६१५. जन्मदिनको हार्दिक शुभकामना प्रिय छोरा 🎂

जन्मदिनको हार्दिक शुभकामना प्रिय छोरा 🎂

प्रिय छोरा जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂 

।। जन्मदिन शुभाशय ।।

जन्मदिनमिदं अयि प्रिय पुत्र ।
शंतनु तु ते सर्वदा मुदं ।।१।।

प्रार्थयामहे भव शतायुषी ।
ईश्वर: सदा त्वा च रक्षतु ।।२।।

पुण्य कर्मणा कीर्तिमर्जय ।
जीवनं तव भवतु सार्थकं ।।३।।

छोरा ! तिमी हाम्रो पहिलो सन्तान भएर ।
हाम्लाई बुबाआमा बनाई खुशी दियौ ।।
संघीय राजधानी काठमाडौं शहरमा ।
निजामती जागीरको सिलसिलामा हुँदै ।।
तिम्लाई बढायौं पढायौं सक्षम बनायौं ।
खुशी भयौ सरकारी सेवामा प्रवेश गरेउ ।।
राम्री सुलक्षणा बुहारी विवाह गरिदिई ।
हामीले आफ्नो जिम्मेवारी कर्तव्य निभायौं ।।
अब उप्रान्तमा स्वभावतः आशा भरोसा ।
तिम्ले हामीवाट गर्नु पर्ने भन्दा पनि ।।
हाम्ले तिमीवाट गर्नु पर्ने अवस्था आउँछ ।
हाम्ले पनि ठुल्ठुला आशा त राख्दैनौ ।।
कहिलेकाही सम्मान साथ सम्झिने गर्नु ।
यत्तिले छोरो हुनुको प्रथम कर्तव्य पूरा हुन्छ ।।
सुपुत्र पिताजी कै पदचापलाई पछ्याउँदै ।
सरकारी सेवामा सेवारत छँदा गौरव लाग्छ ।।
एउटा दोस्रो आशा भने ह्रदयमा आईरहन्छ ।
पदीय अग्रगामी तिम्रा पाईला अगाडि बढुन् ।।
अन्ततः सन्ततिको आशा स्वाभाविक हुन्छ ।
अब उप्रान्त क्रमशः घरपायक तर्फ सोच्दै गर्नु ।।
दिन प्रतिदिन हामीमा बुढ्यौली पनि आउँदैछ ।
निजामती सेवावाट अनिवार्य अवकाश पश्चात् ।।

अवकाशप्राप्त जीवन पाँच बर्ष पूरा भैसक्यो ।
दिनहरु वित्दै जान्छन् व्यतीत समय फर्कदैन ।।
पुराना पात झर्दै जानू र नयाँ पात पलाउनु ।
यहि नै त हो प्रकृतिको शाश्वत रित र क्रम ।।
हाम्रो शरीरमा प्राण रहँदासम्म घरव्यवहार ।
ध्यान दिनु चिन्तित हुनुपर्ने अवस्था भने छैन ।।
आफू र बुहारीको ख्याल गर्नु इमानदारी बन्नु ।
राष्ट्र निर्माणकार्यको जगमा एउटा इँटा मिसाउनु ।।
धेरै के भनु आफै समझदार र बुझक्कड छौं ।
जन्मदिनको असीम शुभकामना व्यक्त गर्दछु ।।

✍️ उहीँ बुबा वसन्तराज अधिकारीस्थायी निवास: घोराही उपमहानगरपालिका, दाङ, नेपाल मिति: शनिबार 23 जेष्ठ 2083 तदनुसार जुन 6, 2026

Comments