए किनभने म संग निलो मसि भएको कलम थियोे । मेरो यो पहिलोपटकको लेखाइ हो, एउटा नक्कल पाए  लेख्न सक्छु भनेपछि  नक्कल पनि खोजेर ल्याईदिए र नक्कल हेर्नू पर्दैन माड्साप म व्य्होरा भन्दिन्छु, तपाईं लेख्नुस भनेर - "लिखितम धनिका नाम  फलानाको छोरो फलानाको नाति फलानो ठाउँ बस्ने बर्ष यतिको फलनो सो धन व्यहोरिने ॠणिका नाम ....;" मैले २ पटक मुखिया बा को भाषा  र दुईपटक पुरानो तमसुक्को व्यहोरा पढेर नेपाली कागजको सोह्र तोडे बनाई  कपाली तमसुक लेखेर साक्षी फटकेका सदर भनि सहीछाप गराउन थाल्दा पो थाहा भो मुखिया बा मनवीर थापा त ल्याप्चे लगाउनु पर्ने निरक्षर पो रहेछन म त छक्क परे यो परिघटनावाट त्यसैले त भन्छन् बुर्जुगहरुले "पढेको भन्दा परेकोले जान्दछ ।" भन्ने उक्ति १०० मा सवासय प्रतिशत ठिक हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री Til Bahadur Thedi र सदस्य श्री सन्तबहादुर थापा बृटिश मलाया पेन्सेनर लाहुरे थिए । Til Bahadur बृटिश र मलेशियाको ब्रुनाईको जंगलमा भएको भीषण युध्दमा पेटमा गोली खाएर घाइते भै २ बर्षमै घाइते पेन्सन पकाएका सिपाही, उनी युद्ध र शत्रुसंगका लडाईका कुरा बडो रोमाञ्चक ढंगले गर्दथे र  मन्त्रमुग्ध पार्दथे पनि । हामीले देवनागरी लिपी नेपालीमा लेख्ने जस्तै उनी धाराप्रवाह सररर रोमन अंग्रेजीमा लेख्दथे । अच्चम्म लाग्दथ्यो उनको लेखन सिकाई शैली । बेलायती सैनिक तालिम कोरसमा उनीहरुलाई त्यसरी नै सिकाईएकोले यसैमा गौरव गर्थे, आफ्नो सिकाई उपलब्धी प्रती तर नेपाली व्यवहारमा रोमन अंग्रेजी नचल्ने हुँदा दिक्क मान्थे र गुनासो गर्थे वास्तवमा उनीहरुको लेखाइ आजकाल नेपाली भाषामा र शुद्धसंग अंग्रेजीमा लेख्न नजान्ने शिक्षित र अर्धशिक्षित नेपालीहरुले facebook Language मा धाराप्रवाह प्रयोग गरिरहेकाले यिनका पुर्वज ती बृटिश मलाया  लाहुरे हुन भन्दा अत्युक्ति नहोला । Til Bahadur एक पटकको उनको व्यक्तिगत घटना रोमान्टिक ढंगले विवेचना गर्दथे । श्री नेराप्रावि सिमलचौरलाई थक्लेनीमा स्थानान्तरण गर्न जिल्ला शिक्षा कार्यालय प्युठानमा जाँदा त्यहाका मुखिया साप र खरिदार सापहरुसंग नेपालीमा लेख्ने बिषयमा भनाभन भएछ, अन्त्यमा जिशिनि सापकहाँ पुगेर यथार्थता स्पष्ट भएपछि Til Bahadur कै जीत भएछ ! #आहा कति रोमान्टिक सत्यकथा ! आफू अनपढ भएपनि  बिदेशीको गुलामीको भुक्तमान खाएर शिक्षाको माध्यमवाट समाजसेवीको रुपमा जुटेका यी बुज्रुगहरुले शिक्षकहरूलाई अत्यन्त सम्मान गर्ने र सरकारले तलव दिए पनि खानपिनको खर्च उठाउने गर्दथे । यिनीहरुको यो दायित्व बहन गरि मैले पनि  बिशेषत: ४ र ५ का विद्यार्थीहरु  कमजोर भएकोले उनिहरुलाई छात्रावासमै राखी बिशेष कक्षा सञ्चालन गरि शिक्षण गर्दा त्यसको ज्यादै सकारात्मक प्रभाव त्यस समाजमा पर्यो, साथै जिल्लास्तरीय परीक्षामा पनि उपलब्धि उल्लेखनीयरुपमा रह्यो र मलाई "देउता मास्टर" को संज्ञा मिल्यो र हेड मास्टर बनाउने प्रस्ताव आए पनि म अस्थायी भएकाले त्यो स्वीकार गरिन ।

यसै अबधिमा २०४१/०४२ सालताका अर्थात सन १९८४/८५ मा हाईस्कुल दिन बनारस जाने सल्लाह प्युठानी साथीहरुसंग चल्यो कारण त्यो बेलाको समयको प्रभाव त्यस्तै थियोे । मैले बिद्यालयमा राम्रो सेवा गरेकोले आंशिक बेतलवी र तलवीरुपमा मलाई हाईस्कुल अध्ययनकालागी बनारस पठाउने निर्णय व्यवस्थापन समितिले गरे, "बिद्या नभए काँशी जानू, काँशिमा पनि नपाए ....के गर्नु ?? का मर्मस्पर्शी, अव्यक्त कथाहरु अर्को छैटौं शृङ्खलामा अहिलेलाई बिदा चाहान्छु ।
#क्रमशः

साथमा श्री नेराप्रावि, सिमलचौर, थक्लेनीका तत्कालीन प्र.अ.श्री यमप्रसाद शर्मा आचार्य, कार्यालय सहयोगी प्रेमबहादुर ठेडी मगर र विद्यार्थी भाइबहिनीहरुको साथमा म #तस्विरआफैबोल्छ

२०७३/३/१८ शनिबार
नेपालगन्ज, बाँके

प्रा.वि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण  सफलताको कथा"

छैटौं - शृङ्खला

शीर्षक : अध्ययनार्थ बाराणसी यात्रा  र वाराणसी-इलाहावादको भुक्तमान मात्र, प्रतिफल शुन्य तब  "बिद्या  हराए काँशी जानू ..........काँशीमै हराए कहाँ जानू ??

कथा अन्तर्वस्तु

श्री ने.रा.प्रा.वि.थक्लेनीको कक्षा ४ र ५ को थप दरबन्दीमा प्युठान, खैराका श्री टेकराज अर्याल र  बेदप्रसाद पण्डित नयाँ शिक्षककोरुपमा भर्णा भएका थिए । टेकराज पोखरेल हाल प्युठान खैरामै शिक्षकवाट अबकासित जीवन बिताएका छन  भन्ने जानकारीमा छ भने बेद्प्रसाद शिक्षक छोडेर प्युठान खैरावाट बर्दिया बसाई सरेका र त्यहाँवाट भारततिर नोकरी गर्न गएको खवर पाए तर धेरै बर्ष भो सम्पर्क भएको अवस्था छैन । उनिहरु नेपालवाट एस.एल.सी. अनुितिर्ण भै  बनारसवाट मोहन चापागाईं र राम पाण्डेसंग हाईस्कुलको  (सक्कली ?) सटिफिकेट ल्याएका थिए । उनिहरुकै परामर्शमा  हाईस्कुल गर्न नेपाल भन्दा बनारस धेरै राम्रो छ, त्यहाँ  गए फेलै भइदै भइन्न जस्तो बुद्दुले पनि सेकेन्ड डिभिजन त पक्कै  ल्याउँछ भन्ने उर्दी जारी गरेपछि त्यो हावाले हामीलाई नछुने कुरै थिएन र उनिहरुकै फलोअर पनि भैयो ।  बनारसमा बस्ने मद्रासी लाहुरे अङ्कलका एक मात्र पुत्र श्री  कृष्ण अधिकारीलाई सम्पर्क बिन्दु बनाएर तत्कालीन उपल्लोतिराम हाल दाङ घोराही, गुलरिया तत्कालीन तिरामका बामदेव अधिकारी, इन्द्रमणी आचार्य, तिमिलेका दत्तात्रय अधिकारी, प्युठान ढुङ्गेगढीका नरबहादुर दर्लामी, ओम प्रकाश ज्ञवाली र दाङको म यसै साथ संलग्न तस्बिर समेतका साथीहरु कोही ईण्टर र कोही हाईस्कुल दिन भनी आ-आफ्नै तरिकाले बनारस प्रस्थान गरेउ र त्यही ८० घाट मध्येको एक ब्रम्हघाट, बाराणसीमा हाम्रो डेरा भयो । रामघाटको सहयोगी कोचिङमा हाम्रो पढाई थियोे । तिथि मिति भन्नु पर्दा आजभन्दा ३२ बर्ष  अगाडि  बि.सं.२०४१अर्थात  सन १९८४ साल ताकाको हो । त्यहाँ एक जना नारायण अर्याल, धादिङ र शंकर पोखरेल, दाङका पुर्व सुचना तथा सञ्चार मन्त्रीको सम्पर्कमा गएका थियौ । नारायण अर्याल सम्पुर्णानन्द संस्कृत विश्वबिद्यालय  शास्त्रीका र शंकर पोखरेल डिएभी कलेजका बि.कम.का विद्यार्थी थिए । उनिहरु बनारसमै बसेर अध्ययन र प्रवासी नेपालीहरूलाई भेला गराई  कम्युनिस्ट  खासगरी माक्सवाद लेनिनवाद तात्कालिन माले भनिन्थ्यो र माओत्सेतुङ बिचारधारा (वाद?) होईन भनेर उग्रवामपन्थी क्रान्तिकारी शैलीमा घोकाउँथे र पढाउथे पनि ।

