५७९. साठी बर्ष टेकेर अब भएँ म जेष्ठ नागरिक ।

साठी बर्ष टेकेर अब भएँ म जेष्ठ नागरिक ।

आमाको साथमा म र श्रीमतीजी 
  

जन्मदातृ ममता मयी जननी प्रेम मातृरुप ।
कृतज्ञता पिताश्री हजुरको भएर वंश बिज ।।१।।

सम्झन्छु स्वच्छन्द आनन्द प्रेमील वात्सल्यता ।
मातापिताको असीम अपार स्नेह  प्रेम ममता ।।२।।

बहिनी भाइ घर गाउँको ताजा स्मृति आउँदा ।
शान्ति सानन्द अतीत स्वप्ना सरि पाउँदा ।।३।।

शुन्य सरि संसारमा घुम्दै एक वृत्तचित्रमा ।
आमाको गर्भवासवाट जन्मी धरा धर्तिमा ।।४।।

मानव जीवन यो उत्तम जन्म सार्थक हो ।
इश्वर चिन्तन संसार भोग सुख ऎश्वर्य को ।।५।।

कोर्दैछु आज म केही हरफ स्वअनुभव ।
भोग्नुपरेका जीवनमा दु:ख सुख आजतक ।।६।।

पन्ध्र बर्षसम्म भयो मेरो सानिध्य पिताश्रीको ।
आशीर्वाद सदा मिल्दैछ जीवन पर्यन्त जस्को ।।७।।

पिता ज्ञान माता सत्य धर्मपत्नी शान्ति सुख ।
चलिरहेकै छ नश्वर संसार बनेर नित्य जीवन्त ।।८।।

आफ्नै जीवन कथा कालजयी स्वयं भुक्तानी ।
कर्मशील तीन बीसको संघर्ष जीवन कहानी ।।९।।

सुन्दर  रमणीय दाङ मज्गैं मेरो जन्मस्थल ।
सम्झि अतीतका तिलस्मि ति दिन झल्झल ।।१० ।।

अनगिन्ती भोगाइ बिस्मृत हुँदैछन् सूक्ष्म सम्झना ।
पानीको फोका जस्तैः नश्वर मानव जीवन ।।११।।

शिशु बालक किशोर वय जवानी रसरंग उमंग ।
प्रौढ हुँदै फ़ेरि बृद्धअबश्था भोगाइ सत्संग ।।१२।।

सकिन्न जीवन लेख्न सम्पुर्ण कथा सचित्र ।
ढाकिएका छन् लेखान्त कथा ह्रदय भित्र ।।१३।।

कोपिलावाट फुलेर फुल अन्ततः फक्रेर झर्दछन् ।
त्यस्तै हो मानव जीवन भोग सकि मर्दछन् ।।१४।।

जन्म र मृत्युु जीवन भोग चार दिनको सुकृति ।
भोग पश्चात् आखिर हुन्छ संसार निवृत्ति ।।१५।।

झल्झली उहीँ गाउँ घर वालपन आउँछन् याद  ।
प्रिय गाउँ ठकुरी चौधरी बालसखा साथ ।।१६ ।।

पत्रे हापुर खोला बीचमा सानो मज्गै गाउँ ।
साविक मानपुर पञ्चायत प्यारो मज्गाउँ ।।१७।।

जिमिन्दारको कर्मचारी हुनुहुन्थ्यो बुबा हजुर ।
बुबाको नोकरीले चल्थ्यो हाम्रो घरव्यवहार ।।१८।।

जेठो छोरो आमाले राखिदिएको वसन्त मेरो नाम ।
राष्ट्रसेवक भएर वित्यो मेरो जिन्दगी तमाम ।।१९।।

घरमा आमावाट साक्षरता शिक्षा ठूलो बर्णमाला ।
प्राथमिक विद्यालय दुधरासको पाठशाला ।।२०।।

योगी नरहरिनाथसँग बेलझुण्डीमा पढियो ।
काजीका छोरा नातिसँग सहपाठी भइयो ।।२१।।

घर गाउँमा खेल्नु रमाउनु थियो मेरो वालापन ।
स्वच्छन्द आनन्दको थिए ति स्वर्णिम दिन ।।२२।।

गुच्चा डण्डीवियो रुखमा छुत खेलेर रमाउँदै ।
'दाङकोघारी बबईपारी' गीत नाच्दै र गाउँदै ।।२३।।

