५७५. २६ औं भुकम्प सुरक्षा सचेतता दिवस : सुनयोजित दीगो विकासका गहन प्रारुप । ध्यानाकर्षण नहुँदा निम्तिन्छन् महादु:ख ।।

२६ औं भुकम्प सुरक्षा सचेतता दिवस :

सुनयोजित दीगो विकासका गहन प्रारुप ।
ध्यानाकर्षण नहुँदा निम्तिन्छन् महादु:ख ।।
                    

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

मानव जातिलाई बनाउने  सन्त्राश ।
भयावह बनाउने कुदिन अभिशाप ।।
नचाहँदा नचाहँदै पनि थाहै नदिई ।
सुटुक्क भवितव्यं गरि आउने भुत्राश ।।१।।

कमजोर पुर्वाधार निर्मित भएका ।
आवास समेतका हाम्रा संरचना ।।
बिगारी भत्काई सत्यानाश बनाई ।
धनजनको अपुरणिय क्षति गराई ।।२।।

भुकम्प सुरक्षा सचेतता दिवस मनाउँदा ।
नियालौं हाम्रा संरचना कस्ता छन् ? ।।
एकपटक गम्भीर भै ध्यान दिने हो कि ।
पुर्व सचेतता दिवस मनाउँदै गर्दा ।।३।।

नब्बे बर्षमा चारवटा ठुला भुकम्प गए ।
पश्चिम जाजरकोटको हालैको घटना ।।
भुकम्पविद् फ़ेरि पनि कराई भन्दैछन् ।
ठुलो सन्त्राश यद्यपि छ पश्चिम नेपालमा ।।४।।

अव्यवस्थित शहरीकरणको दुष्प्रभाव ।
बन विनाश भित्र्याउने प्राकृतिक प्रकोप ।।
सुनयोजित दीगो विकासका गहन प्रारुप ।
ध्यानाकर्षण नहुँदा निम्तिन्छन् महादु:ख ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
मिति : सोमबार, २ माघ २०८०

Comments