५९६. मुक्तिनाथधाम धार्मिक तीर्थयात्रा : एक संस्मरण २०८१

मुक्तिनाथधाम धार्मिक तीर्थ यात्रा : एक संस्मरण २०८१

श्री मुक्तिनाथ मन्दिरमा सम्धी सम्धिनीज्युहरुसँग 

१. यात्राको उद्देश्य र पुर्व तयारी :

तारकेश्वर नगरपालिका, काठमाडौंमा स्थायी बसोबास गर्नु हुने हाम्रा पूजनिय सम्धिनी सुनिता फुयाल पनेरू र पूज्य सम्धी श्री राजु फुयालज्युको संयोजकत्वमा  मिति २०८१ चैत्र २२ शुक्रबारदेखि ऎ. २८ गतेसम्म मुक्तिनाथ धामको यात्रा तय भयो । घर रेखदेख गर्ने घरमा बस्ने विद्यार्थी बाबुहरुको जिम्मामा छोडेर  हामी एकरात काठमाडौ तारकेश्वर नगरपालिका अन्तर्गत ठुलागाउँ छोरी विपनाका घरमा पुग्ने र तहाँ एकरात मात्र बसि भोलिपल्ट पोखरा हुँदै मुक्तिनाथ कागबेनी गई पितृ मुक्ति हेतु पुण्य दिन २०८१ को रामनवमीका दिन तीर्थ श्राद्ध गर्ने उद्देश्य मुताविक हाम्रो धार्मिक यात्रा तय भयो ।

काठमाण्डौंवाट मुक्तिनाथ यात्रा तयारीमा 

२. चितवन, कुरीनटार स्थित ईच्छाकामना मन्दिर दर्शन र खानपिन :

चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वार्ड नं. ४ कुरीनटार स्थित ईच्छाकामना मन्दिर मुल प्रवेशद्वारमा रामभक्त संकटमोचन श्री हनुमानजी, सीताराम, राधाकृष्ण, सिंहवाहिनी कालिका दुर्गामाता भगवती र देव ॠषि नारदको सुन्दर आकर्षक मुर्ति बनाईएको रहेछ । मन्दिरको भित्र परिषर अत्यन्त राम्रो आनन्ददायी वातावरण रहेको छ । ईच्छाकामना मन्दिरको दर्शन गरेमा सदिच्छा पूरा हुने विश्वास अनुरुप नामको सार्थकता रहेको छ । धर्म दर्शनले भनेको पनि छ - "ईश्वरले तिमी सोंच म पुराउँछु भन्नू हुन्छ" भन्ने कथन रहेको छ ।

यश स्थानमा यात्राको पहिलो बिसौनीमा सामुहिक भोजन गृहमा गरिने कार्यक्रम अनुरुप व्यवस्थापन पक्ष भोजनको तयारीमा जुट्यो । शौचालयमा लामबद्ध शौच पश्चात् कोहि नाचगान, कोहि मन्दिर दर्शन, कोही गफगाफ गर्न लागे म भने यहि समयको सदुपयोग गर्दै मोबाईलमा रिचार्ज र तत् पश्चात् मोबाईल डाटा लिएर युटुबमा भिडियो अपलोड गर्न थाले । यदि हजुरहरु पनि ईच्छाकामनाको प्रत्यक्ष दृश्यावलोकन गर्न चाहनु हुन्छ भने मेरो युटुब च्यानलको लिङ्क राखेको छु खोलेर हेर्न सक्नुहुनेछ ।

https://youtu.b/cLMT6Z7TTXE?si=17v4hyNnXQjgVd1L

३. पोखरा नगरिमा पहिलो वास  :

त्रिभुवन राजपथको बाटो लमजुङ, तनहुँ हुँदै साझ ७ बजे तिर पोखरा स्थित लेकसाईड होटलमा बास भयो । आरामदायी रूपमा एउटा कोठामा तीन चार जना पलंग अनुरुप यथोचित  बसाई ट्राभल सेवाले पुराएको थियो । भोलिपल्ट अर्थात् चैत्र २३ गते बिहानै करिव ५ बजेतिर हाम्रो मुक्तिनाथ तिर्थयात्राको बस पोखरावाट अगाडि बढ्यो ।

४. लुम्ले कास्की :