अधिकांश हामी नेपाली बिद्यार्थीहरु जो भारतीय सरकारी संयन्त्रसंग अपरिचित हुनाले परिक्षा फर्म भर्न प्रवासी नेपाली विद्यार्थी नेता नारायण अर्याललाई छोडिदियौ, आफै गभन्मेन्ट कालेजवाट भर्नु भन्दा भन्दै बिगतको परम्परालाई पछ्याउँदै उनिहरुलाई छोडेर एक महिना पछि पढन आउने गरि नेपाल फर्कियौं । यता  फर्किएर ५/६ महिनाको अनुमानित खर्चको व्यवस्था  मिलाएर पढन बस्ने गरि जानु थियी । नेपाल आएर बिद्यालय र घरमा बिदा भएर "बिद्या हराए काशी जानु, न्याय हराय गोरखा जानू" भन्ने नेपाली परम्परागत  उखानलाई चरितार्थ गर्दै काँशी बाँस गैयो । तत्कालीन भा.क.पा.माले का बर्दियाका संयोजक BHU (Varanasi Hindu  University) का विद्यार्थी श्रीमन गौतम,  दाङका DAV कालेज, बाराणसीका B.Com.का विद्यार्थी शंकर पोखरेल र सम्पुर्णानन्द संस्कृत बिश्व बिद्यालय, बाराणसीका शास्त्रीका विद्यार्थी नारायण अर्याल समेत्ले कोर्षका साथै बिहान बेलुका र बिदाको दिनमा राजनीतिक प्रशिक्षण समेत दिने गर्दथे । हामी  मध्ये स्वयं आफै फर्म भर्ने २/४ जना साथीहरुको राजकीय कालेज, (Qeens College) बाराणसीवाट  र अरु सबै करिब १०० जना नेपाली साथीहरुको स्वामी बिबेकानन्द धर्म इण्टर कालेज, सहसौं इलाहावाद र अन्य प्युठानी साथीहरूले झाँसी जिल्ला अन्तर्गत  देवरियावाट फर्म भरिएको रहेछ, जाँच दिन त्यही जान पर्ने भयो र हाम्रो कम्पनी  जाँच भन्दा ५ दिन अगाडि इलाहावाद प्रस्थान गर्यो । बिराटनगरका रामेश्वर शर्माको नेतृत्वमा । कलेजदेखी नजिकै एउटा बृहत ठुलो योगीको एउटा आश्रममा हाम्रो कम्पनीको  डेरा जम्यो, अहिले सपना झै लागेपनि जवानीमा भुक्तमान खाएको  र भ्रमपुर्ण अवस्थाका एक एक पललाई बिर्सदैन,तिन्ले नै जीवनलाई धेरै परिवर्तन ल्याएका छन र सबल पनि बनाएका छन । अपितु, राम्रा कुरा धेरै बिर्सिएर गए होलान । #चुनौतीपुर्ण, संषर्षपुर्ण र कहालीलाग्दो ती सुदुर अतितका दिनहरू कसरी भुल्न सकिन्छ र ? जाँच दियौं तर जाँचकै बेलामा समेत फन्दामा प-यौं । गैरकानुनीरुपमा फर्म लगाइएको र हामी माथी चिटिङ भएको रहेछ । युपी बोर्ड, इलाहावादले हाम्रो रिजल्ट withheld गर्ने भन्ने warning दिए पनि हामीलाई जाँच भने दिलाईयो । जाँच दिएर नेपाल फर्कियौं । त्यसको ३ महिना पछि रिजल्ट पनि आयो, तर हाम्रो WTVC भनेर रोकिएको रहेछ तर यस बिचमा शंकर पोखरेल, नारायण अर्याल जस्ता साथीहरू आफ्नो व्याचलर (स्नातक) को अध्ययनको समाप्ति पछि नेपाल तिर फर्किएका थिए । बिराटनगर निवासी बताउने दलाल रामेश्वर शर्माको गद्दारी र नेपाली विद्यार्थीको सिदापनको फाईदा उठाउँदै गम्भीर घात भयो, साथीहरुलाइ मजाले लुटे डाँकाले म पनि त यसको आंशिक शिकार भए, बेलैमा प्युठानी इन्द्रमणी समेतका साथीहरू ले यस कुराको भण्डाफोर बनारसवाट गरेको सूचना पाएपछि  मैले स्वयं युपि बोर्ड इलाहावाद गएर यथार्थ बुझ्ने योजना बनाए र दाङ बघौसी निवासी कुलराज गौतम लगायतका साथीहरूसंग सल्लाह गरे परन्तु  कसैले मानेनन । किनभने अरु साथीहरू नक्कली प्रमाणपत्र ल्याई त्यसैलाई सक्कली ठानेर कोहि क्याम्पस पढ्दै थिए भने कोही जागीर खाँदै  पनि थिए । स्मरणरहोस् त्यतिबेला घुस/ भ्रष्टाचारले धनार्जन गर्नु र नक्क्ली प्रमाणपत्र र सोर्स फोर्सले जागीर खानु गौरव र पुरुषार्थ ठानिन्थ्यो । पञ्चायत कालको यो बिरासत हालसम्म पनि यदा कदा संस्थानहरु र गैरसरकारी क्षेत्रमा देख्न पाईन्छन । यो बिडम्बना र बिकृती सिवाय केही होईन । सोर्स, फोर्स बाहेक कोर्ष योग्यता, क्षमता र इमान्दारीको कदर नहुँदा नै राष्ट्रको दुर्गति हुन जाने कुरामा कुनै शंका छैन । तदुप्रान्त म एक्लै बनारस हुँदै कलेजमा गै युपीबोर्डसम्म पुगे । बनारसमा पनि साथीहरू भेटिने कुरै थिएन । स्वामी बिबेकानन्द धर्म इण्टर कालेज, सहसौं इलाहावादमा रेकर्ड नै पाईएन अन्ततः बडो कठिनाइ र एक्लो साहसका साथ सभ्य र भब्य उत्तरप्रदेश शिक्षा बोर्ड, पुगे । त्यहाँ गएर यथार्थ कुरा बोर्डका कृते सचिब (Acting secretary or Under secretary) श्री राम बिलास ब्रम्हावाट थाहा भयो - मोहन चापागाईं, राम पाण्डेहरुले गत बिगत बर्ष देखि नै नेपाली विद्यार्थीहरुलाई "माछालाई जाल र ढडियामा पारेजस्तैगरि  बरबाद गर्ने र "घरको न घाटको" बनाउने  हिजो आज यिनैका हाईबृड सन्ततिहरु मेनपावर मार्फत नेपालीहरूलाई बिदेश पठाउने गोरखधन्दामा लागेका छन । सोही बर्ष सन १९८४ देखी  हाम्रो नेता दलाल  रामेश्वर शर्माले पनि नक्कली प्रमाणपत्र बेच्ने यहिवाटो समाएछन  । हाम्रो दुर्भाग्य पास भएर पनि नेपाल सरकार, शिक्षा मन्त्रालयले  परराष्ट्र मन्त्रालय समेतले परिपत्र जारी गरि राजकीय कलेज बाहेक गैर राजकीय कालेजलाई मान्यता दिईएको रहेनछ केवल भारतीय विद्यार्थी बाहेक बिदेशीलाई अनुमति नदिएको कारणले WTVC लागेको र यस बिषयमा हाईकोर्टमा मुद्दा (मुकद्द्मा ) चलिरहेको र केश हारेमा ठगी जालसाजी  (फरेव) समेतमा बिषयमा रामेश्वर लगायतका गुण्डाहरु जेल पर्ने यिनीहरू र केही बोर्डकै कर्मचारी मिलेर बदनाम गराएको सत्य तथ्य जानकारी गराई बोर्डलाइ सहयोग गर्न र मेहनत गरि पुन: सफल हुन बोर्डका अण्डर सेक्रेटरीले राम्ररी सम्झाए । शुरुमा "वही नैपालीका केश है" भनेर डाकैले हपारेका कृते सचीवले मेरो सरलता, इमान्दारी र सत्यतावाट प्रभावित भएर "बाबुले बाटो बिराएको छोरा/छोरी सम्झाए जस्तै" गरि  सम्झाए । तर पनि उपदेश र अर्तीले "हतियारले काटेर  चहराई रहेको  आलो घाउमा के मल्हम पट्टी लाउन सक्थ्यो र ?" म रुँदै भारत सरकार उत्तरप्रदेश शिक्षा बोर्ड, वाट बाहिरिए । "बिद्या हराए काशी जानु" भन्ने उखान पनि  सत्य भएन, काँशीमै बिद्या हराए कहाँ जानू .....;??

यो यथार्थ तत्व ज्ञान पाईयो, एक मन नेपाल नफर्कने त्यतै प्रवासतिर नौकरी गर्ने सोच पनि आउथ्यो, इलहावाद, बनारस तिर प्रवासी साथीहरू थिए पनि काम पनि पाईन्थ्यो तर अर्को सबल मन र अन्तर आत्माले पलायन हुन मानेन, नेपाल  फर्कने, संघर्ष पढाई पुनः नेपाल बाटै "बिद्या आर्जनकालागी कहिल्यै बूढो हुँदैन र मर्दिन" भन्ने उक्ति लाई सार्थक बनाउन  उच्च मनोबलका साथ अघि बढने सोंचका साथ नेपाल फर्किए ।
साथमा बनारसमा बस्दा खेरीका त्यतिबेलाका साथीहरू
दायाँवाट क्रमशः अगाडि  बसन्त अधिकारी, दाङ र इन्द्रमणी आचार्य, बामदेव अधिकारी, नर बहादुर दर्लामी यस्तै गरि पछाडि कृष्ण अधिकारी, ओमप्रकाश ज्ञवाली, दत्तात्रय अधिकारी, ध्रुव पुरी र तारा गिरी-प्युठानी साथीहरू 

२०७३/०३/२५ शनिबार
नेपालगन्ज


प्रा.वि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण  सफलताको कथा"

७. शिर्षक: वाराणसी सहयोगी कोचिङमा माक्सवादी-लेनिनवादी तत्कालीन मा.ले.को राजनीतिक प्रशिक्षण, एक पटक प्युठानी साथीहरुको सम्पर्कमा कमरेड मोहन बैद्य किरणसंग साक्षात्कार (२०४१साल) र बाराणसीमा साहित्यिक गतिविधि र अभानेस्वबियुका वार्षिक मुखपत्रमा मेरा प्रकाशित कृतिहरु समेतले राजनीतिक व्यवस्था, मुलुकको बिद्यमान अवस्था, शासन व्यवस्थाको जानकारीका साथै सामाजिकीकरणको प्रक्रियामा एउटा आयाम रह्यो । प्रस्तुत छ, तत्कालीन अवस्थाको अनुभुती संस्मरणात्मक र अभिलेखात्मक तथ्यहरुको प्रस्तुति  ।

