५६९. यमपञ्चक शुरु भयो घर घरमा । पहिलो दिन काग तिहार भयो ।।

यमपञ्चक शुरु भयो घर घरमा ।
पहिलो दिन काग तिहार भयो ।।       

✍️ वसन्तराज अधिकारी
      घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

नेपालीको दोस्रो ठूलो
चाड तिहार ।
आज पहिलो दिन भयो
काग तिहार ।।१।।
नित्य कर्म स्नानादी सकेर
कागलाई निमन्त्रणा ।
समदर्शी सर्वभक्षी पंन्छि
यमदुत काग ।।२।।
चतुरो र  बिछट्ट बाठो
काग हाम्रो साथी ।
काग चेष्टा गर्ने विद्यार्थी हुन्छन् 
शिक्षा  सदा माथि  ।।३।।
एकपटक जीवनमा गर्छन्
काग सन्तानोत्पादन ।
यिन्को संरक्षण हित गरौ
सन्तुलन  पर्यावरण ।।४।।
काग कराउँदा घरमा
हुन्छ पाहुना आउने ।
हिन्दु धर्म संस्कारमा
काग पुजा हुने ।।५।।
यम दीप दान गरि
पुजन श्रद्धा साथ ।
कागको आवाजवाट
शुभ अशुभ साईत ।।६।।
शुभ बोल२ प्रिय पन्छि काग
काग बलि अन्न पर्छ दिनु ।
हरियो दुनामा फुल राखि
राखि शुद्ध स्थानमा ।।७।।
आयुर्वेदका आदि गुरु धन्वन्तरी
संस्मरणको दिन ।
स्वस्थ्य रहेपछि मात्र सुन्दर सुखद
हुन्छ मानव जीवन ।।८।।
दाजु बहिनी यमराज र यमुनाको
पुजन गर्ने पर्व चाड ।
महान चाड भाइ टीका तिहारको
गाउँ गौरव गाथा ।।९।।
उज्यालो झिलिमिली बत्ति बाली
घर घर देउसी भैलो ।
पखालेर कलुषित भाव ह्रदयको
निर्विकार भै हटाई मैलो ।।१०।।
हर्ष उमंग खुशीयाली सहकाल पर्व
घर आँगनमा आयो ।
यमपञ्चक शुरु भयो घर घरमा ।
पहिलो दिन काग तिहार भयो ।।११।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
शनिबार, कार्तिक २५, २०८० शुभम् ।

Comments