अंग्रेजी नयाँ बर्ष 2026 को दिन सरयु गंगा शिर बबई उत्तरबाहिनी शुक्रवार, दाङको तीर्थ भ्रमण ।
![]() |
| बायाँवाट क्रमशः म वसन्तराज अधिकारी, साथी कान्तुलाल भण्डारी, नरेश आचार्यजी, श्रीमती एशोदा अधिकारी र गुरुआमा भट्टराई गुरुकुल वेदविद्याश्रम पाठशाला, सुख्वारी, दाङ । |
१. अंग्रेजी नयाँ बर्षको नगएको नयाँ ठाउँको भ्रमणको योजना :
![]() |
| राष्ट्रिय पोशाक तथा टोपी दिवस २०८२ का दिन राष्ट्रिय पोशाकमा ठाँटीएर म 🙏 |
हामी टाढाको तीर्थस्थललाई जति महत्व दिएर महिमा गर्दछौं तर "नजिकको तीर्थ हेला" भनेझैं आफ्नै स्थानीय अत्यन्त महत्वपूर्ण पवित्र पावन तीर्थस्थल "बत्ति मुनिको अँध्यारो" जस्तैः घोराही उपमहानगरपालिका अन्तर्गत वार्ड नं.७ मा अवस्थित हाम्रै स्थानीय पवित्र नजिकको तीर्थधाम सरयुगंगा शिर उत्तरबाहिनी, सुख्वारी, दाङ मा अंग्रेजी नयाँ बर्ष 2026 को पहिलो दिन घुमघाम गर्ने शिघ्र योजना बमोजिम दुवैजना जाने योजना बनायौं । धेरै पहिलेदेखि नै जाने मनसुवा भए पनि अनुकूल दिन जुरेको थिएन आज अंग्रेजी नयाँ बर्ष नयाँ स्थान पवित्र पावन तीर्थ स्थल धार्मिक पर्यटनको उद्देश्यले तय गरियो ।
२. राष्ट्रिय पोशाक तथा टोपी दिवसको सन्दर्भ बमोजिम दौरा सुरुवाल र टोपी :
राष्ट्रिय पोशाक र टोपी दिवस भएकाले दौरा सुरुवाल कोट, टोपीमा ठाँटिएर जाने ईच्छा भयो । निजामती सरकारी सेवावाट निवृत्त पश्चात् राष्ट्रिय पोशाक पहिरिने दिन पनि त सितिमिति जुर्दैन त्यो पनि राष्ट्रिय पोशाकको सम्मानका लागि लगाउनु पर्यो । टोपी त प्राय: लगाउने गर्दछु । यसरी नेपाली पोशाक पहिरिदा स्वयंलाई आत्म गौरव जाग्दो रहेछ ।
![]() |
| श्रीमतीजी एशोदा अधिकारीका साथ घरदेखी प्रस्थान |
३. उत्तरबाहिनीको यात्रा:
घोराही बुद्धि ग्यारेज चोक देखि अगाडि तुलसीपुर चोकवाटै मावि सौडियार स्कुल हुँदै अटोसेवा चल्दोरहेछ । रिजर्भमा जाँदा अलि बढी भाग्ने कम्तीमा चार पाँच जना शेयरिङमा जाँदा प्रति व्यक्ति सहत्तर रुपैयाँ सौडियार स्कुलसम्म र उत्तरबाहिनी संस्कृत विद्यालय सम्म एकसय रुपैंया प्रति व्यक्ति लाग्दो रहेछ । सररा बाट बेसाही हुँदै सौडियार स्कुलमा एकजना मेरा पुराना साथी बि.सं. २०४५-०४७ ताका महेन्द्र बहुमुखी क्याम्पसमा आईकम पढदाका साथी कान्तुलाल भण्डारीजिको मेडिकल पसल सम्म पुग्यौ । वाँहाकै साथमा सरयु गंगाको शिर बबईको उत्तरबाहिनी तिर्थमा गयौं ।
![]() |
| महेन्द्र बहुमुखी क्याम्पस, घोराही, दाङमा २०४५-०४७ मा आई.कम. अध्ययनरत छँदाका आत्मीय साथी कान्तुलाल भण्डारीका साथ वाहाँकै मेडिकल पसल, सौडियारमा |
४. सरयु गंगाको शिर बबई नदीको उत्तरबाहिनी दर्शन :
प्रत्यक्ष अवलोकन मेरो युटुबको लिङ्क यसै साथ संलग्न गरेको छु । कृपया रियाक्ट सब्सक्राईभ र साझा गरिदिनु होला । धन्यवाद 🕉️