लुम्ले कास्की अन्नपूर्ण गाउँपालिका

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका अन्तर्गत वार्ड नं.६ लुम्ले जहाँ स्वास्थ्य शाखा, आयुर्वेद औषधालय रहेका छन् भने माथितिर गाउँ चारैतिर पर्वतमालाहरु रहेका छन् । तीर्थयात्रीहरुले याहा शौच गर्यौं । नेपालको सबैभन्दा बढी आकाशे वर्षा हुने स्थान लुम्ले हो जस्लाई नेपालको चेरापुञ्जी भन्ने तथ्य सामान्य ज्ञानमा पढिएको पनि थियो । रमाइलो, सानो बजार, चिसो ठाउँ, सरर हावा चल्ने हुँदा यो स्थान आनन्ददायी रहेको छ । यद्यपि मेरो याँहाको आगमन पहिलो पटक भने होईन बि.सं.२०७० सालमा नेपाल सरकार, राष्ट्रिय सूचना आयोगमा प्रशासकीय अधिकृत पदमा कार्यरत छँदा सूचनाको हक सम्बन्धि जिल्लास्तरीय कार्यशाला गोष्ठीमा आउँदा धादिङ, पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी जिल्लाको भ्रमण गर्दा एकरात बास समेत बसेकाले मेरो लागि नयाँ नभएपनि मेडमजी र अन्य आफन्तहरू समेतको लागि नयाँ स्थान भएकाले सबै रमाईरहेका थिए । सुन्दर दृश्यावलोकन गर्दै पहाडी बाटोमा हाम्रो तिर्थयात्री बस सेवा अगाडि बढ्यो । लुम्ले बजारको दृश्यावलोकनका लागि मेरो युटुबको संलग्न लिङ्क खोलेर हेर्नुस् --

https://youtu.b/Jm2tJW6XCVs?si=KX-gX3ZBegtK-gCH

५. पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार :

साविक धवलागिरी अञ्चल हाल गण्डकी प्रदेश अन्तर्गत नेपालको अधिकांश उच्च पदस्थ राष्ट्रसेवक कर्मचारी जन्माउने  पर्वत जिल्ला सदरमुकाम कुश्मा बजारमा एक क्षण बसियो । शिवालय चोक, स्वर्ग होटल रहेछ । यहाँ जिल्ला अस्पताल पनि नजिकै रहेछ । हामी आर्थर सुश्मिता खाजा घरमा चिया रोटी चिसोपानी पियौं । प्रत्यक्ष अवलोकनका लागि दिईएको युटुबको लिङ्क खोलेर हेर्न सक्नुहुनेछ ।

https://youtu.be/AGSF4qKrHlo?si=4Y5x61zSD3swQ5-u

६. कालीगण्डकी नदी तट म्याग्दी जिल्ला बेनीबजार :

कालीगण्डकी बेलिब्रीज मुस्ताङ 

कालीगण्डकीको किनार म्याग्दी बजारमा प्रहरी चेकपोस्टको अगाडि बस एकक्षण रोकियो । यहाँ रखाल पुस्तक प्लेट दाना, होटल, यति बेली बृज, कालीगण्डकीको रमणीय पुलको दृश्यावलोकन तलतिर बेनीबजार रहेछ । श्रीमती एशोदाजी बेली बृजमा हिडदै टिक्ट्क बनाईन बेनीको बजार जता माया उतै छ नजर……गीत गाउँदै रमाईन । भिडियो युटुबको लिङ्कमा दिईएको छ ।

https://youtu.be/Zh63bwC_KCs?si=4lETIhdke_xJ3kzd

७. तातोपानी कुण्ड (तप्त कुण्ड)

तप्त (तातो पानीको) कुण्ड म्याग्दी 

कालीगण्डकीको पुल तरेर अगाडि जाँदा केहि बेर पछि तातोपानी कुण्ड आईपुग्यौं । यहाँ स्नान गरेर शिवालयको जल पान गर्दा हरेक प्रकारका रोग नष्ट विशेष गरि चर्म रोग निको हुने विश्वास रहेको छ । यहाँ  आएपछि हाम्रो यात्रामा साथै आउनु भएका एकजना सम्धीज्युसँग कालीगण्डकीको तटमा गएर क्षौर कर्म अर्थात् केशमुण्डन गरेर तप्त कुण्ड अर्थात् तातोपानी कुण्डमा स्नान गरि तस्बिर, भिडियो बनाईयो । स्नान पश्चात् शिवालयमा भगवान् साम्ब सदाशिवको दर्शन गरि हाम्रो बस व्यवस्थापन पक्षले खानपिन गरि र नाचगान पनि गरि अगाडि बढियो ।

