दाङ - काठमाडौं र पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव खोटाङ, तीर्थयात्री : एक संस्मरण
![]() |
| पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव मन्दिरमा सम्धी सम्धिनीसँग हामी 🕉️ |
१. दाङ काठमाण्डौ यात्रा:
यात्रा घरमा आरामले बसे जस्तो सरल, सहज र आरामदायी कहाँ हुन्छ र ? तापनि यथास्थितिमा सधैं रम्न पनि त सकिदैन । मानिस स्वभावैले नयाँ२ वातावरण, परिवेश, नयाँ स्थानमा फरक अनुभुति र अनुभवमा रमाउन चाहान्छ । यात्रा अनुभवले नयाँ स्थान, परिवेश, दृश्यावलोकन घरको दैनिक क्रियाकलापवाट निवृत्त हुने हुँदा नयाँ स्फुर्ती भने अवश्य दिन्छ । आध्यात्मिक दृष्टिकोणले धार्मिक तीर्थयात्री हुँदा देवी देवताको आशीर्वाद प्राप्त हुने विश्वास हुनु पनि स्वाभाविक नै हो । दाङ देखि संघीय राजधानी काठमाडौ को यात्रा नगरेको पनि पुरापुर एक बर्ष भएछ । दाङ काठमाडौको बस यात्रामा यात्रु बस भने सुपर भिआईपी चलेका छन् तथापि बाटो भने दाउन्नेमा फोरलेन सडक बिस्तारको चालू अवस्थाले गर्दा हाम्रो तुलसीपुरवाट ६:३० बजे छुटेर घोराहीवाट ७:१५ बजेवाट आएर दाउन्नेमा करिब सातघण्टा जाममा फसियो । यहाँ हाईवे सडक बिस्तार एवम् निर्माणको कार्य रहेको अवस्था छ । बिहान् ९:३० बजे इच्छाकामना- ४ चुम्लिङटार सांग्रीला होटलमा आएर नास्ता चना खायौं । त्यहाँवाट शौचालय गरि १०:०० बजे मात्र काठमाडौंका लागि प्रस्थान गर्यौं । अम्बिकेश्वरी भिआईपी वस सिट नं. B९/१० सीट केहि तलै तिर भए पनि रातको निद्रा भने राम्रै पर्यो ।
आज चैत्रे दशै अर्थात् चैत्राष्टमी २०८२ देवी दुर्गा सप्तशति, देवी स्तोत्र पाठ गर्दै अध्यात्मिक आनन्दमा रमाई हिड्दा परम आनन्दाभुति स्वअनुभुति हुन्छ । काठमाडौं पुगे पछि गंगाहल - भाटभटेनीमा ओल्हने भनिएकोमा दाङवाट छोरीलाई ल्याईदिएको घरैको आलुको ठूलो बोरा कलंकीमा अरु कसैले उडाईदिएछन् । धन्न सानो बोरा हात लाग्यो नत्र छोरीका घर ल्याईदिएको कोसेली रित्तै हात हुने थियो । अपरान्ह २:०० बजे मात्र नातिनी, सम्धिनी- सम्धी र बेलुका छोरीसँग भेटघाट भै भलाकुसारी भयो । एक रात बसी भोलिपल्टै बिहानै पुर्वी नेपाल खोटाङ जिल्ला स्थित हलेसी महादेव मन्दिरको दर्शन गर्ने योजना मुताविक तयार भयौं ।
![]() |
| घर दाङवाट काठमाडौंको यात्रा तैयारी |
२. रामनवमी २०८२ हलेसी महादेव, खोटाङ, तीर्थयात्री:
नेपाल टुर एण्ड ट्राभल BA PRADESH 01 006 KHA 9291 Nepal Tour & Travel तीर्थयात्री खाडादेवी दर्शन जय श्री महाकालीका बस धनी तथा चालक गुरु कुमार खत्री काठमाडौं तारकेश्वर नगरपालिका वार्ड नं.३ ठुलागाउँवाट सम्धी श्री राजु फुयाल र सम्धिनी श्री सुनिता पनेरू फुयाल सहित २८ जनाको टोलि र ३ जना बसको स्टाफ सहित बिहानै ६:०० बजे प्रस्थान गरेउ ।
![]() |
| पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव तीर्थयात्री |