https://youtu.be/aLMhasVgNbg?si=mWntUFtubUWu2TSZ
हामी संस्कृत वेदविद्यालयको पाङ्गण प्रवेशद्वारमा पुग्दा एक जअना सज्जन स्थानीय समाजसेवी श्री नरेश आचार्यजी भेटिनुभयो । वाहाँ निस्कन लाग्दा हामीलाई देखेर रोकिनु भएको रहेछ । वाहाँ सँग चिनापर्ची भयो । वाहाँ पनि हाम्रै समकालीन महेन्द्र बहुमुखी क्याम्पस अध्ययनताकाका मानविकीशास्त्र गणित बिषयका छात्र हुनुहुँदो रहेछ । वाहाँसँग परिचय पश्चात् मलाई पुर्व भुमिसुधार अधिकारीकारुपमा सम्झनुभयो । हामी मुल प्रवेशद्वार उत्तरबाहिनीमा पुग्दा ८-१० जना बटुकहरु कटहरको वृक्ष मुनि अध्ययन गरिरहेका भेटिए । उनिहरुसँग सोध्दा गुरुकुलमा ६-७ कक्षामा अध्ययनरत कोहि भारत वेङ्लोरसम्मका पनि भेटिए । पितृकार्य श्राद्धादिकर्म गर्ने स्थलमा घुम्दै श्रव्य-दृश्य (भिडियो) जो यसै साथ संलग्न छ तयार गर्दै मन्दिर, कुटी, गौशाला अवलोकन गरियो । गौमाता भने एउटी मात्र रहिछन् । तहाँ एउटा कपिलवस्तु तिरका बाबाजी भेटिए । यि बाबाजि श्रीमद्भागवत लगाउँदा आएर बसेका भट्टराई गुरुआमाले भन्नू भयो । बाबाजिलाई पितलको कमण्डलुको इच्छा रहेछ । अर्को पटक आउँदा लगिदिने माग गरेका छन् । साथी कान्तुलाल, नरेशजी र मेडमजी अवलोकन सहित गफमा लागे भने म श्रव्य-दृश्य (भिडियो) बनाउँदै मन्दिर, कुटीका भित्तामा लेखिएका वैदिक वाक्य, श्लोक र तिनका अर्थ सहित भट्याउँदै गरे । मलाई मन्दिर, गुरुकुलमा लिपिवद्ध गरिएका अमृत भाषा संस्कृत वाणि अत्यन्त प्रिय लाग्छ ति वैदिक वाक्य र अर्थ सस्वर पढ्दा आनन्दानुभुति हुन्छ । मेरो युटुबमा पोष्ट गरिएको तेह्र मिनेटजतिको भिडियो र त्यस्को लिङ्क यसै साथ छ कृपया पुरै हेर्नुस् र उत्तरबाहिनी बारे जानकारी राख्नुस् । यसपछि हामी उत्तरबाहिनी बगेकी बबई तर्फ झरेउ । त्यहाँ पाँच ठाउँमा बिना मोटर ट्युबवेलवाट पानी बगिरहेको मनोरम दृश्य अवलोकन गरियो । नरेशजीसँग बुझ्दा घोराही खानेपानीले यहीँबाट बबईको पानी ल्याउने योजनामा पाईपहरु बिछ्याइएको र धमाधम काम भैरहेको पाईयो । प्राविधिकसँग बुझ्दा अब तीन महिना भित्र बबईको पानी घोराही खानेपानीमा जोडेर वितरण भैसक्ने जानकारी पाईयो । खानेपानी ट्याङ्की निर्माणकार्य भैरहेको स्थल अवलोकन गर्दै हामी पुनः वेदविद्याश्रम गुरुकुलमा आईपुग्यौं । तहाँ भट्टराई गुरुआमासँग कुराकानी भयो । वेद विद्यालय कोठरीका एकजना धिताल जग्गादाताले २७ बिगाहा जग्गामध्ये पछि श्रेष्तामा एकिन २३ बिगाहा बिद्यालयको नाममा रहेपनि आयस्ता भने नगन्य रहेछ । तहाँ एउटा सरकारी आधारभूत विद्यालय रहेछ । जग्गाको मोही हिस्सा दिएर पनि बाह्र तेह्र विघा जग्गा रहेकोमा प्रायः स्थानीयवाट कब्जा जस्तै रहेछ । योगिराज नरहरिनाथको आग्रहमा दाता धितालले जग्गा प्रदान गर्नुभएको जुन चौघेरा स्थित श्री रत्ननाथ मठवाट सञ्चालित गुरु प्रकाश भट्टराई र वाहाँको मेडम गुरुआमा चौघेरावाट बटुकहरुसँग आएर देखभाल गर्नुभएको रहेछ । माओवादी द्वन्द्वकालभन्दा अगाडि वेदविद्यालय चलेको भएपनि त्यस पश्चात् एकजना पुजारीले नित्य पूजा चलाउने व्यवस्था बाहेक अरु हुन नसकेकोमा हालै जग्गादाता धिताल परिवारकी सुपुत्रीवाट सम्पन्न श्रीमद्भागवत महायज्ञ पश्चात् सुचारु भएको कुरा भट्टराई गुरुआमा सँग भेटवार्तामा अवगत भयो । प्रकाश भट्टराई गुरु भने विद्यालयको कामकाजले घोराही बजार जानुभएको र साझै फर्कने कुरा जानकारी भयो ।
![]() |
| गुरुआमा भट्टराईका साथ श्रीमती एशोदाजी |
५. श्रीमती यशोदाले थोरै भएपनि आर्थिक सहयोग पितृमुक्तिहेतु चन्दा प्रदान गर्ने सदिच्छा अनुरुप रु.२००५/- आर्थिक सहयोग प्रदान गरियो ।
![]() |
| गुरुकुलमा पितृमुक्तिहेतु रु.२००५/- आर्थिक सहयोग प्रदान नगदी रसिद 🙏 |
श्रीमतीजीले केही आर्थिक सहयोग गर्ने सदिच्छा अनुरुप गुरुआमा भट्टराईसँग परामर्श गरि रसिद काटेर रु.२००५/- अक्षरेपि दुईहजार पाँच मात्र पितृमुक्तिहेतु आर्थिक सहायता प्रदान गरियो ।
६. घर फर्कने तयारीमा आउँदा आउँदै:
![]() |
| स्वनिवास "गृह"मा आई पुग्दा पुग्दै म 😀 |
नरेशजी बाईकमै फर्किनु भयो । हामी साथी कान्तुलालजीको घर मावि सौंडियारसम्म अटोमा आयौं । साथी कान्तुलालको मेडमजीले अनार, केरा, भुटेको मकै, चिया पानीले स्वागत गर्नुभयो । कान्तुलालजीले हाईस्कुल एकघण्टाको बाटो हिडेर नारायणपुर पढ्दा र तत्पश्चात साईकलमा महेन्द्र बहुमुखी क्याम्पस, घोराही, दाङमा अध्ययन गर्दाका र तहाँ सौडियार स्कुलमा पढाउँदा समेतका विविध बिषयमा भलाकुसारी भए । बडो आनन्दका साथ केही क्षण व्यतीत गरेपछि दिनको सवातिन बज्दा हाम्रो फर्कने बेला हुन लाग्यो । साथी र भाउजुले त्यतै वास बस्ने अनुरोध गरे पनि फ़ेरि कहिलेकाही बसौंला भन्ने कुरा राख्दै हामी विदा भयौं ।
![]() |
| घरमा आईपुग्दा पुग्दै श्रीमतीजी 💡 |
७. पुनश्च:
पुनः अटोको सवारीमा घोराही तर्फ प्रस्थान गरेउ । जबलपुर, बेसाही, सरराको रमणीय दृश्यावलोकन गर्दै करीब सातघण्टाको तीर्थस्थल दर्शनवाट फर्कियौ । नजिकको पावन पवित्र तीर्थक्षेत्रमा राष्ट्रिय पोशाक तथा टोपी दिवस २०८२ र अंग्रेजी नयाँ बर्ष 2026 का दिन पहिलो पटक पुग्दा गौरवान्वित भयौं । यहाँहरुपनि कदाचित जानुभएको छैन भने अनिवार्य पुग्नुस् जानुभएको भएपनि पितृमुक्ति श्राद्धादी आदि कर्मगर्न अवश्य पुग्नुस् भन्ने सद्भावनाका साथ पवित्र सरयुगंगा शिर बबई उत्तरबाहिनी सुख्वारको संक्षिप्त परिचयात्मक लेखनीका साथ विदा माग्ने अनुमति चाहान्छु । हवस् त धन्यवाद नमस्कार 🙏
✍️ वसन्तराज अधिकारी साथमा श्रीमती एशोदा सुवेदी अधिकारी
दाङ, घोराही उपमहानगरपालिका, पनौंरा ।








Comments
Post a Comment