५८०. आमाले राखिदिएको मेरो नाम वसन्त

आमाले राखिदिएको 

मेरो नाम वसन्त ।

✍️ वसन्तराज अधिकारी 

वेदमा प्रथम अक्षरको ।
समान छ मेरो नाम ।
तसर्थ पुराणमा ज्ञान ।।
वेदान्त उपनिषद्मा ।
तत्वद्रष्टा महर्षि ।।
दर्शनमा प्रत्यक्ष प्रमाण ।
अपौरुषेय गुढज्ञान ।।
ॠतुहरुको राजा ।
ॠतुराज वसन्त ।
चराचर जगतमा व्याप्त ।
सनातन व्यष्टी र समष्टी ।।
श्रीमद्भागवत गीतामा ।
म नै त हुँ श्रीकृष्ण ।।१।।


म स्वामी श्रीमतीजीको ।
अभिभावक परिवारको ।।
सन्तान बाबुआमाको ।
इष्टको निकट आफन्त ।।
स्वजनको सह्रदयी मित्र ।
पुर्व कर्मचारी राज्यको ।।
पुर्व हाकिम सेवाग्राहीको ।
निवृत्त निजामती सेवाको ।।
यथार्थमा मेरो परिचय के हो ?? ।।२।।


बाबू स्व. बलदेव प्रसाद ।
मेरी आमा भावना ।।
पाँच भाइबहिनी मध्येको ।
जेष्ठ सुपुत्र बाबुआमाको ।।
श्रीमतीजी हुन् यशोदा ।
छोरा एक छोरी एक ।।
जन्मस्थल मजगैं दाङ ।
कर्मभूमि नेपाल देश ।।
हाल स्थायी बसोबास ।
घोराही १७ पनौरा ।।३।।


सामान्य नागरिक म ।
लौकिक पहिचान ।।
छैनन् केही विशिष्ट ।
सांसारिक पद नाम ।।
न सञ्चित छन् पुण्य ।
न क्यै छन् पाप ।।
स्वर्ग नर्क थाछैन ।
आखिर पृथ्वी वास ।।
एक्दिन सबैले मर्नुपर्छ ।
यहि महत्तम तत्व-ज्ञान ।।४।।


वस+अन्त वसन्त ।
सार्थक पहिचान ।।
जीउने स्वाभिमान ।
नामै त हो महान ।।
हिजोआज छ्द्मनाम ।
क्यै छैन स्वपहिचान ।।
अंग्रेजी रवाफ आडम्बरी ।
गर्दै हल्का देखासिखि ।।
समाज अस्तित्व बिहिन ।
संस्कृति प्रतिभा पलायन ।।
परसंस्कृति ग्रहण ।
उफ !अर्थन बर्थका ।।
राखी व्यर्थ नाम ।
कसरी होला स्वपहिचान ?? ।।५।।


मायामा वसन्त बाबू ।
आत्मीयतामा वसन्ते ।।
सम्मानमा वसन्तजी ।
हाम्री महान विदुषी ।।
अध्येता साहित्यानुरागी ।
आमाले राखिदिएको ।
मेरो नाम वसन्त ।।६।।


✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका दाङ ।

Comments