५७६. सिरक ओढाएर लमतन्न माघको ढुँडी ।।

सिरक ओढाएर लमतन्न माघको ढुँडी ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

बिहान् उज्यालो सँगै उठेदेखि
मध्यान्ह कालको समयसम्म ।
धर्ती र आकाश लमतन्न ढाकेर
हल्का ढुँडी सेतो बादल जस्तैः ।।१।।

चिसो सीतका थोपा तप्प तप्प
झर्दैछन् बादलका गर्भगृहवाट ।
अत्यन्तै कठ्याङ्ग्रीने चिसो बुँद
पृथ्वीको काखमा माघको ढुँडी ।।२।।

बनस्पति अन्नबालीमा त्राण भर्दै
घनिभुतरुपमा बढोत्तरी हुँदैछ ।
हिउँदे वर्षा पनि भएन यस्पाली
मुर्झाएका जस्तै छन् बोटविरुवा ।।३।।

शहरीकरण तीव्र बढ्दै गैरहेका छन्
बजारका मोफसलका ठामहरु ।
खेतीपाती त वैदेशिक रोजगारी छन्
आईमाई केटाकेटी घरमा छोडेर ।।४।।

जागीरे अवकाशप्राप्त निवृत्त जीवन
घोराही साविक हरिद्वार हाल पनौंरा ।
शिशिर ॠतुको अत्यन्त निसार चिसो
सिरक ओढाएर लमतन्न माघको ढुँडी ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
मिति:  सोमबार  १५ माघ २०८० शुभम् ।

Comments