५७८. आफ्नै स्वदेश मातृभूमि । बसि सदा गरौ गौरव ।।

आफ्नै स्वदेश मातृभूमि ।
बसि सदा गरौ गौरव ।।  

✍️ वसन्तराज अधिकारी साथमा श्रीमती यशोदा अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल । 

एउटा छोरा अमेरिका ।
छोरी छिन् अष्ट्रेलिया  ।।
गोप्तेकाजी जस्ता मान्छे ।
देख्दा लाग्छ माया ।।
विदेशीको जुठो पूरा खाइ ।
दास नभै नबाँच्ने ।।
अझ उनै ठुल्ठुला गफ दिंदै ।
गुड्डडी डिक हाक्ने ।।
जहाँ जन्म्यो हुर्को बढ्यो ।
आफ्नै मातृभूमि प्रति ।।
किन् यति सारो बन्दै गैराछन् ।
कृतघ्न अभागी सन्तति ।।
कस्तो शिक्षा संस्कार हाम्रो ।
अपनत्व स्वत्त्व छैन् ।।
विदेश पलायन भगौडालाई ।
के होला र सुख चैन ।।
प्रकृतिको अनुपम छटा ।
शान्ति स्वान्त सुख ।।
आफ्नै स्वदेश मातृभूमि ।
बसि सदा गरौ गौरव ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शनिबार, फागुन २६, २०८० शुभम् ।

Comments