सातौं - शृङ्खला

अघिल्लो छैठौं शृङ्खलामा बिद्या हराए काँशी गए पनि अध्ययन र सोवाट अपेक्षित उपलब्धि नपाईएका तथ्यहरु उल्लेख गर्दा नारायण अर्याल धादिङ, श्रीमन गौतम, बर्दिया र शंकर पोखरेल, दाङका विद्यार्थी नेताहरु जो प्रवासी भारतीय विद्यार्थी संगठनका नेतृत्वदायीरुपमा  राजनीतिक प्रशिक्षण गर्दथे भन्ने कुरा उल्लेख गरियो । प्रत्येक आइतबार बिदाका दिन, बिहान बेलुका र कुनै बिशेष कार्यक्रम हुँदाका बखत हामीलाई सम्मीलित गराई उग्रवामपन्थी बैचारिक धारालाई धुवाँदाररुपमा तानाशाह पञ्चायत व्यवस्था बिरोध जेहाद छेडिने काम र कृयाकलाहरु हुन्थे । पञ्चायती व्यवस्थाको चरम उत्कर्ष राजशाहीको निर्विकल्प शासन सत्ताको समय ताका "सबै पञ्च नेपाली सबै नेपाली  पञ्च" को आदर्श  पालना र निर्विकल्प पञ्चायत शासनकालका घडीमा यी र यस्ता कार्य कृयाकलाप र हर्कत चुनौती र साहसीपुर्ण र खतरा तथा त्यो भन्दा बढी जोखिमपूर्ण पनि थिए । त्यतिबेला भा.क.पा.माले (माओविचारधारा वाद होईन)आवध्द हाम्रो टिमको नेता प्युठान तिरामका दत्तात्रय अधिकारी हुनुहुन्थ्यो । सायद  हाल वाहा दाङ जिल्ला अन्तर्गत सामुदायिक माध्यमिक बिद्यालयको माध्यमिकस्तरको शिक्षक हुनुहुन्छ र आजभोलि संगठनमा पनि प्रजातान्त्रिक बिचारधारामा आवद्धता उहाँको यस भन्दा पुर्व डोल्पा जिल्लामा शिक्षक रहँदा देखिनै रहेको छ भन्ने जानकारीमा छ, इन्द्रमणि आचार्य (हाल प्युठान जिल्ला अन्तर्गत श्री नेराप्रावि ढाड , प्युठान सामुदायिक बिद्यालयका शिक्षक हुनुहुन्छ ।) लगायतका केही प्युठानी साथीहरू "मशाल"मा आवध्द हुनुहुन्थ्यो यसमा पनि कोही "मोटो मशाल" (हालको नेकपा माओवादी केन्द्र डा.बाबुराम भट्टराईको संयुक्तरूपमा समूह हो अहिले छुट्टै पाटी नयाँ शक्ति, नेपालको रुपमा उदाउँदो छ), कोही "पातलो मसाल" {मोहन बिक्रम सिंह पक्षधर सिंह जो हाल सम्म पनि अर्धभुमिगत दावी गर्नुहुन्छ) कोही चौथो महाधिवेशन (अमिक शेरचन समुह) थिए । अर्थात त्यतिबेला पनि  कम्युनिस्टहरु टुक्रा टुक्रामा बिभाजित थिए । हामी अनेरास्वियु (पाँचौं) जस्लाई 'झापाली समुह" भनिन्थ्यो मा आवध्द थियौ भने अरु प्युठानी साथीहरू अनेरास्ववियु (छैठौं) थिए । अनेरास्ववियु लेख्दा छैठौं ले एउटै डिकामा थोप्लो नदिएर लेख्दथे भने पाँचौले अलग अलग गरि लेख्दथे ।  प्युठानी साथीहरूले मलाई झापाली समुहमा नलाग हाम्रो समुहमा आईज तँ त हाम्रो प्युठानी होस भनेर फकाउँथे  म दाङ नारायणपुर्मा २०३५ सालमा ८ कक्षामा पढदा देखिंनै अनेरास्ववियु पाँचौ (महाधिवेशन) मा आवध्द थिए र प्युठानी साथीहरूलाई ठाडो र अकाट्य जवाफ दिन्थे "के तिमीहरू एकै ढिक्कामा छौं र" ? तिमीहरू पनि  चिराचिरामा बिभक्त छौं । केही साथीहरूले भन्थे ठिक छ  नि  जो जहाँ भएतापनी केही फरक पर्दैन । सांगठनिक सक्रियता हुनुपर्छ साथी क्रान्तिका लागी आधार तयार र योगदान गर्नु पर्यो  भन्ने गर्दथे । त्यतिबेला मोहन वैद्य "किरण" भुमिगत थिए । एक रात प्युठानी साथीहरू ले आज गोरखपुर्वाट मोहन बैद्य "किरण"  आउने स्वागत गर्नुपर्छ भनेर निकै तामझाम गरे । साझ आठ बजेतिर लुङ्गी पहिरेर किरण दाइ आइपुगे । खानपिनको बन्दोबस्त गरिसके पछि  किरण दाइले - विश्व कम्युनिस्ट आन्दोलन माक्र्सवाद लेनिनवाद र माओबिचारधारा नेपालमा कम्युनिस्टको जन्म, बैचारिक मतभिन्नता र फुट, वर्तमान तानाशाह पञ्चायत सत्ता, क्रान्तिको अपरिहार्यता, वर्गसंघर्ष, शोषक, पीडितका मुक्ति, जनयुद्ध जनजिविका, क्रान्ति, प्रतिक्रान्ति, निरन्तर क्रान्तिका सिद्धान्त, बर्ग शत्रु सफाया अभियान, शोषण, दमन र उत्पिडनवाट मुक्ति, सर्वहारावर्गको अधिनायकत्व  जस्ता  बिषयमा प्रशिक्षण दिए । हाम्रा केही झापाली समुहका दत्तात्रय लगायतका साथीहरु रातीनै उठेर बहिष्कार शैलीमा सुत्न हिडिहाले । मलाई पनि भाग्न मन थियोे तर कहाँ जानू हाम्रै डेराको कोठामा प्रशिक्षण हल बनाएर एक दर्जन साथीहरू भेला भएका थिए । "राढी रुघने कथा" जस्तैः आफू त वाध्यताकारुपमा बसनै पर्यो । किरण  दाइको आँखामा आँखा जुधाएर पलेटी कसेर अहोरात्र बसिरहे  र नेपालको कम्युनिस्टको बारखरी सिके । तर जति सुने पनि  किरण  दाइको पट्ट्यारलाग्दो  गन्थनवाट प्रभावित भएर मेरो कलिलो आस्था  र मानसिकतामा अंशास पनि  हलचल अथवा बिचलन हुन सकेन । किरण दाइ आउनु भन्दा अगाडि प्युठानी साथीहरुले उनको बारेमा जति तिलस्मी कथाहरु सुनाउँथे त्यो सबै सत्य नभए जस्तो लाग्यो ।  बरिष्ठ नेता किरण मा सामान्य मानिसलाई प्रभाव पारन  सक्ने Charismatic Leader मा हुनुपर्ने गुण न्यून पाईयो । तर अध्ययन  र सैद्धान्तिक ज्ञान र  कम्युनिस्टको इतिहासमा मलाई पनि करिब करिब स्नातक बनाए । साधुवाद छ किरण दाइलाई । त्यसपछि  चौबीस  बर्ष पछि बि.सं.२०६४ सालमा मात्र पञ्चायत व्यवस्था ढलिसकेर मुलुकमा  लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको प्राप्ति भैसके पश्चात्  आ आफ्नै कामका सिलसिलामा दौडधूप गर्दा  नेपाल एकेडेमीमा रामबहादुर थापा "बादल" र  कमरेड किरण संग आधाघण्टा भलाकुसारी गरि  बनारसको परिघटना स्मरण गराएको थिए । किरण  दाइ धेरै खुशी भएका थिए  । त्यतिबेला म नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गत  पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी, भक्तपुरमा प्रशासकीय अधिकृत थिए र अफिसको कामको सिलसिलामा दौड धुपमाको क्रममा थिए,लामो समयको अतरालमा अल्प भेट र अनपेक्षित  कुराकानी भयो शायद त्यहाँ किरण दाइहरुको पनि आफ्नै पार्टीको कार्यक्रम  थियो ।

अब म त्यतिबेला हाम्रो समुह अनेरास्ववियु (पाँचौ) ले प्रकाशित गर्ने अर्धवार्षिक र वार्षिक मुखपत्रहरु  "सिमाना पारिको हँङ्कारमा" प्रकाशित २ वटा कविताहरु प्रस्तुत गर्दछु जस्वाट एस.एल.सि.पनि अनुत्तीर्ण  २० बर्ष  भन्दा न्यून उमेर (टिनएजको) मेरो कल्पनाशीलता र चेतनाकोस्तर सहजै आँकलन गर्न सकिन्छ । प्रस्तुत छन दुई वटा पञ्चायत व्यवस्था विरुद्धका क्रान्तिकारी कविता ;-

पहिलो कविताको शिर्षक छ :-
" प्रवासीको क्रन्दन"

 {बि.अधिकारी, दाङ, १९८५ फेब्रुअरी, २०४० बाराणसी} रहेको छ, कविता यस प्रकार छ : -

(१) प्रवासीको क्रन्दन

कस्तो दिनमा जन्मिएछु संसारमा आज ।
अन्योल भै बाँच्नु पर्ने संसारको माझ ।।
दिन दु:खी परिवारमा जन्म मेरो भयो ।
घाँस, दाउरा, काम धन्दामै जोवन मेरो गयो।।१।।

लैल लाली भाखा खोली गीत गाउँदै बनमा ।
कहिल्यै पनि शान्ति छैन गरिवको जीवनमा ।।
पहाडको घर मेरो शिक्षा मैले पाईन ।
जीवनमा मिठो खान राम्रो लाउन पाईन ।।२।।

आटो पिठो साग, सिस्नु खाई गर्नु कठोर काम ।
हुने भैन कैले पनि जीवनमा आराम ।।
घरवारी पनि मेरो साहुकै छ नाउँमा ।
थाङनो मैलो कपडा बाहेक केही छैन आँङमा ।।३।।

एइटा स्वास्नी एउटा छोरो सानो झुप्रो मेरो  ।
वरिपरि चारैतिर जङ्गलको घेरो ।।
जन्म मेरो प्रकृतिले ठगेको यो ठाउँमा ।
डरलाग्दा शोषक परे अशिक्षित गाउँमा ।।४।।

साहुकै हलो धानीकन बाबू बाजे मरे ।
आज उनकै पाउ मुनि अनाथ म परे ।।
कति बस्नु दबिएर भन्ने मलाई लाग्यो ।
अब मलाई भित्र भित्रै डर पनि भाग्यो ।।५।।

बिरोध गर्दा सामन्तीको को टिक्दथ्यो तहाँ ।
भागीकन आउनु पर्यो बिरानो मुग्लानमा ।।
आफ्नो भन्ने कोही छैन धन्य छ संसार ।
दु:खि भइ जन्मनु म ठान्द्छु बेकार ।।६।।

म झैं अन्यायमा परी तमाम साथी याहाँ ।
भौंतारिएको पाएँ मैले अल ईण्डियामा ।।
एक जुट भै कदम चाल्न अनुरोध गर्छु ।
बरु आफ्नै ज्यानको समेत बाजीलाई मर्छु ।।७।।