निम्नमाध्यमिक बिद्यालय शिक्षा भयो तेघरामा ।
ममता प्रेम वात्सल्य बाबुआमाको काखमा ।।२४।।

सुन्दर सुखद मिठास पुर्ण आनन्द गौरव दिन ।
खानु, खेल्नु र पढ्नुमा निमग्न भै तल्लीन ।।२५।।

प्रारम्भिक दिनका थे साथी फटाह र बदमाश ।
आफू सरल सिधा हुँदा पनि दिन्थे अत्याश ।।२६।।

माध्यमिक शिक्षा लिए जल्हौरा नारायणपुर ।
यहि बेला थियो राजनीतिक द्वन्द्व र विद्रोह ।।२७।।

बुबा स्वर्गवास हुनु भै पढाइ भयो अस्तव्यस्त ।
सम्हालेर अघि बढ्दै हटाउँदै दुर्भाग्य दु:ख ।।२८।।

साना साना भाइ बहिनी र आमाको साथमा ।
जेष्ठ पुत्रको रूपमा जिम्मेवारी स्वकर्तव्यमा ।।२९।।

किशोर वयमा गुमाउनु पिता कालो बादल छायो ।
सत् संकल्प दृढ निश्चयले  नयाँ दिन उदायो ।।३०।।

स्वयं कर्ता स्वयं भोक्ता जगत् हुन् भव बन्धन ।
प्रवृत्ति पथ अन्ततः सुखद निवृत्तका दिन ।।३१।।

हिजोका दु:खका दिन आज सम्झी रोमाञ्चक ।
गहिरो भावमा डुब्दा बन्छ सदैव सुखान्तक ।।३२।।

खेतीपाती गरि परिवारजनको बनेर संरक्षक ।
नैतिकता चरित्र शिक्षा आमाको थ्यो गौरव ।।३३।।

युवावस्था छँदा गरे खेतीपाती किसानी र शिक्षक ।
प्रारब्ध नियति सँगै भोग्दै दु:ख सुखान्तक ।।३४।।

रोल्पा धाङसी र प्युठान सिमलचौर मा शिक्षक ।
हाईस्कुल दिन पुगे भारत प्रवास बनारस ।।३५।।

बाउन्न हण्डर त्रिपन्न ठक्कर खाई चवन्न घुस्सा ।
आफै भित्र स्वजागृति खुलि नेपालकै शिक्षा ।।३६।।

महेन्द्र बहुमुखी क्याम्पस दाङ जब पढदै थिए ।
लोक सेवाको प्रतिस्पर्धामा खरो बनी उत्रिए ।।३७।।

लेखापालको जागीर सँगसँगै पढाई भो निरन्तर ।
तपस्या जस्तैः गरि विते ति जवानीका रहर ।।३८।।

राष्ट्रसेवा राज्यको सिंदुर गरिमा  पहिरिएर ।
राज्यरुपी भवन जगमा एउटा ढुंगा राखेर ।।३९।।

जब सम्झन्छु अतीतका दिन संघर्षका सिर्जना ।
नहुने त क्यै छैन् लिए अठोट सत् साधना ।।४०।।

क्रान्तिकारी सिपाही झै थ्यो उमंग जोश र जाँगर ।
मिठो स्वादिलो फ़ल आफ्नै पाखुरीको भर ।।४१।।

सुब्बा पास संगै वैवाहिक जीवन प्रारम्भ भो ।
सुदुर पश्चिम डोटी र दिपायल यात्रा भयो ।।४२।।

भाषा संस्कृतिको धनी सुन्दर सुदुर पश्चिम ।
नव विवाहित भ्रमण थियो आनन्दका दिन ।।४३।।

डोटी दिपायल बझाङ र अछाम मंगलसेन ।
दिपायल र सबै जिल्ला घुम्दै सुदुरपश्चिम ।।४४।।

घटाल बाबा जगत् जननी माता त्रिपुरासुन्दरी ।
दिल्पेश्वर श्रीमहादेव घटाल घुमेर शैलेश्वरी ।।४५।।

बित्दैथे सेवा र अध्ययन यात्रा तपस्या सरि ।
सुखद क्षण थे पवित्र ह्रदयले राष्ट्रसेवा गरि ।।४६।।

उपत्यका सरुवा अध्ययन र वृत्ति बढोत्तरी ।
नित्य सतत् संघर्षले उच्च शिक्षा पुर्ण गरि ।।४७।।

