आमाले पढेको हा ! रामचन्द्र !! म गएर अघोर बनमा र एआईले खोजिदिएको हा ! रामचन्द्र फरक भयो । आमाले पढेको सरल, सरस र मिठासपुर्ण रहेछ ।
![]() |
| ८२ बर्षिय मेरी जननी भावना अधिकारी बत्ति कात्दै |
आमाले पढेको……
हा ! राम चन्द्र !! म गएर अघोर बनमा ।
एकान्तमा बसी खुशी भइ नित्य मनमा ।।
आनन्द मानि प्रभुको नभुले बचनमा ।
भुल्दा अनित्य चिजमा गनिए कुजन्मा ।।
हा ! रामचन्द्र !! शिर माथि जटा-जुटाई ।
सारा शरिर भरमा घसी भस्म लाई ।।
माला फिराई दृष्ट - चित्त गरि भजन्मा ।
बोक्रा लगाई कहिल्यै न घुमे म बनमा ।।
हा ! रामचन्द्र !! त्रिताप हरि रह्याको ।
हज्जार सूर्य सरि तेज पनि भयाको ।।
त्यो दिप्त रुप मन भित्र खडा गराई ।
दर्शन गरि हजुरको मनचित्त लाई ।।
हा ! रामचन्द्र म गएर अघोर बनमा ।
एकान्तमा बसी खुशी भइ नित्य मनमा ।।
××××××××××××××××××
८२ बर्षिय आमा भावना अधिकारीको मुखारवृन्दवाट सुनि संकलन गरेको ।
अरु बाँकी आमालाई विस्मृत भैसकेको…………
हा ! रामचन्द्र !! म त जान्छु अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
प्रभुका पछि पछि लागि मता जाउँला ।
फर्कि फ़ेरि अयोध्यामै कहिले आउँला ।।
दु:खकी समुन्द्रमा परि नाथ म छु ।
प्रभुका शरणमा परि पाउ मिच्छु ।।
सँगै लैजाउ प्रभु मलाई बनमा ।
सुख हुनेछ सारै यो मेरो मनमा ।।
📝 सीताजीले रामचन्द्रजीसँ बनवास जान गरेको अनुरोध रामायण अयोध्याकाण्ड ।
हा ! रामचन्द्र !! म गएर अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
गंगा पारि जानु भो त प्रभुजी हाम्रा ।
सङ्कट सबै मेटनलाई संसारका राम्रा ।।
फर्कि आउँदा पूजा गरुँला सामग्री ठुलो गरि ।
अहिलेलाई विदा पाउँ प्रभुको पाउ परि ।।
हा ! रामचन्द्र !! म गएर अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
📝 सीता माताले बनवासजाँदा बाटोमा गंगा मातालाई चढाउने वस्तु नभएकोले मनैदेखि नमस्कार र पछि फर्कदा पूजा गर्ने प्रतिवद्धता व्यक्त । ✍️ भानुभक्तिय रामायण, अयोध्याकाण्ड ।
पूरा लोक भजन
(स्थायी)
हा ! रामचन्द्र !! म गएर अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
अन्तरा - १
गङ्गा पारि जानु भो त प्रभुजी हाम्रा ।
सङ्कट सबै मेट्नलाई संसारका राम्रा ।।
शरण गरि आएका छौ हज्य्रकै काखमा ।
दु:ख कष्ट नहोस् प्रभु अघोर बनमा ।।
हा ! रामचन्द्र म गएर अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
अन्तरा - २
चढाउने वस्तु केहि छैन मेरो हातमा ।
भक्ति भाव राखि गाउँछु प्रभुको साथमा ।।
चौध बर्ष बनवासको कष्ट काटनलाई ।
शक्ति देउ हे गंगा माता दु:ख भेट्न लाई ।।
हा ! रामचन्द्र !! म गएर अघोर बनमा ।।
केवल नमस्कार गरि पाउमा मनमा ।।
अन्तरा - ३
फर्कि आउँदा पूजा गरुला सामग्री ठुलो गरि ।
अहिलेलाई विदा पाउँ प्रभुको पाउ परि ।।
कुशल साथ फर्कि आउ आफ्नै सदनमा ।
सधैं सितल छावस् प्रभु हजुरको मनमा ।।
हा ! रामचन्द्र !! म गएर अघोर बनमा ।
केवल नमस्कार गरि पाउमा मनमा ।।
📝 AI GIMiNI को सहयोगमा ✍️

Comments
Post a Comment