प्यारी नातिनी घर काठमाडौ पुगिन् ।
![]() |
| हामी बुढा बुढी साथमा छोरी र नातिनी राझा विमानस्थल, नेपालगन्ज, बाँके |
छोरीकी छोरी हाम्री प्यारी नातिनी
यिनैले हाम्लाई बाजे बोई बनाईन ।।
पैंतालीस दिन पहिला मामा घर आईन
प्यारी नातिनी घर काठमाडौ पुगिन् ।।१।।
मामा घर दाङमा घरकी बुढी बोई
आमाको मामा घरका बाजे बोई ।।
घरमा मामा माइजू,काका बाजे बोई
फुपू बोई, मामा बाजे बोई र सानिमा बोईहरु ।।२।।
माया प्रेमले भेट्न मुख हेर्न आउने
सवै सबै आत्मीय जनहरुलाई सम्झदै ।।
मीठो माया प्रेमका लागि धन्यवाद दिदै
दाङ नेपालगन्ज देखि काठमाडौ उडिन् ।।३।।
आफ्नो सन्तान सन्ततिका साथ बोई
सहयोगका साथ आत्मीयता भावमा ।।
हाम्री सानी माया आमा र बोईको काखमा
सरर उडेर जहाजमा पुगिन् काठमाडौ शहरमा ।।४।।
यस्तै त हो मायाको संसार रंगमञ्च यो
नदेख्दा सम्म कहाँ हो ? को हो को हो ।।
देखे आफ्नो निकटतम स्नेह माया मोह
हुन पनि त हो सावाँको भन्दा व्याजको माया ।।५।।
बाई२ गरि बिदाईका हातहरु हल्लाउँदै
फर्के अब म पनि घर दाङ तिर फ़ेरि ।।
पुनः चाँडै भेट हुने अभिलाषा मन भरी
सदैव खुशी सुखी रहनु प्यारी छोरी, नातिनी ।।६।।
घरमा मलाई सुनो लाग्नेछ एक्लै बस्दा खेरि
मायाका मीठास पुर्ण क्षण सम्झदै घरीघरी ।।
अध्यात्मिक ज्ञान भक्तिमा डुबेर ह्रदय भरीभरी
सत् चित् आनन्द सच्चिदानन्द भक्तिमा रमाई ।।७।।
सान्दर्भिक तस्बिर र टिक्ट्क भिडियो संलग्न छन् ।
✍️वसन्तराज अधिकारी
राझा विमानस्थल, नेपालगन्ज
शुक्रबार ५ मंसिर २०८२

Comments
Post a Comment