३. काठमाडौ देखि हलेसी महादेव मन्दिर, खोटाङ पुग्दासम्मका यात्रामा बाटोमा पर्ने ठाउँहरुको नाम नामेसी विवरण:
![]() |
| सुन्दरवस्तिमा चिया चमेना क्रममा हामी सम्धी सम्धी |
काठमाडौं तारकेश्वर नगरपालिका वार्ड नं.३ ठुलागाउँवाट भक्तपुर हुँदै बनेपा साँगावाट अगाडि बढ्दै गर्दा फोरलेन सडक बिस्तारको कारणले सामान्य कठिनाइ रह्यो पनि अगाडि बढ्दै धुलिखेल साविक डाडागाउँ हाल सुन्दरवस्तिमा चिया चमेनाको व्यवस्थापन बस स्टाफले स्वयं गरे । तहाँवाट धुलिखेल - ९ काभ्रे रानाछाप हुँदै पानी ट्याङ्की, लप्सीवोट, आरुबोट, पात्ले गाउँ, बेला गाउँ, पाँचखाल नगरपालिका बुच्चाकोट, भकुण्डेवेसी, रोशीखोला बगर, मंगलटार,रोशी गाउँपालिका काल्दुंगा, पिप्ले, नेपालथोक, सिन्धुली जिल्ला प्रवेश गर्दै भित्तामा लेखिएको वाक्य- "बोली र व्यवहारले व्यक्तित्व झल्कन्छ ।" पढ्दै झाङाझोली, रातमाटा, सुनकोशी गाउँपालिका - बलराम चोक, भेडेंटार, सुनकोशी वारि पलधुरी पारी सितखा - खानपिन यही पलधुरी सुनकोशीको बगर जहाँ कुमार खत्री गुरुजीको घर त्यही दिउँसो १२:०० देखि २:०० बजेसम्म खानपिनको व्यवस्था बसका टोलीहरुले असाध्य राम्रो व्यवस्थापन गर्नुभयो ।
![]() |
| सुन्दरवस्तिमा चिया नास्ता क्रममा सम्धिनी सम्धिनी |
रोशी खोला कुशेश्वरमा सुनकोसीमा मिल्दछ । तहावाट अगाडि मुल्कोट, दीपकनगर यहाँ गाडीवालाहरुले ऎनामा आफ्नो नाम र गाडी नम्बर लेखेर भित्तामा टाँसिएको धेरै लामो भित्ता पर्खाल भरी भरी देखियो । लुमेडाँडा, चैनपुर, सेल्फिडाँडा, सुनकोसी - ६ खाल्टे हुँदै अगाडि बढ्दै गर्दा एउटा कविता स्फुरन भयो जुन यश प्रकार रहेको छ -
हलेसीको तीर्थयात्री शिवशक्ति साथ ।
हजुरको पाउँमा सर्वदा टेकाएर माथ ।।
शिव विष्णु भक्ति पाई रहुँ निर्भीक भइ ।
यथाशक्य पूजन गर्छौ हलेसीधाम आई ।।
![]() |
| बिहानको खाना सुनकोसी बगर पलधुरीमा हामी |
यहाँनेर अगाडि आउँदा तामाकोसी नदीको सुरुङ्ग मार्गको कार्यालय देखियो जुन सुनकोसी तामाकोसी मरिन डाईभर्सन जुन काम चालू हुँदै रहेछ । यहाँको पानी रौतहट, जनकपुर र नारायणीका केहि जिल्लामा सिंचाइ गर्ने जानकारी पाईयो । अगाडि भालुखोला, गोलन्जोर, तामाकोसी पल्लोपट्टी रामेछाप नौगार, वल्लोपट्टी हैवार - हैवार खोला, देउरालीटार, कौशिका माध्यमिक विद्यालय ग्वाल्टार गोलन्जोर गा.पा. यहाँ आउँदा हलेसी तिरवाट आएको वस भेटियो जुन काठमाडौ- खुर्कोट - हर्मी - हलेसी - दिक्तेल - निर्मली - चखेवा - भोजपुरको खोटाङ यातायात सेवाको बस भेटियो । यहाँदेखि अगाडि बढ्दा बसेरी - कुखुरेटार - कलिआँप, कुडुले, मुसेघर, सोल्टुङ्गे पुल, च्याउखोला पुल यहाँवाट फिक्कलको सीमा प्रारम्भ भयो । यसपछि नवलपुर-बाहुन-तिल्पुङ-चिसापानी रोड - निहुरे खोला यहाँका बस्तीमा टीनका छानायुक्त ससाना घरहरु रहेको छन् । बस चालक गुरुजिले हिमाली, पहाडी र तराईका पुर्वेली भाखाका गीत संगीत आलोपालो गरि बजाईरहेको छन् । पुर्वेली भाखाका एउटा गीतको टुक्रा मन पर्यो - "शुभ नाम के पर्यो मै पनि तिम्रै हो अल्लारे सान्नानी उमेर कति भो ? ………शुभ नाम के पर्यो मै पनि तिम्रै हो । अल्लारे सान्दाजु उमेर कति भो ?? यहाँवाट अगाडि तर्किनी बेसी - जीतखोला, पञ्चकन्या - थुल्मेघाट, सुनकोसी गा.पा. चाल्नेखोला पुल, झगरे वेसी बाख्रा पकेट क्षेत्र, कल्लरी दोभान, फिक्कल, रत्नावती, तीनवाडे फुटबल खेलमैदान, घुर्मी बजार, पल्लो पट्टी ओखलढुंगा वारि सिन्धुली, सुनकोसी पुल तरेर पारीपट्टी कटारी ओखलढुंगा हर्कपुर - हलेसी, मानेभञ्ज्याङ गा.पा. हर्कपुर सिन्धुपाल्चोक, यहाँ वाट हिलेपानी ३ किलोमिटर, हलेसी ४० किलोमिटर रहेको छ । यहाँ पाखावारीमा काँचपात (सुर्ती) खेती भएको पाईयो । यहाँवाट दुधकोशी नदी, जयराम, दुधकोसी पुल, तुवाचुङ नगरपालिकामा पर्ने हलेसी बजारमा राती ८:०० बजे पुग्यौं ।
![]() |
| यात्राका क्रममा तामाकोसी बगरमा हामी |
४. बस्नेत काजी गेष्ट हाउस, हलेसीबजार बास: (रामनवमी २०८२)
![]() |
| बस्नेत काजी गेष्टहाउस तुवाचुङ न.पा. हलेसीबजार |
हल्का वर्षा भैरहेको रातको समयमा हलेसी बजार निकै मनोरम देखियो । हाम्रो बस बस्नेत अलि भित्र माथि तिर काजी गेष्ट हाउसमा टक्क रोकियो । यहाँ आईपुगेपछी मेघ बादल कालो निलो भएर वर्षा भैरहेको थियो । आकाशमा बिजुली नानी चम्किएर नाच्न थालिन । बिजुलि नानीले पनि माया मारेर गईन । राम नवमीको रात कृष्णाष्टमीको रात जस्तैः भयो । मोबाइल र मैनवत्ती बालेर बस स्टाफले खानपिनको व्यवस्था गरे । रातको १०:०० बजेतिर बिजुली नानी एकैक्षण आउँदा पनि हल्का मोबाइल चार्ज गर्न पाईयो । तत्पश्चात राती १०:३० बजे आरामदायी साथ निद्रादेवीको शरणमा परियो । करिब ५:०० घण्टाको निद्रा पश्चात् बिहान ३:३० बजे निद्रा खुल्यो । शौचालय, स्नान, जप, पाठ, सन्ध्या बन्दनादी गरेर ५:३० बजे तयारी भैयो । हलेसी श्री महादेव मन्दिर खुल्दो रहेछ, हाम्रो तीर्थयात्री समूह हलेसी श्री महादेव मन्दिर तर्फ ६:०० बजे प्रस्थान गर्यौ ।
![]() |
| हलेसी महादेव मन्दिर जाने क्रममा लामबद्ध हामी |
५. खोटाङ हलेसी श्री महादेव मन्दिर दर्शन:
![]() |
| श्री गणेशाय नम: खोटाङ हलेसी मन्दिर |
बिहान ६:०० बजेवाट लामबद्ध भै ७:३० बजेसम्म करिब डेढ घण्टामा हलेसी परिषरका निम्नलिखित मन्दिर देवालय दर्शन आजा पूजा सम्पन्न गरेउ ।
५.१ श्री गणेश मन्दिर
५.२ चाँदीको प्रतिमा र भित्तामा प्राकृतिक पहरा शिलामा रूपमा कुँदिएका जगत्पिता भोले बाबा श्री महादेव मन्दिर
५.३ जगत्माता पार्वती मन्दिर
५.४ नजिकै बौद्ध लामाहरुले गुम्बामा पाठ प्रवचन
५.५ टीका प्रसाद लगाई अपाङ्ग, अनाथहरुलाई अन्न र द्रव्य दान पुण्य गर्दै परिक्रमा सहित बौद्ध गुम्बाको बाटो र
५.६ अन्तमा प्राकृतिक पहरा ओढारमा कामधेनु गाईको दुध धारा र पानी आउने माथी आकाशवाट श्री साम्बसदा शिव भष्मासुरको भय र बिष्णुको मोहिनी रुपले भष्मासुर असुरको अन्त्य गरेपछि बाहिरिएको खुला आकाश मार्ग ।