८. रुप्से झरना, म्याग्दी

रुप्से झरना म्याग्दीमा एशोदाजी 

बि.सं. २०४६/०४७ सालतिर लोक सेवा तयारी गर्दा बस्तुगत सामान्य ज्ञान प्रश्नोत्तरमा प्रायः सोधिने रुप्से झरना कुन जिल्लामा पर्दछ ? यहि २ नम्बरको प्रश्न जानेर कोही आजीवन जागीरे भए कोहि भने यहि नजानेर पाखा परे । आज त्यो रुप्से झरना प्रत्यक्ष अवलोकन गरेउ । याहाँ टिक्ट्क बनाउने ठिटाठीटिको निकै उल्लासपुर्ण सहभागीता रहेको थियो । हामी पनि यहि उल्लासमा रुप्से झरनाको नजिकमा चिसो चिसो सितल जलमा भिज्दै टिक्ट्क तस्बिर, भिडियो र सेल्फि लियौं ।  यहाँवाट अगाडि बढ्दै चैत्र २३ गतेको दोस्रो बास जोमसोम एयरपोर्ट नजिकै होटलमा बस्यौं । दक्षिण तर्फ गौरीशंकर र माछापुच्छ्रे हिमालको सुन्दर मनोरम दृश्यावलोकन किन्तु अत्यधिक चिसो भने थियो । बाक्लो ऊनी सर्ट र कोट पैन्टले पनि चिसो चिसो महसुस भैरहेको थियो । केहि अबेर खानपिन गरि सुत्यौ र बिहानै उठि कागबेनी - कालीगण्डकीमा तिर्थश्राद्धको लागि प्रस्थान गरेउ ।

रुप्से झरना म्यादीमा म 

९.  कागवेनी - कालीगण्डकीमा तीर्थश्राद्ध :

कागबेनी कालीगण्डकीमा तिर्थश्राद्ध पश्चात् 

कागबेनी कालीगण्डकीमा तिर्थश्राद्ध पश्चात् हामी 

मुस्ताङ मुक्तिनाथवाट निसृत कागबेनी नदी र दामोदर कुण्डवाट प्रवाहित कालीगण्डकी नदीको संगम स्थलमा कागबेनी तिर्थश्राद्ध पितृतर्पण पितृउद्धार कर्म मिति आइतबार चैत्र २४ रामनवमीका दिन बिहानै ६:३० बजे कागबेनीमा गरेउ । बस स्टप देखि अलिकति अगाडि कालीगण्डकीको किनारमा सम्धी सम्धिनीहरुसँग सामुहिक रुपमा स्वयं म पण्डितको भूमिकाको रुपमा सम्धीज्यु ब्राह्मणको रुपमा तिर्थश्राद्ध सम्पन्न गरि सिधासामा मन्दिरको पुजारीको जिम्मा दियौं । हाम्रो सान्निध्यमा आएका अन्य एकजनाको पनि पितृकर्म सम्पन्न गरियो । छ महिना कर्मकाण्ड पण्डित पढेको साकार गर्दा सुखद अनुभुति रह्यो । सम्धी सम्धिनीज्युहरु पनि खुशी हुनुभयो । त्यतिबेलाको तस्बिर, भिडियो मेरो मुक्तिनाथ तिर्थयात्राको मेटा फेसबुक एल्बममा साझा भएका पनि छन् । कागबेनी पुग्दै गर्दा एउटा संक्षिप्त झलक युटुब भिडियोको लिङ्क खोलेर हेर्नुस् -

https://youtu.be/f86fDaTfi24?si=MaOqhTsmYAGrhK1j

१०.  महान तिर्थस्थल मुक्तिनाथधाम दर्शन :