एक दुई बर्ष यसै बित्यो अपरिचित भइ ।
अब भने रमेको छु साथी मैले पाई ।।
भारतमा दाजु भाइ धेरै रैछन याहाँ ।
एक्लै छैन अहिले हजुरको बिचमा ।।८।।

प्रवासीको क्रन्दन यो बिष्फोटन हुन्छ ।
एक जुट होउ भाइ अब हाम्रो कार्य बन्छ ।।
नेपालमा प्रजातन्त्र छ भनेर भन्न ।
त्यस्तै गाह्रो श्रवण शक्ति नहुनेलाई कुराहरू सुन्न ।।९।।

• सिमाना पारिको हुङ्कार, अभानेस्ववियु, बाराणसीको मुखपत्रमा प्रकाशित ।

त्यसै गरि मेरो अर्को रचना  बसन्त अधिकारी, १९८५ फेब्रुअरी, २०४० बाराणसी सिमाना पारिको हुङ्कार, अभानेस्ववियु, बाराणसीको मुखपत्रमा प्रकाशित

"प्रवासी नेपाली"  शिर्षकको कविता यस प्रकार छ :

(२) प्रबासी नेपाली

मलिन मुख नेपाल आमा तिम्रो छ अहिले ।
उज्यालो पार्न स्वदेश निम्ति ज्यान दिन्छौं हामीले ।।१।।

प्रवासी बनी अन्योल जीवन आज छ हाम्रो यो ।
सहयोग सेवा परहितमा नै कर्तव्य हाम्रो हो ।।२।।

अधिपत्व गर्छन शोषक जहाँ नेपाल आमा ती ।
बियोगी बनी धरर आँसु खसाउँदै बस्छिन नि ।।३।।

करोडौं पैसा धनीका महल नोकर चाकर ।
भुमीहिन गरिव सुकुम्बासी भै कोही छन बेघरवार  ।।४।।

प्रवृत्ति देशमा पञ्चलाई पुजा गर्ने हो देखिन्छ ।
अन्याय गर्न पञ्चको सरकार अगाडि बढदैछ ।।५।।

शिक्षाको उचित प्रबन्ध छैन अशिक्षित बनेर ।
जीवन काटछन गाउँले सबै अन्योल सहेर ।।६।।

स्वास्थ्यको राम्रो प्रवन्ध छैन स्वदेश नेपालमा ।
यातायात छैन बिकास छैन ती जन्मभुमिमा ।।७।।

धनी र गरिब भेदभाव राख्छन् दाजु र भाइमा ।
त्यो कालो पर्दा अन्धविश्वासको हटाउन हामीले ।।८।।

उदाहरण बनी गर्नुछ काम सक्रिय बनेर ।
यहिनै मैले मन्तव्य छोटो समाप्त पार्दछु ।।
स्वदेशको निम्ति  यो ज्यान दिन अगाडि सर्दछु ।।९।।
#क्रमशः

#साथमा श्री ने.रा.प्रा.बि.सिमलचौर, थक्लेनी प्राथमिक बिद्यालय कार्यक्रमको एक झलक
२०७३/०४/०१ शनिबार
नेपालगन्ज ।


प्रा.वि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण  सफलताको कथा"

आठौं - शृङ्खला

शीर्षक : वाराणसी-इलाहावादवाट शुन्यतामा नेपाल फर्किएपछि  शिक्षक सेवामा करिब ३ महिना  वेतलवी रही तत्कालीन पन्चायत राजनीतिमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी माले (माक्र्सवादी-लेनिन्वादी) ले भण्डाफोर गर्ने रणनीतिक योजनावाट मानपुर गाउँ पञ्चायत वार्ड नं.८ मा वार्डध्यक्षको राजनीतिक सक्रियता र साहित्यिक गतिविधिहरुमा सक्रियता तत्पश्चात पुन: नैराश्य्ताका साथ बिद्यालयमा अध्यापन सोही अवधिमा पुनः नेपालवाट एस.एल.सी.मेहनतका साथ पढेर सफल बन्नुपर्ने बिषयमा दृढ़ आत्मविश्वास । यस  शृङ्खलामा  साहित्यिक गतिविधिमा अग्रसरता र अर्को नवौं शृङ्खलामा राजनीतिक गतिविधिमा सक्रियता उल्लेख गर्दछु । यो बिषयमा दुई शृङ्खलामा बर्णन गर्नेछु । पहिलो यस अवधिको साहित्यिक गतिविधिको शृङ्खला हुनेछ ।

कथा अन्तर्वस्तु

प्रायः कसैको पनि जीवन सरल छैन  जटिलता भित्रनै सरलता आत्मबोध गर्नुपर्छ अपितु मेरो स्थिति  झन प्युठान जिल्ला भएर राप्ती दाङमा मिलन बिन्दु भएको माण्डवी (माडी नदी) को बक्रोक्ती बहाव जस्तैः कतै धसिएर, कतै सतही निशब्द, अन्तर्निनाद गर्दै उपयोगहिनरूपमा आफ्नै गतिमा बगिरहेको थियोे । यस  अवधिमा मलाई  प्रायः रुन मन लाग्ने, बीरक्त लाग्ने गर्दथ्यो । यहीँ बिरक्ततावाट उन्मुक्तताको खोजी पनि हुन सक्छ शायद  यहि बीचमा करिब ३ महिना श्री ने.रा.प्रा.वि.सिमलचौर, थक्लेनी तिराम प्युठानमा नगएर  साहित्यका एकल असंगठित साहित्यिक रचनात्मक  गतिविधिमा भुल्न थाले । यतिबेला धेरै रचनाहरु रचिएका थिए । बुबाको स्वर्गारोहणको दु:खद परिवेशलाई औपन्यासिक्रुपमा बर्णन गर्दा आमाहरू (आमा, सानीमा र ठुली आमा र गाउँले आमा दिदीहरू रुनुभएको थियो साथै मेरो रचनालाई उच्च मंल्यांकनले सराहना गर्नु हुन्थ्यो ती रचना हाल म संग उपलब्ध छैनन तसर्थ उपलब्ध भएसम्मका प्रतिनिधि रचना जो सुरक्षीत र साझा भएका छन यहाँ दुईवटा रचना पहिलो :-  हास्य निबन्ध बोत्तल प्रसाद ......र दोस्रो  पैंसा? पैंसा? पैसा ?? कविता जो तत्कालीन जय नेपाल निष्पक्ष साप्ताहिक,दाङ घोराहीवाट प्रकाशित हुने  पत्रिका मार्फत (हाल सञ्चालनमा नरहेको) मा प्रकाशित रचनात्मक बिधा  जस्लाई यस शृङ्खलामा  बर्णन गर्दछु । मुलतः यो बि.सं. २०४२/०४३ समयताका आजभन्दा ३० बर्ष पहिलाको समयको मेरो साहित्यिक  सचेतनालाई याहाँ प्रस्तुत गर्दा स्वयं आफु भित्रको अन्तर्बोध र अन्तर्चेतनाको स्तर आँकलन गर्न सकिन्छ जस्वाट  बर्तमानको स्थिति वा  अवस्थाको गोरेटोको डोबको पैदलमार्गलाई सुक्ष्मरूपमा आँकलन गर्न सकिन्छ तसर्थ   यहाँ प्रस्तुत छन तत्कालीन स्थानीय पत्रपत्रिकामा  प्रकाशित जस्ताको तस्तै मेरा दुईवटा  कृतित्व :-

(१) हास्य निबन्ध - बोत्तल प्रसाद........

आज्भन्दा करिब १२ बर्ष पहिलेको कुरा हो । जस्वेला म अध्ययन कार्यमा समर्पित थिए । आफू विद्यार्थी जगतमा प्रवेश गरेको हुँदा विविध क्रियाकलापहरुमा  तिखो आँखा लगाई नियाल्थे । त्यस गाउँ, टोल, समाजमा घटित विभिन्न पक्षलाई उत्तिकै महत्त्वपूर्ण रूपमा समदृष्टी दिने गरि दैनिक क्रियाकलाप हुन गयो ।केही समयको अन्तरालमा मैले बोत्तलप्रसाद अधिकारीको कथा बुझ्ने मौका पाए । आफ्नो थर पनि अधिकारी भएको हुँदा मैले बोत्तल प्रसाद अधिकारीलाई मान्थे । उनी पनि मलाई अरु भन्दा बिशेष दृष्टिले हेर्ने गर्थे अर्थात प्यारो गर्थे तर जति प्यारो गर्थे आफ्नो कलिला गाला टोकिदिने हुँदा पछि पछि म अलि सतर्क हुन थाले र अलि टाढै रहेर पनि प्रायः म बोत्तल प्रसाद अधिकारीको सम्पर्कमा रहने गर्दथे ।

श्रोतागणगरु तपाईहरु नअकमकाउनु होला बोत्तल प्रसादको अर्थ के हो ? यसको बिस्तृत अर्थ त म बताउन सक्दिन संक्षिप्त अर्थ भन्दैछु - हुनत कसै कसैले बोत्तल प्रसादलाई बोत्तल सिंह पनि भन्दछन ज जस्ले जेभने पनि आखिर बोत्तल प्रसाद त खास बोत्तल हुन । चौविसै घण्टा बोत्तलको तक्मा भिरेर त्रिभुवननगर घोराही- बैङ्करोड -नयाँ बजार - बसस्ट्प -पक्रैया (हाल यसको नाम रुपान्तरण भइ मिलनचोक रहेको छ ।) चारचक्कर लगाईरहने बोत्तल सिंहलाई नचिन्ने प्रायः कम हुन्छन् यसैले मैले याहाँ बोत्तल प्रसाद ....को परिचय दिरहनु न्यायसंगत देखिन्न तापनि यदि तपाईलाई प्रष्ट नचिनी नहुने भयो भने बोत्तल प्रसादको साख्खै मामा पर्ने ढनमन सिंह बिलासीलाई सोधे पनि हुन्छ । नभए त्यो पनि सम्भव हुँदैन भने प्रत्येक आवारालाई खारेर सोध्दा त्यसले यसको शाब्दिक अर्थ बताउन सक्नेछ ।

