५८२. भारत, दिल्लीका दर्शनिय स्थल परिभ्रमण : एक झलक

भारत, दिल्लीका दर्शनिय स्थल परिभ्रमण : एक झलक 

लोट्स टेम्पल, दिल्ली, भारत 

छिमेकी मुलुक भारत जससँग हाम्रो भौगोलिक, आर्थिकसामाजिक, ऎतिहासिक, धार्मिक, सांस्कृतिक, राजनीतिक साथै परम्परागत  सम्बन्ध हिजो पनि थियो आज पनि छ र आउँदा दिनमा पनि अझै प्रगाढरूपमा रहिरहनेछ । अध्ययन, रोजगारी, पेशा व्यवशाय, धार्मिक तीर्थाटन, आर्थिकसामाजिक  सम्बन्ध, राजनीतिक भेटघाट  बिरामी हुँदा होस् वा अन्य कारणले दिल्लीमा आउने नेपालीहरूको संख्या एकिन तथ्यांक नपाईयता पनि दिल्लीमा बसोबास गरेका जनसंख्यामा न्युनतम दश पन्ध्र लाख नेपाली नहोलान् भन्न सकिन्न । हामी पनि यि मध्ये कुनै एक दुई कारणवाट भारतको राजधानी नयाँ दिल्ली परिभ्रमणमा आउँदा याहाँका प्रमुख निम्नलिखित दर्शनिय स्थलको सामान्य अवलोकन गर्ने र आम पाक दर्शकहरुको माझ सो को झलक प्रस्तुतिको अवसर मिलायौं । अब याहाँ परिभ्रमण गरिएका स्थानहरुको बुँदागतरूपमा संक्षेपमा चर्चा गर्दछु । मेरो यो आलेखवाट घुमिसकेका भन्दा पनि आगामी दिनमा घुम्न आउन चाहने नव आगन्तुक महानुभावहरुलाई उपयोगी हुनेछ भन्ने आशा एवम् विश्वास लिएको छु ।


परिभ्रमण झलक


१. बिडाला मन्दिर - 

बिडाला मन्दिर, दिल्ली 

लक्ष्मीनारायण मन्दिर, पंचमुखी महादेव, अण्डर ग्राउन्ड सब वे, गार्डेन पार्क, बुद्ध बिहार समेत रहेको यस स्थानमा मोबाईल, पर्स समेत लैजाने अनुमति रहेनछ । आफ्नो वैयक्तिक चिजबिजको व्यवस्थापन बाहिरै गर्नुपर्दो रहेछ ।

 
२. ईन्डिया गेट - 

ईन्डिया गेट, नयाँ दिल्ली, भारत 


चक्रपथ, भिभिआईपि एरिया, सुन्दर हरियाली मनमोहक पार्क, कला संग्रहालय (National Gallery of modern Arts), शाँहजहाँ रोड, पृथ्वीराज रोड हुँदै आम्स हस्पिटल (अखिल भारतीय आयुर्बिज्ञान संस्थान), वाट साउद दिल्ली, भिभिआईपि धनाढ्य टाटा बिडाला निवास यहाँ हाल गाडी भित्र लैजान र पार्किङ पनि छोटो समयको लागि मात्र हुँदोरहेछ ।


३. कुतुब मिनार

कुतुब मिनार, दिल्लीमा हामी


प्राचीन स्मारक, प्रतिव्यक्ति ४०/- रुपैया टिकट, हरियाली, उच्च मिनार, मनोरम दर्शनिय स्थल रहेको यहाँ घुमफिर गर्न, तस्बिर लिन र समय व्यतीत गर्न सहज रहेछ तथापि टिकट जाँच कडा नै गर्दोरहेछ ।


४. लोट्स टेम्पल : 

लोटस, टेम्पलमा म 


बहाई उपासना मन्दिर, बहापुर, कालकाजी, नई दिल्ली विश्वभरका बहाई धर्मावलम्बीहरुको
प्रभु!
यह वर दे कि एकता की
ज्योति सारी पृथ्वीको आप्लावित
कर ले और "साम्राज्य प्रभु का है"
यह भाव समस्त जनमानस और
राष्ट्रो के ललाट पर अंकित हो जाये ।
- बहाउल्लाह

 
५. राजघाट : 

राजघाट, महात्मा गान्धी, समाधिस्थल, दिल्ली, भारत 


"जो भरा नहि भावों से बहती जिसमे जलाधार नहिं व ह्रदय नहि पत्थर है जिसमे स्वदेशका प्यार नहि" अहिंसावादी आन्दोलन भारतीय स्वतन्त्रता संग्रामका एक महान हस्ती महात्मा गान्धी "बापु" अन्तिम समाधि स्थल, शान्त प्राकृतिक हरियाली  वातावरण, अखण्ड दीप प्रज्ज्वलन, सुरक्षा व्यवस्था कार्यालय रहेका छन् । यहाँ भित्र गान्धीजीको समाधिस्थल दर्शन गर्ने, सेल्फि तस्बिर लिने अधिकांश नौजवान केटाकेटीहरु जुन भारत र अन्य मुलुक विदेशवाट आएकाहरु सबै देखिन्थे ।

६. लालकिला : 

ऎतिहासिक, लालकिलामा हामी 


पुरानो दिल्ली मुगल कालिन राजधानी पुरानो दिल्ली स्थित लालकिला ठुलो क्षेत्रफलमा फैलिएको ऎतिहासिक स्थल रहेको छ । अव्यवस्थित भाडाका सवारी पार्किङ र चर्को शुल्क वसुल्ने प्रचलन, अव्यवस्थित रहेको भए तापनि लालकिला हेर्न लायक रहेको छ ।

रोहिणि सेक्टर नं ५ रिठाला सोमबजार वाट बिहान् १० बजेदेखि बेलुकी ५:०० बजेसम्म उपरोक्त महत्वपुर्ण स्थानहरुको अवलोकन तथा परिभ्रमण गरियो । पारिवारिक भ्रमण आनन्ददायी रह्यो । कार चालक नीतिनजीको सहयोगमा आरामदायी तथा अविस्मरणीय सुखद यात्रा रह्यो । छोटो यात्राका क्रममा कैद गरिएका तस्बिर र लघु  भ्लग तथा भिडियो यसै साथ समावेश गरिएका छन् । लेखाई स्वअनुभव अनुभुति भएकाले कमिकमजोरी अथवा न्यूनाधिक भए विज्ञजनहरुवाट सुधारको अपेक्षा गर्दछु ।
धन्यवाद 🙏


✍️ वसन्तराज अधिकारी
दिल्ली, रोहिणि, सेक्टर नं. ५ रिठाला, भारत ।
मंगलबार, असार १८, २०८१ तदनुसार July 2, 2024 A.D.

Comments