५९३. हाम्रो नयाँ बर्ष २०८२ को हार्दिक शुभकामना साथ दुई थुँगा कविता

✍️ वसन्तराज अधिकारी
घोराही -१७ पनौंरा, दाङ ।


हाम्रो नयाँ बर्ष २०८२ विक्रम संवत्
स्वागतम् गर्दै  हरपल  हरघडी ।।

फ़ेरियो व्यतीत पुरातन साल ।
भित्रीयो घर आँगनमा नव बर्ष ।।
ॠतुराज वसन्तको आगमन ।
निरन्तर गतिशील समय कालचक्र ।।१।।

वन उपवनमा नयाँ नयाँ रंगीचंगी ।
पालुवाहरु सर्वत्र पलाउँदैछन् ।।
मयुर क्वैली डाँफे मुनाल पंन्छिले ।
स्वागतार्थ सुमधुर बोलाउँदैछन् ।।२।।

प्रकृति परिवर्तित स्वरुप  देखिदै ।
नुतन नयाँ रंगरुप चमक भर्दै ।।
ॠतुराज वसन्त पश्चात् उन्मत्त गर्मी ।
फ़ेरि आउँदैछ अब अघि बढदैं ।।३।।

पुराना पातहरु झर्छन् बनमा ।
पल्लवित  नयाँ पलाउँछन् ।।
कोलाहलमय शहर भन्दा शान्त ।
प्रकृतिमा प्राणी मस्त रमाउँछन् ।।४।।

भन्नलाई त सबैले भन्छन् पनि ।
अब नयाँ बर्षले हर्ष ल्यायो ।।
नयाँ नयाँ योजनाले रौनक खुशी र ।
उल्लास उमंग बहार भरपुर छायो ।।५।।

रुपमा हल्का परिवर्तन देखिएपनि ।
सारमा यहाँ  खास  के नै छ र ! ।।
उहीँ मान्छे उहीँ शहर प्रवृत्ति सोंच उहीँ ।
सुधार शुन्य जड मानसिकता भएसि ।।६।।

तथापि हातेमालो गर्दै मनाउँ अब ।
हाम्रो आफ्नै मौलिक नयाँ बर्ष २०८२ ।।
नयाँ बर्ष फ़ेरिएसँगै हल्का परिवर्तन ।
सूक्ष्म संकेत भने अवश्य  देखिन्छन्  ।।७।।

फ़ेरि आउने छैन कहिल्यै यो दिन ।
यहीँ क्षणलाई सम्हालौ अब रमाऔं  ।।
सालहरु त बर्षैपच्छे फ़ेरिनेछन् ।
आउँदै जाँदै निरन्तर  नयाँ बर्ष ।।८।।

केहि उद्देश्य ठोस अठोट केहि बाचा र ।
केहि दृढ संकल्प पूरा पनि गर्नु छ ।।
नयाँ बर्षको स्वागतार्थमा ह्रदयभरी ।
हर्ष र आनन्द सर्वत्र  वर्षा छर्नुछ ।।९।।

उषाको लालित्य माधुर्य धर्तीमा ।
दिवाकरको सुनौलो प्रकाश  किरण ।।
मुस्कुराउँदै छिन् धर्तीमा उज्यालो छाउँदै ।
सुरम्य नौलो नववर्ष अग्रगामी बिहान् ।।१०।।

बितेका बर्षको बाई२ बिदाई गरि ।
नयाँ बर्षको स्वागतमा खडा सबै ।।
धर्तीका हामी मानव जीव बनस्पति ।
जुरुक्क उठनु पर्दछ अब जुरमुराई ।।११।।

नयाँ बर्षले नयाँ नविन कल्पना  ।
कामना आशा उमंग सबै पूरा गरुन् ।।
हर्ष खुशीमै सबै जीव रमाउन सकुन् ।
दु:ख पिडामा अभावमा  कोहि नपरुन् ।।१२।।

अपेक्षा गरेजस्तो सबै कहाँ हुन्छ र ! ।
जस्तो करणी उस्तै भरणि हुने हो ।।
कुविचार कुकर्म कुमती कदापि नरही ।
सदैव रहोस्  सुमति सद्गती सद्मती ।।१३।।

प्रारब्ध कर्म र भाग्यको बलशाली ।
चक्रव्युह खेलमा समय बिताउँदै ।।
ॐ कारमा ब्रह्मा बिष्णु र शिव शक्ति ।
महिमा अपरंपार  भक्ति गाउँदै ।।१४।।

मनका मेटाई दुर्भावना बढाउँ सुभावना ।
कम्तीमा बिजाङ्कुरण सम्म गर्न सकुँ ।।
सदैव आत्म परात्ममा ईश्वरीय कृपा ।
अध्यात्मिक जागरण सदैव भर्न सकुँ ।।१५।।