मुक्तिनाथ धाम दर्शन 

कागबेनीमा तिर्थश्राद्ध सकाई हामी महान तिर्थस्थल मुक्तिनाथधाम तर्फ अगाडि बढेउ । "जस्तो नाम त्यस्तै ठाम" भगवान् महाविष्णु श्रीमन् नारायण र साम्ब सदाशिव विराजमान रहनु भएको पावन धाम शब्दले वर्णन गर्न नसकिने रहेको छ तथापि बाल सुलभता वश यथाशक्य चित्रण गर्दैछु । बसवाट ओल्ह्लेर करिव सवाघण्टाको ठाडो नाके उकालोमा उक्लनु पर्दोरहेछ । अशक्त र बृद्धअबश्था भएका लाई चार जना मानिसले खटौलीको रूपमा बोकेर लैजाने र कसैलाई घोडसवारीमा लैजादों रहेछ । उकालोमा लेक लाग्ने हुँदा श्वासप्रश्वासमा केही सामान्य अवरोध भएपनि कसै कसैलाई भने जटिलता पनि हुँदोरहेछ । हाम्रो यात्रामा केहि मोटोपनले गर्दा सामान्य तकलीफ सम्धिनीलाई पनि भयो भने अरुलाई खासै समस्या आएन । मलाई भने मुक्तिनाथको उकालो पाईला राख्दै गर्दा पाँच बर्ष पहिला बि.सं. २०७६ इ.सन् २०१९ मा चाईनाको ग्रेटवालको झझल्को आईरहेको थियो । जाने बेला बाटोमा अपांग अशक्तहरुलाई केहि दान पुण्य गर्दै केहि फुलप्रसाद, चवर आदि किनेर अगाडि बढेउ । हुनत धूप बत्ति पूजासामा घरैवाट लिएर गएका थियौं । माथी पुगेर सर्वप्रथम प्रसिद्ध पावन १०८ धारा र कुण्डहरुमा स्नान गरेउ । स्नानको  भिडियो मेरो युटुव च्यानलमा अपलोड भै प्रशारित भैसकेको यसप्रकार रहेको छ -

१०८ धारामा स्नान श्रीमती एशोदाजी 

मुक्तिनाथको १०८ धारा र कुण्डमा चैत्र २४ गते रविवार रामनवमी २०८१ का दिनमा म वसन्तराज अधिकारी श्रीमती एशोदा सुवेदी अधिकारी, फुवाजु सम्धी कुमारप्रसाद भण्डारी, सम्धी राजु फुयाल, फुपू सम्धिनी श्री भगवती फुयाल भण्डारी र सम्धिनी श्री सुनिता पनेरु फुयालले स्नान गरेको अवस्थाको श्रव्य-दृश्य "भिडियो" रेकर्डिङ गरेको अवस्था  🕉️
#मुक्तिनाथ_१०८_धारा​ 🙏

https://youtu.be/Z0e4xQgOU7I?si=Xw21q0C9TJK-p3Pl

१०८ धारा र कुण्डहरुमा स्नान पश्चात् महाविष्णु श्रीमन् नारायणको मूलमन्दिरको लामबद्ध भै दर्शन गरेउ । यहाँ दर्शन गरिसकेपछि तस्बिर लिएर महान् शान्ति दूत भगवान् बुद्ध "अप्प दीपो भव" जहाँ भगवान् बुद्ध कहाँ भुगर्भवाट अखण्ड दीप ज्योति प्रज्ज्वलित भैरहन्छ दर्शन गरे पश्चात् हामी मुक्तिनाथ बाबा धामको दर्शन गर्दै ओरालो झरेउ । मध्याह्न भैसक्दा सम्म कुनै पनि प्रकारको खानपिन नहुँदा पनि शारीरिक र मानसिक रुपमा कुनै भोक प्यास र थकाइ थिएन । शरिरमा उर्जा मनमा आनन्द आएको थियो । हाम्रो बस तलै हुँदा हामी तलै झरेउ । मुस्ताङ झारकोट गाउँ खर्क माथी आएर हाम्रो बस व्यवस्थापन समुहले खानपिन दाल, भात, तरकारी अचार सहितको व्यवस्था गर्यो । यहाँ करिव चार बजेतिर खाना खाई पाँच बजेतिर हामी अब सरासर रातीको बास म्याग्दी आउने हिसाबले अगाडि बढेउ । राती करिब ८ बजेतिर म्याग्दी स्थित मदर लैण्ड होटलमा आई खानपिन गरि सक्दा भने दस बजिसकेको थियो ।

११.  गलेश्वर बाबाधाम - म्याग्दी

१००८ गलेश्वरबाबा धाम म्याग्दीमा फ़ोटोफ्रेमममा हामी  

अलौकिक गलेश्वरबाबा धाममा हामी 

म्याग्दी स्थित सुप्रसिद्ध १००८ ब्रह्मनिष्ट गलेश्वर बाबाधाम बिहानै ६ बजे तिर पुग्यौ । यहाँ मूल मन्दिर, १०८ शिवलिङ्ग समेतका अन्य देवदेवीहरुको दर्शन गरि तस्बिर लिई यहाँवाट अब सुप्रसिद्ध देवी भगवती  बाग्लुङ कालिकामा बिहान्  पुग्ने हिसाबले हामी अगाडि बढेउ ।

