दरबार हत्याकाण्ड पश्चात् बैधानिक राजा वीरेन्द्रको श्राद्ध तर्पण गरिसके ।।
![]() |
✍️ वसन्तराज अधिकारी साथमा श्रीमतीजी |
राजतन्त्रको एकाधिकार रहेको पञ्चायती शासन परिवेशमा ।
राजा महेन्द्रले क्रान्तिकारी भुमिसुधार लागू गर्दै गर्दा ।।
बि.सं. साल २०२१ मा जन्मेको ऎले तीन बीस पुगेको म ।।
जागीरको कालखण्डमा भुमिसुधार अधिकारी पनि भए ।।१।।
मेरो प्रचलित नाम भने वसन्तराज अधिकारी हो ।
स्कुल पढ्दा महेन्द्रमाला हाईस्कुल पढदा पञ्चायत पढे ।।
राजा महाराजाका जन्म तिथिमिति शासन व्यवस्था ।
संविधान, कानुन दलविहीन पञ्चायती शासन पढे ।।२।।
रोल्पा र प्युठानमा शिक्षक छँदा कम्युनिस्टसँग संगत भयो ।
विश्व विद्यालय पढ्दा विश्व राजनीति र परिवेश पढे ।।
समाजवाद क्रान्ति कार्लमाक्स, लेनिन माओत्सेतुङ पढेर ।
प्रजातन्त्र लोकतन्त्र अब्राहम लिंकन महात्मा गान्धी बुझेर ।।३।।
सरकारी जागीर लोक सेवा पास गरि खाइयो हाकिम भैयो ।
दुईहजार सतचालिस सालमा निजामती सेवामा प्रवेश गर्दा भने ।।
प्रजातान्त्रिक संयुक्त सरकारका सन्तनेता कृष्णप्रसाद भट्टराई ।
प्रधानमन्त्री पदमा छँदा निजामती सेवा प्रवेश गरे ।।४।।
मेरो स्कुले अध्ययन पञ्चायत व्यवस्था छँदा उच्च शिक्षा प्रजातन्त्र ।
शिक्षक सेवा पनि गरे निरंकुश राजतन्त्र व्यवस्था छँदा नै ।।
निजामती सेवा प्रजातान्त्रिक कार्य अनुुुभव संघीय लोकतान्त्रिक व्यवस्थामा ।
प्रारम्भिक स्कुले अध्ययन राजतन्त्र उच्च शिक्षा प्रजातान्त्रिक व्यवस्थामा ।।५।।
उच्च शिक्षा अध्ययन मुलतः अर्थशास्त्र राजनीतिशास्त्र र कानुन ।
यहि क्रममा विश्व परिवेशमा अर्थ राजनीति कानुन पढियो ।।
सरकारी निजामती सेवामा स्थानीय देखि संघीय सरकारसम्म कामगर्दा ।
प्रयोगात्मक रुपमा राजनीति धेरथोर बुझियो पनि ।।६।।
मैले यति विधि स्पष्टीकरण बुझाईसकेपछी भने अब ।
राजनीतिको बारखरी नबुझ्ने निमछरो त हैन होला नि म ।।
तसर्थ मैले राजनेता भन्दा बढी राजनीति बुझेको पनि मान्दिन ।
किनकि सदैव म राजनीतिको सहायक भएर कामकाज गरे ।।७।।
अब तपाईहरु मलाई पक्कै यक्ष प्रश्नगर्नु सक्नु हुन्छ ।
तँ राजावादी होस् कि प्रजातन्त्र गणतन्त्रवादी ?? ।।
यो बिषयमा मैले मुख पेट खोलेर लेख्न बोल्नै पर्दैन ।
मेरा कविता वाट यहाँहरु स्वत: बुझ्न सक्नुहुन्छ ।।८।।
अहिले हामी सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिक हौं ।
यहि हो प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको विशिष्टता ।।
नेतृत्व पंक्ति तानाशाह बुर्जुवा भन्दैमा किन्तु व्यवस्थाको श्रेष्ठता ।
उत्कृष्ट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ।।९।।
निरंकुश राजतन्त्रात्मक व्यवस्था बारे अध्ययन गर्नुस् ।
अध्ययन चिन्तन राजनीतिशास्त्र तुलनात्मक अध्ययन गर्नुस् ।।
मेरो राय लिनु हुन्छ भने त म स्पष्ट भन्न सक्छु ।
दरबार हत्याकाण्ड पश्चात् बैधानिक राजा वीरेन्द्रको श्राद्ध तर्पण गरिसके ।।
📝 वसन्तराज अधिकारी
अधिवक्ता तथा पुर्व उपसचिव, नेपाल सरकार
#समय_सान्दर्भिक_कविता ।
Comments
Post a Comment