५७२. जाडोको मस्त जवानी चढ्दै छ ।।

जाडोको मस्त जवानी चढ्दै छ ।।

Me वसन्तराज अधिकारी & एशोदा अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

हेमन्त ॠतुको पुनः आगमन सँगै ।
जाडोको मस्त जवानी चढ्दै छ ।।
अब तातो न्यानो खाना र नाना ।
अनिवार्य हुन्छ बास बिछ्यौना ।।
हिमालमा हिमशिला पग्लिनु र ।
पहाड पनि जाडो सँगै चिसिनु ।।
जल जन्तु जमीन सबै चिसोले ।
स्वयं  भित्र बन्द भए जस्तो ।।
लामखुट्टे किरा आदिको न्यूनता ।
पुनः जाडोको मस्त जवानी चढ्दै छ ।।
एक अञ्जुली घामको न्यानोमा ।
शरीर पनि तातेर उर्जा पाउँछ ।।
खानाको रुचि बढ्छ निद्रा पुग्छ ।
तसर्थ,  मलाई जाडो मन पर्छ ।।
हुस्सु ढुँडीले ढाक्दछ दोपहरसम्म ।
हाम्रो भित्री मधेस दाङ उपत्यकामा ।।
जाडो चिसो समय भएपनि अन्ततः ।
सक्रिय क्रियाशीलता भने चढ्दैछ  ।।
विद्यार्थी र कामकाजी मानिसहरू र ।
योगमा हिडेका भेटिन्छन् बाटा भरि ।।
मंसिर पुस र माघ मुख्यत यी तीन मैना ।
पुनः जाडोको मस्त जवानी चढ्दैछ ।।
भोजन छनौटमा सदैव  ख्याल गरौं ।
सुपाच्य खानपिनमा ध्यान दिउँ ।।
अपाच्य, गरिष्ट र ठण्डा खाना हैन ।
तातो न्यानो र पानी प्रशस्त पिउँ ।।
भनिन्छ ! बलिया बाङ्गाहरु बाघलाई ।
कमजोर रोगी बुढा बुढी माघलाई ।।
रुई, दुई कि फुई ख्याल् राखौं अब है ।
जाडोको मस्त जवानी ढ्दै छ  ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
मिति : सोमबार, मंसिर २५, २०८० शुभम् ।

Comments