पारिवारिक जिम्मेवारी राज्यको कामकाजमा ।
व्यतीत हुन्थे दिनरात अध्ययन वृत्ति पथमा ।।४८।।

श्रीमतीको साथ सहयोग हौसला रह्यो निरन्तर ।
कर्तव्य कर्म साथ स्वजागृत गरि अभ्यन्तर ।।४९।।

फ़ल लागे परिश्रममा भयो उद्देश्य सार्थक ।
जीवन भर कहिल्यै भैन निरुदेश्य निरर्थक ।।५०।।

बसाई कीर्तिपुर  सन्तानलाई शिक्षित बनाई ।
निजामती अधिकृत भएर वृत्ति पथ बढाई ।।५१।।

उपत्यका भित्रै भो जागीर पारिवारिक सुखद ।
करिब दुई दशक वित्यो उपत्यका भित्र ।।५२।।

हाकिम भै दाङ डडेल्धुरा बाँके र बर्दिया घुमि ।
सेवावधि पुर्ण भयो व्यतीत जागीर जीवनी ।।५३।।

धेरै छन् संस्मरण सकिन्न लेखेर लेखिन ति ।
चल्छन् सुखदुःख भोगाई जीवन गति ।।५४।।

छोटो जीवनमा अविस्मरणीय लामो सम्झना ।
व्यतीत कालातितका सुखद मिठा सम्झना ।।५५।।

निजामती यात्रा सल्यान देखि सिंहदरबार सम्म ।
अनिवार्य अवकाशप्राप्त भइ सेवा निवृत्त ।।५६।।

दाङ घोराही नगरी स्थित स्थायी बसोबास गरि ।
सन्तोषी बनि व्यतीत बाँकी जीवन भरी ।।५७।।

ज्ञान मुलं सदा नित्यं सन्तोषम् परम सुखम् ।
शाश्वत सत्यम् सदा सर्वदा शिव सुन्दरम् ।।५८।।

छोडेर तृष्णा गरि हरि भजन बानप्रस्थ सरि ।
सञ्चित कर्म फ़ल बाहेक के छ लैजानु मरि ।।५९।।

अन्ततः  कर्तव्य कर्म बन्धनवाट भएर निवृत्त ।
साठी बर्ष टेकेर  अब भए म जेष्ठ नागरिक ।।६०।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
सन्दर्भ : ६० औं हिरक जन्मोत्सव २०८० को अवसरमा रचित र स्ववाचन ।

मेरो ६० औं जन्मदिनको अवसरमा (चैत्र ५, २०८०) का दिन शुभकामना दिने र सहभागी हुनु हुने शुभेच्छुक महानुभावहरु नामनामेसी ।

(ख) प्रत्यक्ष घरमै उपस्थित सहभागीहरु

१. आमा भावना अधिकारी
२. स्वयं म वसन्तराज अधिकारी
३. श्रीमती यशोदा अधिकारी
४. बुहारी सुप्रिया आचार्य अधिकारी
५. ठुली बहिनी श्री बालिका अधिकारी
६. जुवाई श्री नमराज न्यौपाने
७. माहिली बहिनी श्री मधु अधिकारी ज्ञवाली
८. भाइ बुहारी श्री मालती अधिकारी
९. भाञ्जी श्री अञ्जु पन्थी
१०. भाञ्जी ज्वाइँ श्री रुद्र पन्थी
११. नाति श्री अरुसन पन्थी
१२. भाइ नवराज सुवेदी
१३. बुहारी श्री सुभद्रा सुवेदी
१४. छोरा श्री शाश्वत सुवेदी
१५. छोरा श्री बेनुप अधिकारी
१६. साला बहिनी श्री पुजा शर्मा सुवेदी
१७. बाबू भदा श्री वेदांस सुवेदी
१८. नानी भदैनी श्री बान्भी सुवेदी
१९. सहयोगी श्री सुस्मिता चौधरी
२०. साला भाइ श्री कृष्ण केशव सुवेदी
२१. नानी सुश्री निरुता शर्मा
२२. छोरा श्री विष्णुभक्त भट्टराई
२३. नातीनी सुश्री सुविधा भट्टराई
२४. दिदी श्री दामा शर्मा ।

(ख) जन्मदिनको केक तथा स्पेसल उपहार सौजन्य छोरा श्री विशेष अधिकारी हाल: जुगल गाउँपालिकाय सिन्धुपाल्चोक लाई विशेष धन्यवाद