गलेश्वरधाम बाबा गौमातासँग 

म्याग्दी स्थित होटल मदरलैण्डमा हामी 

१२. बाग्लुङ कालिका मन्दिर- बाग्लुङ

बाग्लुङ कालिका भगवती मन्दिरमा हामी 

बागलुङ जिल्ला स्थित सुप्रसिद्ध बाग्लुङ कालिका भगवती आमाको दर्शन आजापूजा गरि याहाँ टिक्ट्क, भिडियो र तस्बिरहरु लिएर यहाँवाट कैया पुल पुग्ने हिसाबले हाम्रो यात्रा अगाडि बढ्यो ।

बाग्लुङ कालिका भगवती मन्दिर दर्शन पश्चात् 

१३.  बाग्लुङ र कुश्मा जोडने अग्लो कैया पुल

अग्लो झोलुङ्गे पुल कैया कटेज 

कुश्मा र बागलुङ जोडने सबैभन्दा अग्लो कैया पुल 

बाग्लुङ र पर्वत कुश्मा जोडने सबैभन्दा अग्लो कैया झोलिङ्गे पुल बनगाउँ र कैयापाटा दौडेर बनाईएको रहेछ । पहिलो पटक यश पुलमा हिड्ने मानिस डराउँछन मलाई भने वारपार गर्न सामान्य हिडाईमा ५ मिनेट  र दौडेर  २.५ मिनेट मात्र  लाग्यो । यसको प्रत्यक्ष भिडियो मेरो युटुब च्यानलको लिङ्क यसप्रकार रहेको छ -

https://youtu.b/HZP5bSf7muw?si=kd0gOQRvDsFPRl1Q

रातको बास पुनः पहिले बसेकै पोखरा लेकसाईड स्थित होटलमा फिर्ती सवारी भयो ।

१४. कुलदेवी माता बिन्ध्यवासिनी भगवती दर्शन :

कुलदेवी श्री बिन्ध्यवासिनीमा सम्धी सम्धिनीहरुसँग 

सम्धी सम्धिनी सँग शिव मन्दिर बिन्ध्यवासिनीमा

चैत्र २६ गते मंगलबार पोखरा स्थित लेकसाईड होटलमा स्नान, सन्ध्या गरि बिहानै बिन्ध्यवासिनी भगवतीको दर्शन गर्न गयौं । यहाँ लामबद्ध भै कुलदेवी बिन्ध्यवासिनीको पुजा गरि,दीप प्रज्ज्वोलन गरि शिव बाबा मन्दिर र अन्य मन्दिर देवी देवताहरुको दर्शन गरि तस्बिर, सेल्फि, टिक्ट्क भिडियो र सम्धी सम्धिनीहरुसँग ग्रुप फोटो फ्रेम समेत तयारी गरि सामान्य फुल प्रसाद उपहार समेत लियौं । कुलदेवी बिन्ध्यवासिनी माता भगवतीको परिषर दृश्य मेरो युटुबमा यसप्रकार सुरक्षीत छ । तल दिईएको लिङ्क खोलेर हेर्न सक्नुहुनेछ ।

https://youtu.be/2qfNUJnVugQ?si=kxH77wvVZ9cGn5Je

१५. फेवा ताल स्थित तालबाराही बिन्ध्यवासिनी भगवती मन्दिर दर्शन र डुङ्गा बिहार :

फेवातालमा डुङ्गा सरर……

अत्यन्त सुन्दर आकर्षक पर्यटकीय नगर पोखराको फेवातालमा सम्धी सम्धिनीहरु समेत अत्यन्तै रमाइलो मनोरञ्जन सहितको वातावरणमा डुङ्गामा सरर घुम्दै विचमा अवस्थित तालबाराही बिन्ध्यवासिनी मन्दिर मा गै लामबद्ध रुपमा दर्शन, दान पुण्य गर्दै माछालाई आहारा दिदै पुनः तस्बिर, सेल्फि, टिक्ट्क भिडियोमा समेत रमाउँदै फर्कियौं । मेरो युटुब च्यानलमा प्रशारित भिडियो यश प्रकार रहेको छ -

https://youtu.b/3703M9m4n1g?si=d_xs79ZvwsBPoJhz

१६. शिव बाबाधाम पुम्दीकोट पोखरा:

