५९४. हामी दुईको वैवाहिक वार्षिक बर्षगाँठ । खुशीसाथ व्यतीत ३३औं बर्ष साथसाथ ।।

मेरो साथमा श्रीमती एशोदा अधिकारी 

हामी दुईको वैवाहिक वार्षिक बर्षगाँठ ।
खुशीसाथ व्यतीत ३३औं बर्ष साथसाथ ।। 


दुईहजार उन्चास साल तेईस बैशाख ।
परम्परागत रूपमा भयो मागी बिबाह ।।
अम्बिकेश्वरी मन्दिरमा रितिबिधि पुर्वक ।
शास्त्रीय विधिले  हिन्दु बिबाह गजब ।।

सासुआमा पद्मा बुबा दामोदर जेष्ठ पुत्री ।
जीवनसाथी श्रीमती एशोदा सुवेदीजी ।।
रोल्पा जिल्ला साविक खुङ्गी महेन्द्रीवाट ।
ल्याएको जीवन जिउने भनि साथसाथ ।।

तेत्तीसऔं वैवाहिक भो बार्षिक बर्ष गाँठ ।
खुशी साथ व्यतीत भए अन्तरंग साथ ।।
सन्तानको शिक्षा, वृत्ति  दाम्पत्य जीवन ।
पूर्णतः गरि गृहस्थमा बानप्रस्थ सरि मन ।।

बिहान नित्यकर्म स्नान सन्ध्या बन्दनादि ।
आमा साथ अम्बिकेश्वरी मन्दिरमा गई ।।
गौरी गणेश साथ शिव बिष्णु श्रीसुर्य देव ।
पूजा ध्यान जप तप सबै देव देवी दर्शन ।।

घरमा जन्मदाता आमासँग टीका लगाई ।
सहर्ष खुशी आनन्दसाथ आशीर्वाद पाई ।।
हामी दुईको वैवाहिक वार्षिक बर्षगाँठ ।
खुशीसाथ व्यतीत ३३औं बर्ष साथसाथ ।।

रचनाकार :
वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, सरस्वतीटोल, दाङ, नेपाल ।
मंगलबार २३ वैशाख २०८२ शुभम् ।

आमा र श्रीमतीको साथमा म 



Comments