अब परिचय पश्चात् कुरो आयो बोत्तल सिंहको स्थिति तथा चलन चाँजोको विवरणमा पनि उनी न जिमिन्दार हुन न निर्धन हुन  । मध्यम परिवारमा जन्मिएका बोत्तल प्रसादको स्थितिलाई अझै नियाल्दा उनको नामवाटै प्रष्टै थाहा हुन आउँछ उनि अधिकारी हुन । मेरो थर जस्तैः जन्मसिद्ध अधिकारी उनी होईनन । उनी अफिसर भएरै अधिकारी भएका हुन तर अझै सम्म त उनी गजेटेड अफिसर भएका थिए अब भुतपुर्व अधिकारी हुन वा वर्तमान अधिकारी  हुन ? त्यसको यथार्थता त अझै छर्लङ्गाउन सकेको छैन । चलन चाँजोपाँजो तथा उनको चारित्रीक क्रियाकलापमा घरमा बस्दा गजबस्त्र गणेशजी झै हुने बोत्तल सिंह बोत्तलको तक्मा भिरेर सडकमा दगुर्दा हजारौं जवानहरू संग भने नम्र र मृदु भाषी हुन्छन् तर उनी कसरी यस्तो बन्न सकेका हुन ? यो कुरा मैले अझैसम्म बुझ्न सकेको छुईन ।

उनी कति सम्म चर्चित छन तो भन्दा उनी बहुसंख्यक मानिसहरू सित परिचित छन । लाटो, गाँडो, हाकिम, ढाक्रे, डल्ले, नेप्टे, अस्सल, कमसल जस्तोलाई भेटे पनि नमस्ते गरिदिँदा फुरुङ्ग बनेर त्यसै लठ्ठ्स्क्ले आफ्नो धोती फुस्केको पनि चाल पाउँदिन अनि यस्सो अलि अलि अर्नि खाने चलन छ कि ? भनी दुई हात नचाईदिदा जग्गा बेचेको धन भए पनि, कृषि बिकासको ॠण/सहायता रकम भए पनि, स्वास्नीको तिलहरी गहना बेचेर भए पनि चार बोत्तल लगाएर बोत्तलेको हाँक र गफमा खिसिक खिसिक हाँसेको पत्तो पाउँदो रहेनछ ।

आजकाल यिनै बोत्तलेहरुको निकै दबदवा छ। अफिसमा गएपनी बसस्ट्पमा गए पनि, सिनेमामा गए पनि जहाँ पनि बोत्तलेहरु हाकिम पल्टिरहेका हुन्छन् । अझ एकपटक अशिक्षित दुर्गम पहाडको गाउँमा मेरो शिक्षक सेवामा यात्राको अनुभवमा अशिक्षित र रुढीबादीग्रस्त पछौटे गाउँमा बोत्तल सिंह नेता बनेर कुर्लिरहेका हुन्छन् । त्यहाँको साँगुरो गल्लीहरुमा सबलाई धम्काउँदै दादा बनेर हिडिरहेका हुन्छन् । साधारण मान्छे झन उसको पछाडि आउनै डराएर अलि परैवाट तर्सिएर हिंडिरहेका हुन्छन् ।

यो जमानाको महङ्गी र जनसंख्या वृद्धि भोक, रोग, अशिक्षाको निवारणार्थ दृष्टि नपुर्‍याई टाउकेहरु  पनि  बोत्तलमा तेल भर्ने काममा दत्तचित्त छन ।
समाप्त
°°°°°°°°°°
यसै सन्दर्भमा जय नेपाल, निष्पक्ष साप्ताहिक, दाङवाट २०४३ कार्तिक ५ गते बुधबार प्रकाशित कविता यस प्रकार छ :-

(२) पैसा ? पैसा ?? पैसा ???

मानिस मानिसलाई किन्छ अनि बेच्छ ।
बिबसताको बजारमा, क्रय- विक्रय हुन्छ ।।
मानवताको हाट लाग्छ,भाडा चल्छ ।
त्यसैले धनमा मतान्ध हुनेहरू कराउँछन ।।

पैसा !                 पैसा !!                   पैसा !!!

योग्यता प्राप्त योग्य मानवहरु
जीउन संघर्ष गरिरहेछन् ।
प्रत्येक स्थानहरूमा निन्याउरो मुख लगाएर ।।
बेरोजगारीको कोलाहल, मच्चीरहेछ ।
मलिनतामा झोक्राएको छन, मानवताको उपहास देखेर ।।
केवल धन लोलुपहरु मन्त्र झैं जप गर्छन् ।।

पैसा !                    पैसा !!                    पैंसा !!!

व्यक्तिगत त के राष्ट्रिय सम्पत्ति नै उडिरहेछ  ।
बियर, भोड्का र थ्रीएक्समा, पप्लु र ड्ब्लुमा ।।
अनि  किच्याउँछन स्वप्नमा ।।

पैसा !                     पैंसा !!                पैसा !!!
क्रमशः

[साथमा बि.सं.२०४० सालमा आमा भाइ बहिनीहरुको साथमा दाङ जिल्ला स्थित मानपुर गाबिस वार्ड नं. ८ मजगाउँ स्थित घरमा मात्र संस्मरणात्मक (हाल यो घर अस्तित्वमा छैन) जग्गा जमीन जायदात सोही स्थानमा रहेको अवस्था छ । ]
२०७३/०४/०८ शनिबार
नेपालगन्ज ।

प्रा.वि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण सफलताको कथा

तेह्रौं ~ शृङ्खला

शिर्षक : महेन्द्र बहुमुखी क्याम्पस, दाङ भरतपुरमा सहपाठी कुण्डली मुण्डली साथीहरूलाई शैक्षिक र नैतिकताको बलले बिजय हाँसील गरेपछि उनिहरुले बाजेवाट ठुल्दाईमा सम्बन्ध कायम र मेरो पक्षमा उभिन थालेपछि मेरो आत्मबल बढन थाल्यो र अब्बल साथीहरुले कसरी पढदा रहेछन भनेर सुत्रहरु खोज्न र केही नयाँ शैक्षिक प्रयोगहरु आफै पनि गर्न थाले । यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पसको पुस्तकालयमा लाईब्रेरियन अधिकृत नित्या नन्द शर्मा र सहायक पदम सुवेदी संगको बौद्धिक discourse, सर्बोदय पुस्तकालय, घोराहीमा पत्रपत्रिकाहरुको अध्ययनमा तिब्रता,  क्रमशः

कथा अन्तर्बस्तु :

कक्षामा अब अलि जान्ने साथीहरू संगको छलफल परामर्श र हिमचिम बढन थाले पछि प्रतिस्पर्धा त हुने नै भयो । प्रतिस्पर्धामा अब्बल बन्न अध्ययनका नयाँ नयाँ तरिका र उपायहरु खोज्नु पर्ने नै भयो । यसै सिलसिलामा क्याम्पस लाईब्रेरीवाट आई.कम.पढदा पनि बि.ए.स्तरका एडभान्स पुस्तकहरु लिएर गै त्यसवाट आफ्नै मौलिक नोट तयारी गर्ने, कक्षामा सधै उपस्थित हुने, अझ ससाना पकेट डायरीमा सूत्रबद्धरुपमा बुँदा नोट गर्ने हिडदा पनि मेमोरी गरदै हिडने, प्रायः अर्थशास्त्र,वित्तशास्त्र, लेखाशास्त्र र बजारशास्त्र समेतका व्यवस्थापनका Major बिषयमा धेरै बुँदाहरु हुने भएकाले बुँदाहरुलाई आफ्नो अनुकुलताले गीत, कविता, उटपट्याङ्गे टुक्का  आदि यस्तैरूपमा तयार गरि छिटोभन्दा छिटो पुर्णरुपमा याद गर्ने तरिका साथीभाइहरु वाट सिके जस्लाई उसबेलाका केटाकेटीहरुले घोक्ने होईन बुझ्नुपर्छ भन्दथे बुझाईका राज  तरिका यिनै थिए ।

आफू भन्दा अर्को अलि बढी जान्ने भयो वा आन्तरिक परीक्षामा अलि बढी नम्बर ल्यायो भने फलानो ढिस्कानो ले त रातभर घोक्छ, त्यो त कहिले बौलाहा हुन्छ, त्यो त एक नम्बरको घोकन्ते हो, Major English पढने फलानोले पुरै घोकेर अक्सफोर्ड डिक्सनेरी सक्न लागेर झण्डै बहुलाको भनेर कुरा काटथे, क्लासमा अलि धेरै जान्ने साथीहरू लाई सम्म यसो भन्ने आँट गर्दैनथे तथापि  व्यक्तिगत, उमेरगत वा स्वभावत जिस्काउँथे नै  तथापि  अलि जान्ने हुँदा लेक्चरर सरहको मान्यता पनि हुन्थ्यो, हुनत लेक्चररको पनि  अ-आफ्नै प्रकृतिको  मुल्यांकन त हुन्थ्यो नै पछि म क्याम्पसको आन्तरिक परीक्षामा पनि ४-५ जना भित्र पर्न थालेपछि म पनि त्यो घोकन्तेको आरोपवाट मुक्त हुन थाले । घोक्नु र बुझ्नुको भेद पेन्सिलको रेखा जस्तो कहिले आफू खुशी कोर्ने फेरि इरेजरले मेटिदिने थियोे । लेक्चरजी पनि आफू रातभर घोकेर आएर अडकी अडकी पढाउँथे फेरि घोक्न हुँदैन केटाकेटी हो भनेर खुब खोक्थे । महाकवि देवकोटा को भलादमी निबन्धमा महाकवि भन्नुहुन्छ -"आफुले एक अक्षर नलेखेर अरुको लेखमा खिसी उडाउने पाठक, मासु खाएर सहभावको कविता लेख्ने कविलाई महाकविले "बोक्रे भलाद्मी" भनेका छन।" साच्चै यो बेलाका क्याम्पसका बौद्धिक बर्ग "बोक्रे भलाद्मी" जस्ता थिए । यो कुरो को राज त मैले  स्वयं एम.ए.पास गरेर लोक सेवा आयोग वाट खुला प्रतिस्पर्धामा  सेक्सन अफिसरमा सामान्य प्रशासन मन्त्रालयवाट शिक्षा मन्त्रालय, केशरमहल र प्रशासकीय अधिकृत भएर पाठ्यक्रम बिकास केन्द्र, सानोठिमीमा पदस्थापन भैगए पछि शिक्षा शास्त्रको अध्ययन गर्दा पो बल्ल थाहा भयो, बिदेशी अनुदान र सहायतामा लादिएको नयाँ शिक्षा नीति पनि हात्तीको देखाउने दाँत रहेछ, दोषरहित त कहाँ हुन सक्थ्यो र ? यो त रेडिमेड बौद्धिक बर्गको बिदेशीलाई देखाएर अनुदान,ॠण भित्र्याउन गरिने कर्मकाण्डको उपज रहेछ । शिक्षा मन्त्रालय र पाठ्यक्रम बिकास केन्द्र समेतको चर्चा पछि सान्दर्भिक रूपमा गरौंला, अहिले मुल सन्दर्भ क्याम्पस जीवनकै सतहमा फर्कन्छु है त !

