५८१. समयमै मनसुन मेघ वृष्टि पर्याप्त गराएर देउ मानव जीवनलाई आधार त्राण ।।

✍️ वसन्तराज अधिकारी
@ तुलसीपुर, दाङ ।

समयमै मनसुन मेघ वृष्टि पर्याप्त गराएर देउ मानव जीवनलाई आधार त्राण ।।


जलवायु परिवर्तनको दुश्प्रभाव 

शुन्य बर्षा सर्वत्र सन्त्राश मानव जीवन ।

उष्णताले व्याकुलता बढाएको के यो मरुभूमिकरण को हो लक्षण ?? ।।

बारीमा मकै बाली नउम्रदै बिज सुके सुख्खा जर्जर जताततै  आर्तनादको । 

खेतमा बिउ व्याड राख्न नपाए किसान र खेतीपातीको अवस्था के हुन्छ हो ? ।।

शैक्षिक प्राज्ञिक संस्था समेत बिदा भएका छन् गर्मी तप्त प्रचण्ड उग्र बढ्दैछ ।

पानीका मुल सुकेर मानिसको जीवन झन झन संकष्ट उन्मुख बन्दैछ ।।

जल देवता बरूणदेव, स्वर्ग सम्राट हे इन्द्र देव ! कैलाशपति हर ! हर !! महादेव ।

समयमै मनसुन मेघ वृष्टि पर्याप्त गराएर देउ मानव जीवनलाई आधार त्राण ।।

✍️ वसन्तराज अधिकारी
@ तुलसीपुर, दाङ
शनिबार, मिथुन संक्रान्ति/ विश्व अग्रज दुर्व्यवहार विरुद्ध दिवस २०८१ शुभम् । 

Comments