![]() |
| हलेसी महादेव मन्दिरमा सम्धी सम्धिनीसँग हामी |
६. श्री स्कन्द पुराण र शिव महापुराण अनुसार भष्मासुर असुर र भगवान शिवको रोचक प्रसङ्ग:
![]() |
| हिन्दु, बौद्ध र किराँत त्रिधर्म समन्वयात्मक सद्भाव हलेसी महादेव मन्दिरमा दर्शनार्थी सदभावहरु |
आदिकालमा असुर भष्मासुरले उग्र तपस्या गरेर श्री भोलेनाथ शिव बाबालाई प्रसन्न बनायो । आशुतोष सदाशिवले भष्मासुरलाई इच्छित वरदान माग भन्नुभयो । असुर कुबुद्धि भष्मासुरले आफू सर्वशक्तिमान बन्न मैले जस्को शिरमा हात राख्छु त्यो भस्म होईजावस भनि माग्यो र यो वरदानको अनुचित प्रयोग स्वयं महादेव शिव बाबालाई नै गर्न आँट्यो तब महादेव भाग्दै भाग्दै यसै स्थानमा आएर माता पार्वती, श्री गणेशजी, क्षेत्रपाल, नन्दी भृङ्गी, भुतप्रेत, पिशाच, प्रमथगण चतुषष्टी योगिनी, डाकिनी, शाकिनी, बोक्सी, बेताल, आकाश भैरव सहित यही स्थानमा लुकेर बस्नुभएको थाहा पाएर मोहिनीरुप लिएर भगवान बिष्णुले भष्मासुरलाई संहार गर्ने र शिवलाई सुरक्षा गर्न नारी स्वभाव हावभाव कटाक्षपुर्वक शारीरिक आकर्षण प्रेम पाशमा पारी आफुजस्तै नृत्य गर्न सके मात्र बिबाह बन्धनमा बाँधिने शर्तराखी चौसट्ठी कलाले नृत्य गर्दै गर्दा मोहिनी रूप श्री विष्णुले अन्त्यमा झुक्याएर भष्मासुरको आफ्नै हात उसको आफ्नै शिरमा राख्न लगाई तत्काल भस्म भएको रोचक धार्मिक पौराणिक प्रसङ्ग कथा रहेको छ जुन संक्षिप्तमा मैले यहाँ प्रस्तुत गरे । यश कथाको नैतिक शिक्षा "कसैले पनि कठोर तप समेतवाट असीम शक्ति प्राप्त गरेर त्यसको अनुचित प्रयोग गरे त्यसले अन्त्यमा स्वयं आफ्नै विनाश गर्दछ" भन्ने रहेको छ ।
![]() |
| हलेसी मन्दिरमा दर्शन पश्चात् फर्कदै |
७. हलेसी श्री महादेव मन्दिर दर्शन पश्चात् खानपिन र काठमाडौ तीर्थयात्री फिर्ती सन्दर्भ:
हलेसी श्री महादेव दर्शन पश्चात् फुल, प्रसाद ल्याई हामी पुनः बस्नेत काजी होटल एण्ड लजमा आयौं । तहाँ बिहान ८:३० बजे चिया पान गरि १०:३० तिर खानपिन पश्चात् ११:३० बजे हलेसीबजारवाट काठमाडौका लागि फर्कियौं । रातभरको भारी बर्षाले सुनकोसी नदीमा आएको बाढीले गर्दा रोशी खोलाको बाटो खराब भएर खुर्कोट आउँदा हामी बाटो परिवर्तन गर्न बाद्ध भै रामेछाप - मन्थली देखि दोलखा - चरिकोट हुँदै धुलिखेलवाट पाँचखाल हुँदै काठमाडौ जाने सल्लाह भयो । परन्तु पाँचखालको बाटो पनि बर्षातको कारण विग्रन जाँदा खुर्कोटवाट रामेछाप मन्थली दोलखा चरिकोट सिन्धुपाल्चोक खाडीबजार - भक्तपुर चागुनारायण नगरपालिका - नगरकोट - भक्तपुर - गौशाला हुँदै बाटोमा २:०० घण्टा आराम गरि बिहान ६:०० बजेमात्र तारकेश्वर नगरपालिका अन्तर्गत ठुलागाउ आईपुग्यौं । परन्तु २ दिन १ रातको तीर्थयात्री भै पुर्वको पशुपतिनाथ भनिने हलेसी श्री महादेव मन्दिरवाट सहज, आनन्द, पारिवारिक रमाइलो वातावरणवाट आईपुग्यौं ।
![]() |
| हलेसी महादेव मन्दिरमा दर्शन क्रममा |