यसै सिलसिलामा क्याम्पसमा साथीहरू बीच अब्बल बन्न मैले के गरिन ? हाम्रो व्यवस्थापनको बिहानि कक्षा थियो । English, economics जस्ता मानविकी संकायका साझा बिषयहरु आर्ट्सको क्लासमा गएर पढने, यसो गर्दा केही चिनेका साथीभाइहरुले अब कमर्श पढन छोडने हो ? #बसन्त दाइ ? छोडनु छोडनु आर्ट्स रामरो पनि  छ ! आउनु पनि भन्थे । हुन्छ, हुन्छ भन्यो हिड्यो । यो अवधिमा म पुस्तकालय पनि खुब धाउन थाले । त्रिभुवन नगर जेसिस द्वारा सञ्चालित घोराही बजार स्थित श्री सर्वोदय पुस्तकालय साझमा करिब ५ बजे देखी ७ बजेसम्म धाउन थाले, त्यहाँ भएका गोरखापत्र देखी अरु दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, अर्धबार्षिक, बार्षिक र विभिन्न, साहित्यका उपन्यास, कथा, सामान्य ज्ञान, निबन्ध आदि आदि ल्याएर जोड्दाररुपमा अध्ययन गर्न र बौद्धिक तर्क बितर्क र  बादबिवाद हुन थाल्यो, अर्कोतिर जो नेपालको राजनीतिको केन्द्रमा हाल सम्माननिय उपराष्टपति श्री नन्दकिशोर पुन, पुर्व अर्थ मन्त्री माननीय बर्षमान पुन र पुर्व सामान्य प्रशासन मन्त्री माननीय रेखा शर्मा विद्यार्थी राजनीति, संगठन र महेन्द्र बहुमुखी क्याम्पसको किल्ला तोडन सांगठनिक सक्रियतामा सक्रियता गर्दथे भने म म यिनीहरू संग पृष्ठभुमि वा ओझेलमा परी अध्ययन मै समर्पित थिए ।

यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पसको पुस्तकालयसंग पनि मेरो अलि बढी सम्बन्ध बढन थाल्यो यसको कारण "ज्ञानको भोक र शैक्षिक/प्राज्ञिक अभिलाषा" वा बौद्धिक बिजिगिषा नै थियो । अब महेन्द्र बहुमुखी क्याम्पसको पुस्तकालयमा  लाईब्रेरियन श्री नित्यानन्द शर्मा र प्रशासन सहायक पदम सुबेदीसंग  भएको शिक्षाप्रद रोचक संवार्ता प्रस्तुत गर्दछु :

बि.सं.२०४५/०४६ सालको कुरा हो । त्यतिबेला हाम्रो बसाई डेरा रझेनामा पुर्व शिक्षक तथा नेता बासुदेव गौतमको घरमा थियो । म बिहान ११ बजेतिर कक्षा सकाएर कोठामा आएर खाना खाएर अबिलम्ब साढे बाह्र वा एक बजेतिर क्याम्पसमा अंग्रेजी र अर्थशास्त्रको कक्षा  अतिरिक्त अध्ययनको रुपमा सहभागी गर्ने सो भएन भने पुस्तकालयमा गएर एउटा कुनामा घण्टौ सम्म अध्ययनमा हराईरहन्थे । क्याम्पसमा प्रायः भाइ बहिनीहरु बढीमा १-२ बजे सम्म उपन्यास पत्रीका पढने हुन्थे त्यसपछि लाईब्रेरी खाली हुन्थ्यो । एकाध घण्टा पुस्तकालयमा कोही नआएपछि  कर्मचारीहरु पनि पुस्तकालय बन्द गरेर घर तिर भाग्सिङ गर्ने प्रचलन रहेछ । एक दिनको कुराहो पुस्तकालयको एउटा कुनामा बसेर म अन्तर्राष्ट्रिय मञ्च पत्रिकामार्फत आफ्नो नोट बुकमा समसामयिक सामान्य ज्ञान संकलनमा व्यस्त थिए, ढोका बन्द गरेको थाहा पाएन तत्काल ढोकामा आएर हेर्छु त ढोका बन्द गरेर हिडिरहेका रहेछन कारिन्दाहरु । शुक्रबार थियो समय दुई बजिरहेको तीन बज्नु भन्दा एक घण्टा पुर्व बन्द गरिेसकेका थिए मुर्खहरुले । झ्यालमा आएर बेस्सरी कराए पदम सर ! पदम सर,भनेर  !! नित्यानन्द सरले सुनेछन र कोही विद्यार्थी थुनिएको रहेछ भनेर पिउन आएर ढोका खोले । सहायक र हाकिम क्याम्पस प्रशासन भवन अगाडि  उभिरहेका थिए, म गएपछि  सहायक पदमले मलाई हप्काउन खोज्दै भने पुस्तकालय बन्द गर्दा सम्म थाहा छैन ? ! आज र भोलि पनि यतै थुनिएर मर्ने बिचार छ ? यति भनेपछि मैले पनि आवेशमा आएर भने जो चोर उसैको ठूलो शोर, त्यो पुस्तकालय तपाईको निजी घर हो, समय कति भाछ हेर्नुस् त ?  अर्काको आशीर्वादमा जागीर खाका लाई के थाहा ? ए लाईब्रेरियनजी यहि हो Library science Ethics भनेर मैले पछि लाईब्रेरियन नित्यानन्दलाई भनेपछि उनले म संग हात जोडेर माफि माग्दै पुस्तकालय खोल्छौ हिडनुस सर भने मिस्टर पदमले म संग आँखा तरे पछि मैले पनि जाईलागे गल्ती तपाईंको अझ आँखा तर्ने निहुँ खोज्याहो भनेपछि  नित्यानन्दले पदमको तर्फबाट पनि माफ मागेपछि मैले भैगो सर ! तपाईले माफ माग्नु भयो यहि नै महानता हो भनेपछि लाईब्रेरियन नित्यानन्दले तपाईको अध्ययन सामाग्री लिएर घर जानुस भोलि ल्याएर मलाई बुझाउनु होला भनेर दिएपछि ४ थान अन्तर्राष्ट्रिय मञ्च लिएर आए ।

भोलिपल्ट एक बजे तिर क्याम्पसको लाईब्रेरीमा आईपुगे । यतिबेला सम्म नित्यानन्दले मेरो बारेमा सबै पत्ता लगाई सकेका रहेछन । आउने बित्तिकै मलाई हार्दिक स्वागत गर्दै लाईब्रेरीमा भएका पुस्तक तथा पत्रपत्रिकाको संग्रह देखाएर पुस्तकालय प्रशासन आफू बस्ने साईडको अगाडि तिर बसेर अध्ययन गर्न मलाई special place को व्यवस्था गरे तर म नित्यानन्द भएको बेला मात्र त्यहा बस्थे । नित्यानन्द सर संग पुनः बि.सं.२०५५ सालमा नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा नायब सुब्बा छँदा नेपालको करिब २५ जना सरकारी क्याम्पसहरुका लाईब्रेरियनहरु त्रिभुवन बिश्व बिद्यालय वाट सेवाकालिन तालिममा पुस्तकालय भिजिटमा नेपाल  राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा मैले  पथ प्रदर्शक गर्ने अवसर पाए, वाहाँले मलाई चिन्नु भयो बरु मैले बिर्सिसकेको रहेछु वाहाले सम्झाउनु भयो । नेपाल राष्ट्रिय पुस्तकालयमा आएको थाहा रहेनछ, सरले मलाई कसरी चिन्नुभयो त्यतिका बर्ष बित्यो, त्यति धेरै विद्यार्थीहरुमा भन्ने मेरो प्रश्नमा तपाईं जस्ता असली पाठक र आदर्श विद्यार्थी ४-५ बर्षका ४-५ हजार विद्यार्थीहरुमा ५-७ जना मात्र मुस्किलले हुन्छन् हामी पनि गुरु हौं कसरी भुल्न सक्छौ र ? कलकत्ता नेशनल लाईब्रेरीमा लाईब्रेरी साईन्स पढदा पढेको लाईब्रेरी इथिक्सको याद गराउनु भयो त्यतिबेला  । म लज्जास्पद छु । कठिन अग्नि परीक्षा हो, यो मेरोलागी । म आफ्नो भुल स्विकार गर्छु । तपाईं संग म तपाईं जस्तो पाठकलाई यहाँ  भेट भयो भनेर हर्ष व्यक्त गर्नु भयो मेरो अध्ययनको बारेमा सोध्नुभयो मैले एम.ए.;बी.एल.प्राईभेट सकाएर लोक सेवा आयोगवाट सेक्सन अफिसरको तयारीमा लागिरहेको बताउँदा वाहाँ धेरै खुशी हुँदै तपाई जस्तो मेहनती र कर्मठ व्यक्तित्वको सफलता सुनिश्चित छ भनेर हामी बिदा भयौ । त्यसपछि वाहाँ संग २०६७-०६९मा दाङमा म भुमिसुधार अधिकारी  हुँदा भेट हुने अवसर मिलेको हो, यतिबेला वाहांको सामाजिक अभियन्ता दाङ जिल्लाको पर्यटन बिकासमा सक्रियता थियो । तत पश्चात् भेट हुन सकेको अवस्था छैन । क्याम्पसमा अरु धेरै घटनाक्रमहरु छन । आगामी शृङ्खलामा उल्लेख गर्दै जानेछु । अर्को शनिबार फेरि भेट हुने वाचा गर्दै आजलाई बिदा चाहान्छु, हवस्त नमस्कार।धन्यवाद !