पुम्दीकोट डाँडाथोक चोक, पोखरा

शिवबाबाधाम पुम्दीकोट, पोखरा

चैत्र २६ गते मंगलबार  बिहानै हामी शिव बाबाधाम पुम्दिकोट पोखरामा पुग्यौ । विशालकाय देवाधिदेव श्रीमहादेव शिव बाबाको दर्शन चित्तआकर्षक र मनोरम रहेको छ । साथै अन्य देवी देवताहरुको ज्यादै नै आकर्षक उत्कृष्ट स्थापित रहेको छ साथै श्री गणेशजीले श्री महादेवलाई परिक्रमा गरिरहेको वल्लो तिर कार्तिकेय कुमार र माता गौरीको अत्यन्तै आकर्षक मुर्ति रहेको छ । यति राम्रो श्री महादेव निर्माण गर्ने भक्तलाई साधुवाद यहाँ पनि सेल्फि, तस्बिर, भिडियो र टिक्ट्कहरु मेटा फेसबुक एल्बममा साझा गरिएका छन् ।

पुम्दीकोट पोखरा मंगलकलशमा हामी 
ठुला सम्धी सम्धिनीसँग हामी 
सम्धी सम्धिनीसँग शिव बाबा साथ 

१७. गुप्तेश्वर महादेव मन्दिर दर्शन :

श्री गुप्तेश्वर महादेव गुफा, पोखरा

श्री गुप्तेश्वर गुफा भित्र 

श्री गुप्तेश्वर महादेव मन्दिर यश अघि चार बर्ष पहिला गएको भन्दा व्यवस्थित र धेरै भित्र सेती नदी र पातले छाँगो (डेभिड फल्स) समेत देखिने गरि बनाईएको रहेछ । आरामदायी रूपमा श्री गुप्तेश्वर महादेव मन्दिर भित्रको मेरो युटुब च्यानलमा संग्रहित भिडियो यश प्रकार रहेको छ -

https://youtu.be/tyqJ3cay90k?si=Ji06XL8ZGULXPDlD

यश प्रकार गुप्तेश्वरवाट आउँदा आउँदै हामी सम्धी सम्धिनीहरुसमेत, ट्राभल समेतको सहयोगीसँग अत्यन्तै हार्दिकता एवम् आत्मीयताका काठमाडौंको टोलीसँग पोखरावाट बिदाईका हात मिलाउँदै हामी घर दाङ, घोराही तर्फ फिर्ती सवार भै आयौं ।

१८. उपसंहार तथा निष्कर्ष :

पोखरावाट बिदाई हुँदै हामी 

काठमाडौंवाट हाम्रा सम्धी सम्धिनीहरु र हामीहरू ट्राभल बसका स्टाफ समेत करिब तीस जनाको समुहले अत्यन्तै सुखद र किफायतमै यात्रा गर्यौं । गाँस बासको यथोचित व्यवस्था बस स्टाफहरुले नै गरेका थिए । अन्त्यमा सबैलाई कृतज्ञता सहित हार्दिक धन्यवाद व्यक्त गर्दै तस्बिर, टिक्ट्क भिडियो मेरो मेटा फेसबुक र युटुब च्यानलमा प्रशारण गरेको भएपनि ब्लगको रुपमा ढिलै गरि करिब तीन महिना पश्चात् मात्र दिन र मन मिल्न गएकोमा ढिलाइ को लागि सबैसँग  क्षमाप्रार्थी छु । अत: यश धार्मिक तीर्थयात्रावाट हासिल  भएका केहि विशिष्ट उपलब्धी तपसिल बमोजिमको मुख्यत ५ वटा बुँदागत रूपमा केन्द्रित गर्दछु ।

तपसील :

१. कागबेनी मुक्तिनाथ धाम मा पितृउद्धार तीर्थश्राद्ध ।
२. बिश्वप्रसिद्ध मुक्तिनाथ धाम दर्शन ।
३. नयाँ ठाउँ दृश्यावलोकनको आनन्द ।
४.मनोरञ्जनात्मक रमाईलो यात्रा र
५. हितैषी आफन्तहरूसंगको अनौपचारिक प्रगाढ आत्मीयता ।

यिनै शब्दपुष्पका साथमा दशहजार+ शब्दब्रह्मवाट सुखद बिदाई  हुने अनुमती चाहन्छु ।

अप्प दीपो भव: 

धन्यवाद 🙏

लेखन : वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ ।
मंगलबार १३ जेठ २०८२ शुभम् ।

Comments