५७३. अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक स्वागतम् ।। ॐ

अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक स्वागतम् ।। ॐ

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

पश्चिम दिशामा मलीन मुद्रामा बिस्तारै
अस्ताचलमा बिलाउँदैका दिवाकर ।
पुर्व दिशावाट उदाउँदो प्रखर स्वरुपमा
सुर्योदयसँगै नव बर्ष २०२४ आगमन ।।
नित्य निरन्तरताको पुनर्वहाल भएपनि
अंग्रेजी नयाँ बर्षको नुतन खास दिन ।
अन्तर्राष्ट्रिय नयाँ बर्ष पनि मनाउदै रमाउँ
फ़ेरिन्छन् क्यालेन्डरका तिथिमिति ।।१।।

हाम्रो आफ्नै विक्रम संवत् पनि त हैन
नेपाली "ठेट नेवारी" 'नेपाल संवत्' ।
भारतीय प्रतापि राजा विक्रमादित्यले
प्रचलन ल्याको हाम्रो विक्रम संवत् ।।
धर्म, संस्कृति तिर्थयात्रा व्यापार व्यवहार
भारतसँग जोडिएकाले प्रिय् रहेको छ ।।
हिजोआज अंग्रेजी इस् वि संवत् पनि
आफ्नै ठानी रमाइ मनाउन थालिएको छ ।।२।।

हामी नेपाल आमाका सन्तति भएर पनि
बिदेशकै रंगमञ्चमा पलायन हुँदै ।
जन्मभूमि प्रति कृतघ्न बन्दै सेवा नगरी
विदेशमा रगत पसिना विवेक खर्चदै ।।
अस्ताचलमा विलीन  निरीह घाम जस्तैः
युरोप, अमेरिका र अष्ट्रेलिया तिर ।
हराईरहेछन् नयाँ रगत जोश जाँगर भएका
हाम्रा आफ्नै अत्यन्तै  प्रिय् सन्ततिहरु ।।३।।

सुख सन्तोष विदेशमा पनि खै के होला र
परन्तु ! सुखको मृगतृष्णा विजिगिषा ।।
गोलचक्कर लगाउँदै छन् हाम्रै नश्लवादी
स्वप्न संसार धन कमाउने सुखी बन्ने चाहना ।।
कति पूरा हुन्छ होला पलायन हुँदाका आशा
जो अस्ताए हराए कहिल्यै नफर्कने गरि ।।
व्यर्थ जस्तो लाग्छ जस् लाई मातृत्व राष्ट्रवाद ।
वसुधैव कुटुम्बकम् होला उन्को मन्त्रजाप ।।४।।

अंग्रेजी नयाँ बर्ष हाम्रो मौलिक टोपी दिवस
हामी जस्तो प्रायः सधैं टोपी लगाउनेले ।।
कहिल्यै टोपी नलगाउने वा कहिलेकाही लगाउने
टोपी नलगाई गलामा अंग्रेजी टाई लगाउने ।।
टाई र टोपी दुवै लगाउने वा दुवै नलगाउने
अंग्रेजी बोल्ने, दुवै बोल्ने वा नेपाङ्गेजी बोल्ने ।।
स्वधर्म निधन श्रेय ठानी हिन्दुत्व भएर गौरव गर्ने
धर्म पलायन हुने वा नास्तिक बन्ने सबैलाई ।।

अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक स्वागतम् ।। ॐ

✍️ अधिवक्ता वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
स्थायी ठेगाना : घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।


Comments