८. रामेछाप - मन्थली, दोलखा - चरिकोट सिन्धुपाल्चोक खाडीचौर - चागुनारायण नगरपालिका नगरकोट भक्तपुर हुँदै तारकेश्वर नगरपालिका काठमाडौ यात्रा:
![]() |
| हलेसी महादेव मन्दिरवाट फर्कदा खुर्कोट बजारमा |
खुर्कोटवाट पुल पार गरि रामेछाप - मन्थली नगरपालिका तर्फ हाम्रो यात्रा सोझियो । रामेछाप - बेनी तामाकोसी किनारै किनार, मसाननगर कजवे- पुनौरे - रामेछाप पल्लोपट्टी खाँडादेवी - रामेछाप मन्थली - रामेछाप बजार - मन्थली सदरमुकाम मन्थली बजार तामाकोसी किनारमा - लिपे पुल - सिद्धेश्वर महादेव मन्दिर मन्थली नगरपालिका-२ पश्चात् लिखु तामाकोसी गाउँपालिका, तिल्पुङ पुल, खिम्ती पुल - खिम्ती जलविद्युत आयोजना - देवीटार दोलखा जिल्ला प्रारम्भ, मिल्ती खोला पुल बजार, ठूलो खोला पुल वन वे सडक - तामाकोसी गाउँपालिका - भिरकोट, तामाकोसी नयाँ पुल - विरुवा - दोलखा चरिकोट होटलमा खाना खाई बडो कठिनाइका साथ काठमाडौंको लागि बढ्नुको विकल्प नहुँदा अगाडि बढ्दै चर्नावती पुल हुस्सु र कुहिरोमा बाहिर केहि नदेखिएको अवस्थामा अगाडि बढ्दै सिन्धुपाल्चोक खाडीचौर - चागुनारायण नगरपालिका नगरकोट भक्तपुर हुँदै तारकेश्वर नगरपालिका ठुला गाउँ आईपुग्यौं ।
![]() |
| फर्कदा हामी बुढाबुढी ❤️❤️ |
अन्त्यमा
९. उपसंहार:
![]() |
| हलेसी महादेव मन्दिर दर्शन पश्चात् तस्बिर |
काठमाडौदेखि खोटाङ जिल्ला स्थित ऎतिहासिक, धार्मिक, संस्कृतिक, पर्यटकीय स्थल पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी श्री महादेव मन्दिर दर्शन हाम्रा निकटतम प्रिय आफन्तहरुसँगको सहयात्रामा अत्यन्तै रमाइलो वातावरणमा करिब ३३ घण्टाको अथक निरन्तर यात्रा असहज भएपनि नयाँ ठाउँको अनुभव भ्रमण संस्मरणिय नै मान्नु पर्दछ । पुर्वी पहाडी वाटो जाँदा र हलेसी बजारमा बास बस्दा बस स्टाफवाट स्वयं खानपिनको व्यवस्था सुखद रह्यो । हलेसी महादेव मन्दिर पुगेपछि प्रातकालिन समयमा हलेसी महादेव मन्दिर, माता पार्वती मन्दिर, श्री गणेश, बौद्ध गुम्बा, दर्शन पूजाआजा अध्यात्मिक भक्ति जागरणमा सकृयता रह्यो । काठमाडौ समेत काभेपलाञ्चोक, सिन्धुली, उदयपुर, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा सिन्धुपाल्चोक र भक्तपुर गरि १० जिल्ला २ दिन र १ रातको यात्रा भयो । अब पुनः यस्तै अवसर भएमा नयाँ सन्दर्भ सहित बिषयवस्तुको प्रस्तुति अनुभव लिएर आउने नै छु । जाँदा जाँदै यश महत्वपूर्ण अवसर जुराईदिनु हुने पुज्यनिय सम्धिनी सुनिता पनेरू फुयाल र सम्धी श्री राजु फुयाललाई कृतज्ञता सहित सहर्ष हार्दिक धन्यवाद प्रदान गर्दै यश लेखनी वाट विदा चाहान्छु ।
हवस् त 🙏🙏
![]() |
| श्री गणेश मन्दिर, हलेसीधाममा हामी ❤️ |
ब्लग राइटर:
![]() |
| हलेसी महादेव मन्दिर गुफामा हामी ❤️ |
✍️ वसन्तराज अधिकारी साथमा श्रीमती एशोदा सुवेदी अधिकारी
यात्रा क्रममा टिपोट तथा लेखन
शनिबार १४ चैत्र २०८२ शुभम् ।



















Comments
Post a Comment