अध्ययन मनन सदाचार स्वधर्म चिन्तन
अन्ततः यहि नै रहेछ सार्थक जीवन ।
✍️ वसन्तराज अधिकारी
पुम्दिकोट, पोखरा
सुखको खोजीमा सदैव रुमल्लिं रहँदै
अचेत सरि व्यतीत कति कति दिन ।
स्वयं आफै भित्र खोज न नियालिकन
कुदि कुदि बाह्य जगत संसार भ्रमण ।।
कहाँ मिल्थ्यो सुख सन्तोष परम शान्ति
जीवन तत्वसार आत्म परमात्म चिन्तन ।
मृगमरिचीका सरि जस्तैः भइ व्यतीत
खेर गैरहेछ व्यर्थ अमुल्य मानव जीवन ।।
कर्तव्य कर्म बन्धनका गह्रौं गह्रौं भारी
अथक भै बोकि फ़ेरि बिसाई वरि ।।
निवृत्त जीवन परमात्म ईश्वर चिन्तन
आनन्द अनुभुति अरु के छ हो लिन ।।
न दिन्छ धनले तृप्ति न दिन्छ सुख
बढीरन्छ तृष्णाको नमिठो कटु रस ।।
भोगका नसिला राग विस्मृत हुँदैगाछन्
धर्म अमृतवाणि स्मृतिमा आईराछन् ।।
तसर्थ सगौरव भन्दछु यो परमसत्य
अरु सबै नित्य रैछन् धर्म रैछ अनित्य ।।
अध्ययन मनन सदाचार स्वधर्म चिन्तन
अन्ततः यहि नै रहेछ सार्थक जीवन ।।
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
सोमबार जेष्ठ २६, २०८२ ।
Comments
Post a Comment