सम्यक सदा सुखी भवेत मन्त्र धारण ।
अन्ततः विभेद भेदभाव मेटियोस् ।।
वरिष्ठतम् अन्तर्दृष्टि श्रेष्ठतम् दिव्यज्ञान ।
सत्पथ ज्योतिर्मय सुमार्ग भेटियोस् ।।१६।।

नहोस् वैमनस्य रिस राग कलह ।
नहुन् शत्रु बैरीहरु कहिल्यै  कुनै ।।
बढोत्तरी होस् साथी संगति सज्जन ।
यथेष्ट बढिरहुन्  सदा मित्रमण्डली ।।१७।।

नआउन रोग दुर्भिक्ष दुर्भाग्यपूर्ण कष्ट ।
संकट दैवीप्रकोप बिपत्ति कुनै पनि ।।
सदा सत् मंगल अभिवृद्धि सिद्धी होस् ।
शिव कल्याण बनोस् दिन प्रतिदिन ।।१८।।

वर्षा प्रचुर होस् खेतीपाती सप्रिउन् ।
धर्तीपुत्र किसान खुशीमा रमुन् ।।
राष्ट्रसेवक बर्ग कर्तव्यबोध सत् कर्ममा ।
सदा सर्वदा निरन्तर तत्परता भैरहुन् ।।१९।।

राज्य सरकार लोक कल्याणकारी बनुन् ।
सुशासन  सदाचार पद्धति बहाली गरुन् ।।
भ्रष्टाचार ढिलासुस्ती अकर्मण्यता हटाई ।
अर्थतन्त्र आत्मनिर्भर भै सुदृढ गरुन् ।।२०।।

बर्षौ बर्षसम्म थाती रहेका राज्यको अनिवार्य ।
कार्यजिम्मेवारी सबै क्षेत्रमा इमानदारीसाथ पूरा होउन् ।।
राज्य प्रशासन पद्धति रितिथिति अनुरुप ।
जनहित जनसेवा प्रवाहमा प्रतिबद्ध रहोस् ।।२१।।

आग्रह पुर्वाग्रह जेभएनि थातिरहेका कार्यहरू ।
यश बर्ष सुचारु भै प्रतिफल दिई पूरा होउन् ।।
राष्ट्रको समृद्धि स्थिरता र विकासको बाटोमा ।
सकारात्मक दिशा तर्फ अभिमुख होउन् ।।२२।।

राजनीतिक द्वेष, विद्वेष अन्तरद्वन्द्व न्यूनीकरण होउन् ।
आपसी सद्भाव साझा सहमतिमा अग्रगामी बनुन ।।
नीहित संकीर्ण स्वार्थ अहंकार भाववाट माथि उठदै ।
राष्ट्रिय राजनीतिको मुल मुद्दामा मुलप्रवाहिकरण बन्दै ।।२३।।

राष्ट्र राष्ट्रियता संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा ।
सबैको कार्यगत र भावनात्मक  अपनत्वको अग्रगतिमा ।।
नेपालीहरुमा सदा सुख शान्ति समुन्नति
छाईरहोस् सुखद दिनचर्या  बर्षैभरि ।
हाम्रो नयाँ बर्ष २०८२ विक्रम संवत्
स्वागतम् गर्दै  हरपल  हरघडी ।।


२. स्वागतम् गर्दछु लौ नयाँ बर्ष २०८२ ह्रदयमा खुशी भरि ।।


दुईहजार एकासि साल अब हामीवाट भयो विदा ।
स्वागत गर्न तयार छौ नयाँ बर्ष २०८२ लाई यता ।।
समीक्षा गरौं कसरी बिताईयो दुईहजार एकासि साल ।
योजना बनाऔं नयाँ  बिताउने उप्रान्त बयासी साल ।।
एक अर्थमा ॠतु परिवर्तन हो साल फ़ेरिने ।
बहु अर्थमा धेरै चिज बदलिन्छन् नयाँ बर्षमा ।।
व्यक्तिगत सामाजिक राष्ट्रिय अन्तर्राष्ट्रिय जीवन ।
स्वरुप संरचनात्मक परिवर्तन नयाँ साल फ़ेरिएसँगै ।।
अंग्रेजी नयाँ बर्ष पनि मनाईन्छ पुस महिनामा ।
विक्रम संवत् को आफ्नैं नयाँ बर्ष हुन्छ बैशाखमा ।।
धार्मिक अध्यात्मिक सरल जीवनशैली अपनाउँदै ।
नयाँ बर्षको स्वागतम् भन्दै उल्लास उमंगमा गीत गाउँदै ।।
सेवा निवृत्त  उप्रान्त स्वतन्त्र आनन्द साथ घरैमा बसी ।
स्वागतम् गर्दछु लौ नयाँ बर्ष २०८२ ह्रदयमा खुशी भरि ।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ
नयाँ बर्ष २०८२ ।

Comments