२०७३/०५/१८ शनिबार
नेपालगन्ज ।                                                                               प्रा.बि.को अध्यापक देखि उपसचिव सम्मको एक नेपाली युवाको संघर्षपुर्ण सफलताको कथा

#चौधौं_शृङ्खला

#शिर्षक : महेन्द्र बहुमुखी क्याम्पस, दाङमा पढदै गर्दा क्लर्क (कारिन्दा)जागीरप्रतिको आकर्षण वा मोहले गर्दा स्वार्गद्वारी  टाईपिङ ईन्स्टिच्युटमा एक हप्ताको टाईप सिकाईको क्रम रह्यो । यसै समयमा  बि.स.२०४६ सालमा भारतले नाकाबन्दी गर्यो, नुन, मट्टीतेल नपाएर विद्यार्थीको कोठामा स्टोभ  बाल्न बन्द भयो, चुल्हो (पाकताउली) बन्द भयो ।। तात्कालिन अवस्थाका मरिचमान सिंह सरकारले हवाईजहाजवाट भए पनि नुन तेल मगाएर देखावटी स्वाभिमान र उच्च- सम्पन्न र नेतृत्वदायी बर्गहरुको सामान्य केही दिनको गर्जो टारे । यो नाकाबन्दको अवधिमा क्याम्पस बिदा भएर १५ दिन हामी विद्यार्थीहरु घर गएर आएपछी एकोहोरो घडेघडे टाईपिङ पनि सिक्न मन लागेन । यता लोक सेवा आयोगको तयारी पढाईको सन्दर्भ सहायक लेखापाल र सहलेखापालको तयारीमा बेजोडरूपमा समर्पित भए । बहुबिधा अध्ययन गर्नु पर्ने हुँदा अध्ययनमा समय बिभाजन बिहान~बेलुका लोक सेवा आयोगको तयारी र दिउँसो क्याम्पसको अध्ययन । हामी व्यवस्थापन  {management} पहिलो बर्षका विद्यार्थीहरुको टुरको कार्यक्रम तय र अर्थ संकलनमा सक्रियता परन्तु मेरो लोक सेवा आयोगको परीक्षा कार्यक्रमले साथीहरूको चित्त दुखाई भए पनि  म टुरमा जाने महत्वपूर्ण योजना समेत रद्द (Cancil) गरि लोक सेवा आयोगको सहलेखापालको अध्ययनमा अझ रणनीतिक उद्देश्य निर्धारण गरि दृढता जुन व्यबहारिक कार्यदिशामा परिणत भयो । यथार्थमा जीवन यापनको उद्देश्यको गोरेटोको आभास अन्तर ह्रदयमा झङ्कृत भैरहेको आभाष थियो । क्रमशः

#कथा_अन्तर्वस्तु :

क्याम्पसमा पढाई चलिरहेको थियी । उमेर अवस्था र अनुभव शारीरिकरूपमा क्याम्पसका व्याचलर लेवल फाईनल इयरका साथीहरू र  लेक्चरर सरहको भए पनि मानसिक र  शैक्षिकरूपमा  प्रवीणता प्रमाणपत्र तह व्यवस्थापनको बिहानी सत्रमा अध्ययनको यथार्थता थियो । क्याम्पसमा अधिकांश साथीहरुको  भिडभाड दिउँसो सत्रमा हुने हुँदा धेरैले मलाई चिन्दैनथे, कतिपयले व्याचलर लेबलको सिनियर साथी होला भन्थे अभिवादन गर्थे,हलो हाई चल्दथ्यो । म आफ्नो उद्देश्यमा अगाडि  बढिरहेको थिए । साथीहरू संग धेरै घुलमिल र अनौपचारिक सम्बन्ध खासै बढाईन । यसले गर्दा आफ्ना भाइ साथीहरू घमण्डी भन्दथे भने मेरो यो कुटनीतिक तरिकाले एकातिर उनिहरुको कुखुरे बैशको उपहास र खिसिटिउरीवाट  म निशाना हुन नसक्ने र अर्कोतिर आफ्नो उद्देश्य र सो को अनवरत कार्यान्वयन र उच्च- स्वाभिमानको प्रदर्शन गर्ने सुनौलो अवसरको रूपमा भरपुर उपयोग गरिरहदा मेरा आफ्नै अन्तरङ्ग भाइसाथीहरुमा जलन र इष्या हुनु स्वाभाविक थियो जुन कतिपय संग आज पर्यन्त कायम रहेको निशंकोच अभिव्यक्त गरिरहँदा आफुलाई गौरवान्वित ठान्नु पनि मेरो सफलताको एउटा सुचक अवश्य हो । यसप्रकारको दैनन्दिन क्रियाकलापवाट  मेरो बौद्धिकस्तर र  उचाई बरकरार बढोत्तरी भैरहेको मापन गर्ने धेरै आधारहरू थिए ।

यसै परिप्रेक्ष्यमा पुनः शिक्षक जागीर नखाने बरु कारिन्दा वा राम्रो भाषामा क्लर्क बन्ने इच्छा मुताविक स्वर्गद्वारी ईन्स्टिच्युट घोराहीमा ३ महिनाको आधारभुत टाईपिङ तालिमको सिकाई "बकमान सपिबज"वाट प्रारम्भ भयो । दिनहुँ बेलुका दुई घण्टा अभ्यास कक्षा हुन्थ्यो । एउटै बकमान  लाई पचासौं पटक हातका ससाना संवेदनशील औंलाहरु नचाईरहँदा पुरै हात  र शरीर दुख्ने हुन्थ्यो । यी सिकाईमा कुनै बौद्धिकता पनि थिएन, थियो त केवल मेकानिकल {यान्त्रिक} र मोनोटोनस, जति गरे पनि त्रुटि  दोहोरिरहने । यसलाई भद्दा सीपको सुगारटाई जस्तो लाग्थ्यो, अरुले गरेको राम्रो देख्ने स्वयं आफुले गर्दा कस्तो हुँदोरहेछ भन्ने यो एउटा श्रेष्ठतम अनुभव  थियो, हिजोआज कम्प्युटरले पुरानो टाईपिङलाई  बिस्थापन गरेपछि यो बिधा प्रशासन वा व्यवस्थापनकै अन्तरङ्ग सहायकको स्थानमा प्रवेश गरेको र सहायकस्तरीय सेवाहरु बहुसीप प्रविधी-मैत्री भएकोले धेरै रमाईलो र  सहज भएको अनुभुति स्वयं यो लेखकलाई पनि छ  ।

यस्तै क्रममा ०४६ सालको पहिलो जन आन्दोलनले उग्ररूप लियो । दाङ क्याम्पस पनि यो हावाको झोकावाट अछुतो रहन सक्ने कुरै थिएन । क्याम्पसमा  अखिल {कम्युनिस्ट}, नेबिसंघ { काँग्रेस) र मण्डले (पञ्चहरु) दिनहुँ क्याम्पसमा साथीभाइको पढाइ बिथोल्ने र पञ्चायती व्यवस्था विरुद्ध नारावाजी गर्न थाले । क्याम्पस प्राङ्गणमा नेपाल प्रहरीको हस्तक्षेप भयो । धेरै साथीहरू पक्राउ परे । यतिबेला मरिचमान सिंह सरकार थियो । सरकार फलाक्दै बिदेशहरुवाट हवाईजहाजमा नुनतेल ल्याउने उदघोषका साथ रेडियो कराउँदै थियो । यता क्याम्पसमा आन्दोलनले उग्रगतिविधि गरेको थियो। यस्तैमा हाम्राे बन्धु तारा अधिकारीजी व्याचलर अन्तिम बर्षमा अध्ययन गर्ने मेरै समवयी रुप रंग झ्याप दारी पालेका प्युठान तिरामका हुनुहुन्थ्यो । वाहाकै सक्कल सुरत (रुपरंग) मानेर दुईपटक प्रहरीले मलाई मामाघर पुराए ।  म तारा अधिकारी होईन म वसन्त अधिकारी होभनेर मेरो आईडी कार्डको प्रमाण पेश गरेपछि पुलिस अधिकारीले राम्रो संग पढने  आन्दोलन सान्दोलनमा नलाग्नु भनेर मलाई छोडिदियो । आन्दोलन उग्ररूपमा बढ्यो र अन्त्यमा भारतले नाकाबन्दी गर्यो  ।  आन्दोलनकारी साथीहरुले भारतले सहयोगी भुमिका निर्वाह गरेको भनेर भाषण भीषण गरे । अन्त्यमा चुल्हो बल्न छोडेपछि घरतिर टाईपिङ पनि बन्द, क्याम्पस पनि  बन्द  भयो  । यसपछि मैले क्याम्पस खुले पछि पढाईलाई त निरन्तरता दिए । रु. २००/- एडभान्स बुझाएको  टाईपिङलाई पनि छोडिदिएर सहलेखापाल लेखा  प्रशासनको तयारीमा जुटे ।

असै सन्दर्भमा लोक सेवा आयोगको प्रथम परिचय रमाइलो सन्दर्भ यस भन्दा पुर्व बि.सं.२०४३ सालमा श्री सिमलचौर, थक्लेनी, प्युठानमा शिक्षक हुँदा गरिसकेको छु । शिक्षक सेवा मुखिया सापमा लिखित परीक्षामा नाम निकालेर अन्तर्वार्तामा छनौट हुन नसकेको अवस्था अर्थात बैकल्पिक १ नं मा परेको जम्मा उम्मेदवार करिब १५० जनामा ७ वटा पदमा ११ जनाको नाम निकालेको जस्मा आठौं नम्बरमा मेरो दुर्भाग्य भए पनि यल्ले प्रतिस्पर्धा र लोक सेवा आयोगप्रति आकर्षण बढाएको थियोे । यहि क्याम्पस अध्ययन अवधिमा प्राथमिक शिक्षक पदमा दाङ र सल्यानवाट फर्म भरेर जाँच दिई लिखित परीक्षा उत्तीर्ण गरेको तर अन्तर्वार्ता अनिश्चित कालकोलागी स्थगित भएको थियो ।

यहि महेन्द्र बहुमुखी क्याम्पस अध्ययन अवधिमा सहायक लेखापाल (मुखिया वा सो सरहको) दुई सिट र सहलेखापाल (खरिदार वा सोसरह) एक सिट खुलेको थियो । लोक सेवा आयोगको अञ्चल कार्यालय, तुलसीपुरमा गएर फर्म लगाए । यति बेला लोक सेवा आयोगले सिट पनि ज्यादै कम खोल्दथ्यो, यसको कारण कार्यालयले ६ महिनाको लागी रितपुर्वक  अस्थायी भर्णा गर्न निजामती सेवा ऎन तथा नियमावली मा व्यवस्था थियो । अहिले पनि केही बिशेष  सुत्रवाट जानकारहरु बाहेक धेरै अनभिज्ञ  छन भने त्यतिबेलाको अवस्था कस्तो हुँदो हो, तर जे भए पनि लोक सेवा आयोगले आफ्नो काम निरन्तररुपमा गरिरहन्थ्यो ।

मैले सहायक लेखापाल र सहलेखापाल दुबैमा फाराम भरेपछी क्याम्पसको कोर्षको अध्ययनलाई क्याम्पस अवधिमा सीमित गरि बिहान बेलुका र बिदाको दिनको समय लोक सेवा आयोगको पाठ्यक्रम अनुरुप विभिन्न सन्दर्भ सामाग्रीवाट नोट तयारी गरि अध्ययन गर्न थाले । वास्तवमा एउटा बहुप्रचलित भनाई पनि  छ :
"लक्ष्यमा पुग्न सजिलो हुँदैन, एकनास पाईलाहरु चाल्दै जाउ ।
गहिराईमा डुब्दै नडुव डुविसकेका छौं भने, मोती नटिपी नफर्क ।।"