(ग) श्री नरदेवी माध्यमिक विद्यालय, तेघरा, दाङ जहाँ मैले बि.सं.२०३१ देखि २०३४ सम्म कक्षा ४ देखि ७ कक्षासम्म नि.मा.वि. तह उत्तीर्ण गरेको थिए । सो बिद्यालयमा पुर्व प्रथम विद्यार्थीको हैसियतले जेहेन्दार तथा गरिब विद्यार्थी सहायतार्थ कल्याणकारी कोषमा रु. १,००५/- स्थापना गरिदिने आत्मीय सहोदर भाइ सोही बिद्यालयका मा.बि. गणित शिक्षक श्री बाबुराम अधिकारीजी प्रति कृतज्ञता सहित सहर्ष हार्दिक धन्यवाद ।

(ग) मोबाईल फोन, म्यासेज, ह्वाट्स्याप्प, फ़ेसबुक, मेसेन्जर आदि समेतवाट
१. इन्जिनियर सुश्री सरिता चन्द हाल: अमेरिका
२. सम्धी श्री बाबुराम आचार्य, हरिपौरा, तुलसीपुर
३. छोरी बिपना अधिकारी फुयाल हाल: तारकेश्वर, काठमाडौं
४. जुवाई श्री रोहित फुयाल हाल: डकाहा, सिन्धुली
५. छोरा विशेष अधिकारी हाल : जुगल गाउँपालिका, सिन्धुपाल्चोक ।
६. सम्धिनी सुनिता पनेरु फुयाल, हाल काठमाडौं
७. सुश्री संस्कृति घिमिरे, हाल घोराही, दाङ
८. नारायण सुवेदी हाल: काठमाडौ
९. केशवराज गौतम & शारदा सुवेदी गौतम हाल: काठमाडौं
१०. कृष्ण केशव सुवेदी हाल: दाङ
११. बिश्वास निरौला
१२. लोकेश जोशी हाल: काठमाडौं
१३. मिलन रेग्मी राजापुर, बर्दिया ।
१४. पवित्रा रेग्मी र साथीहरू घोराही, पनौंरा
१५. समृद्धि शर्मा न्यौपाने
१६. छोरी किरण अधिकारी हाल: काठमाडौं ।
१७. साली सरस्वती सुवेदी न्यौपाने हाल: तुलसीपुर
१८. भाञ्ज श्री केशव गौतम, रझेना, दाङ
१९. साला श्री एकराज सुवेदी, तुलसीपुर
२०. श्री तेजबहादुर घर्ती
२१. जुवाईं श्री युवराज ज्ञवाली, घोराही
२२. श्री बिबिसी लोहती
२३. श्री केशव काफ्ले, राजापुर, बर्दिया 
२४. श्री हरि राना, राजापुर, बर्दिया
२५. पोखरेल, लोक
२६. चक्रमणी लोहती
२७. श्री प्रभात शाह
२८. श्री चेतन चन्द
२९. श्री किशोर डाँगी
३०. निलम बि.के.
३१. श्री लक्ष्मी चौधरी
३२. श्री पुनाराम चौधरी
३३. श्री पुर्णिामा शाह चन्द
३४. श्री रिना चौधरी
३५. श्री दिलबहादुर चौधरी
३६. श्री कमल चौधरी
३७. श्री नवराज शर्मा
३८. श्री मीलन रेग्मी
३९. श्री बालकृष्ण सुवेदी
४०. श्री विवेक अधिकारी
४१. श्री विनय थारु
४२. श्री शोभा शाह
४३. श्री सीता थारु
४४. श्री शादाब सिद्धिकी
४५. श्री कविता देवकोटा
४६. श्री बिष्णु ज्ञवाली
४७. श्री इन्द्र कुश्मी
४८. श्री उमेर टेर
४९. श्री रुपा परियार
५०. श्री खेमराज चौधरी
५१. छोरी श्री किरण अधिकारी, ५२. सम्धी श्री राजु फुयाल, ५३. भाञ्जी श्री अनुपम ढुंगानालाई भिडियो कलका लागि विशेष धन्यवाद
अन्त्यमा
(घ) माथी उल्लेख भएका उल्लेख हुन छुट भएका सम्पुर्ण नातेदार र शुभेच्छुक महानुभावहरुमा हार्दिक धन्यवाद ।

Comments