उपर्युक्तानुसार लोक सेवा तयारीको लागि अथक प्रयत्नशील भैयो । हिजोआज लाग्छ यो सब प्रारब्ध र कर्मको संयोजन हो । व्यवस्थापन प्रथम बर्षका साथीहरू अल नेपाल औद्योगिक क्षेत्रको र भारतका दार्जीलिङ, सिक्किम सम्मको शैक्षिक भ्रमणकालागि अर्थ संकलन गर्न व्यापारी र धनाढ्यहरुसग भ्रमणको टोलिमा म पनि गए तर भ्रमणमा जाँदा यता लोक सेवा आयोगको जाँच छुटने यो करिव २०-२२ दिनको महत्वपूर्ण शैक्षिक भ्रमणको अवसर पनि मैले रद्द गरे, साथीहरू भन्ने गर्थे लोक सेवा पासै हुने ग्यारेन्टी छैन तर भ्रमणमा गए धेरै शैक्षिक उपलब्धि हाँसिल हुन्छ,हामी भए यस्तो स्वर्णिम अवसर कदापि गुमाउने थिएनौं, ती साथीहरूलाई मैले ठाडै मुख मुखै जवाफ दिई भन्दथे - तिमीहरू सुनको पछि लागेका छौ म त हिरा म लोक सेवा आयोग पास गरेर हिरा प्राप्त गरेरै छोडछु ! लौ भन साथीहरू मेरो नजरमा सिधा हेर्न नसकेर नजर झुकाउँथे, यसरी नैतिकरूपमा बिजय पाउँदा  मेरो आत्मबल दुई गुणा बढेर आउँथ्यो ।
#क्रमशः
२०७३/०५/२५ शनिबार
कीर्तिपुर, काठमाडौ                                                                     

पाँचौ - शृङ्खला

शिर्षक :-श्री ने.रा.प्रा.वि.सिमलचौर, थक्लेनीको सामाजिक चित्रण, शिक्षकको बहुआयामिक भुमिका, निरक्षर मुखिया बा को विलक्षण क्षमता,अध्यक्ष तिलबहादुर ठेडी मगरका रोमन अंग्रेजीको प्रयोग र शिक्षा सेवा, मेरो आदर्श शिक्षक ",देउता मास्टर"को भुमिका

कथा अन्तर्वस्तु

तत्कालीन बि.सं.२०४०/०४१ को समयमा प्युठान जिल्ला तिराम गाउँ पञ्चायत अन्तर्गत  वडा नं.४, ५ सिमलचौर, थक्लेनी, मुताहा हाल परिवर्तित नाम मोतीपुर र छत्तिवन दमार सम्मको बिद्यालयको सेवा प्रवाहको क्षेत्र को समाजको शैक्षिक अवस्था ज्यादै दयनीय थियो । शिक्षाको स्थिति सारै नाजुक थियो । गाउँमा एकाध सामान्य पढेलेखेका साक्षर भेटाउन पनि दुर्लभ थियो । शिक्षक/मास्टर गाउँ घरमा सबै जान्ने/सुन्ने हुन्थे । गाउँ घरमा परिआउने कानुनी लेखापढी लिखत, घरसारका तमसुक देखि झै -झगडाका मिलापत्र, लेनदेन, हिसाब किताब, खवर, सुचना सबैको ज्ञाता शिक्षक हुन्थे । शिक्षक स्वयं पत्रकार, वकिल, स्वास्थ्यकर्मी, परामर्शदाता, सुचनादाता, सचिब, नेता, सल्लाहकार बन्नुपर्दथ्यो । वैदेशिक रोजगार भारत प्रवास गएका खसम (श्रीमान)  छोराहरूलाई  .....स्वस्तीश्री तहाँ राजगरी बस्नु भएका सिरका स्वामी/छोरा  आगे .....वाट यस्तै प्रकृतिको भाखामा पत्र लेख्ने कार्यमा शिक्षक नै स्वयंसेवकको रुपमा  नियुक्त हुनु पर्दथ्यो । यस बिषयमा मैले दक्षता हाँसिल गरेकोले मेरो लेखाईको तुलनामा अरु शिक्षकहरूको लेखाइ स्वीकार्य हुँदैनथ्यो । पढाउने सीप प्रविधि र समाजसेवी कार्यमा मेरो प्रसिद्धता बढदै थियो  । समाजमा लाहुरे संस्कृति  बिशेषत: बृटिश र भारतीय प्रभावको व्यापकता थियो ।

यसै सन्दर्भमा थक्लेनी गाउँका ८० बर्षे मुखिया मनिराम थापासंगको प्रसङ्ग रोचक छ । म भर्खर भर्खरै शिक्षक नियुक्ति भएको थिए । मुखिया सापले बिहानै  कटुवाललाई मलाई  बोलाउन स्कुलको होस्टलमा पठाए । म पनि कटुवालको साथ लागेर मुखिया बा कहाँ गए । त्यहाँ गाउँभरीका भद्र भलाद्मी जम्मा भएका थिए । मुखिया बाले मलाई शशिराम भण्डारीको पाखो खेतको गढो करवीर ठेडीलाई रु. २०,०००/- अक्षेरेपी बीस हजारमा तमसुक लेखिदिने भनेर नेपाली कागत र कालो स्याही (मसी) भएको कलम खोजेर ल्याईदिए किनभने म संग निलो मसि भएको कलम थियोे । मेरो यो पहिलोपटकको लेखाइ हो, एउटा नक्कल पाए  लेख्न सक्छु भनेपछि  नक्कल पनि खोजेर ल्याईदिए र नक्कल हेर्नू पर्दैन माड्साप म व्य्होरा भन्दिन्छु, तपाईं लेख्नुस भनेर - "लिखितम धनिका नाम  फलानाको छोरो फलानाको नाति फलानो ठाउँ बस्ने बर्ष यतिको फलनो सो धन व्यहोरिने ॠणिका नाम ....;" मैले २ पटक मुखिया बा को भाषा  र दुईपटक पुरानो तमसुक्को व्यहोरा पढेर नेपाली कागजको सोह्र तोडे बनाई  कपाली तमसुक लेखेर साक्षी फटकेका सदर भनि सहीछाप गराउन थाल्दा पो थाहा भो मुखिया बा मनवीर थापा त ल्याप्चे लगाउनु पर्ने निरक्षर पो रहेछन म त छक्क परे यो परिघटनावाट त्यसैले त भन्छन् बुर्जुगहरुले "पढेको भन्दा परेकोले जान्दछ ।" भन्ने उक्ति १०० मा सवासय प्रतिशत ठिक हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री Til Bahadur Thedi र सदस्य श्री सन्तबहादुर थापा बृटिश मलाया पेन्सेनर लाहुरे थिए । Til Bahadur बृटिश र मलेशियाको ब्रुनाईको जंगलमा भएको भीषण युध्दमा पेटमा गोली खाएर घाइते भै २ बर्षमै घाइते पेन्सन पकाएका सिपाही, उनी युद्ध र शत्रुसंगका लडाईका कुरा बडो रोमाञ्चक ढंगले गर्दथे र  मन्त्रमुग्ध पार्दथे पनि । हामीले देवनागरी लिपी नेपालीमा लेख्ने जस्तै उनी धाराप्रवाह सररर रोमन अंग्रेजीमा लेख्दथे । अच्चम्म लाग्दथ्यो उनको लेखन सिकाई शैली । बेलायती सैनिक तालिम कोरसमा उनीहरुलाई त्यसरी नै सिकाईएकोले यसैमा गौरव गर्थे, आफ्नो सिकाई उपलब्धी प्रती तर नेपाली व्यवहारमा रोमन अंग्रेजी नचल्ने हुँदा दिक्क मान्थे र गुनासो गर्थे वास्तवमा उनीहरुको लेखाइ आजकाल नेपाली भाषामा र शुद्धसंग अंग्रेजीमा लेख्न नजान्ने शिक्षित र अर्धशिक्षित नेपालीहरुले facebook Language मा धाराप्रवाह प्रयोग गरिरहेकाले यिनका पुर्वज ती बृटिश मलाया  लाहुरे हुन भन्दा अत्युक्ति नहोला । Til Bahadur एक पटकको उनको व्यक्तिगत घटना रोमान्टिक ढंगले विवेचना गर्दथे । श्री नेराप्रावि सिमलचौरलाई थक्लेनीमा स्थानान्तरण गर्न जिल्ला शिक्षा कार्यालय प्युठानमा जाँदा त्यहाका मुखिया साप र खरिदार सापहरुसंग नेपालीमा लेख्ने बिषयमा भनाभन भएछ, अन्त्यमा जिशिनि सापकहाँ पुगेर यथार्थता स्पष्ट भएपछि Til Bahadur कै जीत भएछ ! #आहा कति रोमान्टिक सत्यकथा ! आफू अनपढ भएपनि  बिदेशीको गुलामीको भुक्तमान खाएर शिक्षाको माध्यमवाट समाजसेवीको रुपमा जुटेका यी बुज्रुगहरुले शिक्षकहरूलाई अत्यन्त सम्मान गर्ने र सरकारले तलव दिए पनि खानपिनको खर्च उठाउने गर्दथे । यिनीहरुको यो दायित्व बहन गरि मैले पनि  बिशेषत: ४ र ५ का विद्यार्थीहरु  कमजोर भएकोले उनिहरुलाई छात्रावासमै राखी बिशेष कक्षा सञ्चालन गरि शिक्षण गर्दा त्यसको ज्यादै सकारात्मक प्रभाव त्यस समाजमा पर्यो, साथै जिल्लास्तरीय परीक्षामा पनि उपलब्धि उल्लेखनीयरुपमा रह्यो र मलाई "देउता मास्टर" को संज्ञा मिल्यो र हेड मास्टर बनाउने प्रस्ताव आए पनि म अस्थायी भएकाले त्यो स्वीकार गरिन ।

यसै अबधिमा २०४१/०४२ सालताका अर्थात सन १९८४/८५ मा हाईस्कुल दिन बनारस जाने सल्लाह प्युठानी साथीहरुसंग चल्यो कारण त्यो बेलाको समयको प्रभाव त्यस्तै थियोे । मैले बिद्यालयमा राम्रो सेवा गरेकोले आंशिक बेतलवी र तलवीरुपमा मलाई हाईस्कुल अध्ययनकालागी बनारस पठाउने निर्णय व्यवस्थापन समितिले गरे, "बिद्या नभए काँशी जानू, काँशिमा पनि नपाए ....के गर्नु ?? का मर्मस्पर्शी, अव्यक्त कथाहरु अर्को छैटौं शृङ्खलामा अहिलेलाई बिदा चाहान्छु ।

२०७३/३/१८ शनिबार
नेपालगन्ज, बाँके


Comments