५६८. संघीय राजधानी काठमाडौ लाई गरि बाई २ । स्मरणीय शुभ - यात्रा भयो हाम्रो हाइहाई ।।

छोरी विपनासँग हामी ❤️

संघीय राजधानी काठमाडौ लाई गरि बाई २ ।
स्मरणीय शुभ - यात्रा भयो हाम्रो हाइहाई ।।         

सम्धी सम्धिनी र छोरीसँग हामी 


दशै बितेपछि लगत्तै  तिहार अघि ।

घमाइलो दिन थ्यो कार्तिक मास ।।
नजाडो नगर्मी रहेको उपयुुक्त समय ।
रम्य सुहाउँदो स्वस्थ्य  हावापानी ।।१।।

केहि अलिक समय भएको थियो ।
लामो यात्रामा  कतै पनि नहिडेको ।।?
यश पटक दुई जनाको यात्रा तय गरियो ।
बुढा बुढीको राम्रो जोडी जम्यो ।।२।।

लामो गन्तव्यको रात्रि  बस यात्रामा ।
शारीरिक थकान त अवश्य  हुन्छ नै  ।।
किन्तु मनको असीम शान्ति आनंद ।
निवृत्त - चिन्तन ह्रदय विश्रान्ति ।।३।।

दाङ तुलसीपुरवाट छुटेको बस ।
कालिका मालिकाको यो यात्रा ।।
पुरानो रात्री बसको निरन्तर दौडाई ।।
दाङ घोराहीवाट हाम्रो बसाई ।।४।।

दिन्मा एउटा मात्र बस चल्दो रैछ ।
दाङ तुलसीपुरवाट धनुषा जनकपुर ।।
पहिलो अनुभव जनकपुर बस यात्राको ।
त्यति निराशाजनक पनि थिएन क्यै ।।५।।

नेपाली आधुनिक गीत गुन्जदै थ्यो ।
माया पिरतीका सुमधुर गीत ।।
"ए ! ठुली !! ए ! ठुली !! नाकैमा फुली ।
मोटर गाडी चढेर घुमौली सिन्धुली ।।६।।"

ओर्लनु र चढनु भैराथ्यो केहि बेर  ।
यात्रामा आइरहन्छन् बस्ती बजार ।।
रातको सन्नाटा  निस्तब्धता  सँगै ।
बिजुलि वत्तिको चमक उज्यालो ।।७।।

अपरान्ह करिब अढाई बजेतिर ।
घोराहीवाट भयो प्रस्थान हाम्रो ।।
उज्यालैमा पुग्यौ गोरुसिङ्गे बजार ।
करिब सात बज्न लाग्दा चन्द्रौटा ।।८।।

आजको रात रात्रि  बसको गास बास ।
लगाएका कपडा चाहिन्न केहि कपास ।।
तीब्र गतिमा एकनास बसको आवाज ।
रातको चकमन्न यात्री परिवार साथ ।।९।।

पहेँलो र रातो मधुरो थ्यो बिजुलि बत्ति ।
छाइराथ्यो बसमा हल्का उज्यालो ।।
घर जस्तैः कहाँ हुन्थ्यो र आरामदायी ।
सहजरूपमा ढुक्कसँग  निदाउनलाई ।।१०।।

जतिजति रातको निशा बढदै जान्छ ।
आँखामा निद्रा देवी टुप्लुक्क आएपनि ।।
बस्नसम्म मिल्ने आसनमा निदाउन त ।
वास्तवमा हरपल  असहज हुँदोरहेछ ।।११।।

शुक्रबार परेको थियो प्रस्थानको बार ।
शनिबार बिहान् पुग्नुथ्यो जानकी मन्दिर ।।
त्यहीँ मीठो कल्पनामा व्यतीत गर्नु थियोे ।
शुक्रवासरिय जनकपुरीया रात्री बस यात्रा ।।१२ ।।

आँखामा मीठो निद्रा पनि न आउँदा खेरि  ।
ईन्टरनेटको असुबिधाजनक अवस्थामा ।।
मनमा उठेका तरङ्ग सुन्दर हरफमा भरि ।
सलल बग्ने लहरहरुलाई जस्कातस् कैद गर्दै ।।१३।।

मोबाईल अफलाईन डायरीमा सरर कोर्दै ।
मनमा एकप्रकारको आत्मीक सन्तुष्टि ।।
यहीँ ठेटना भाव तरंगको बेरोकटोक बहेको ।
प्रबाहलाई भए पनि कवित्वपन भाव माने ।।१४।।          

जनकपुर स्थित जानकी मन्दिरमा म 

एउटा लामो दुरी पार गरेसँगै बस रोकिथ्यो र ।
चालकको आदेशमा सहचालकको निर्देशन ।।
लघु शंका गर्ने एकैक्षण बस टक्क रोकिएर ।
मुल सडक बाटोको छेउ छाउ झाडी तिर ।।१५।।

मोबाईल घडीमा साझको साढे सात बज्दैथ्यो ।
आयो हाम्रो पुरानो हाट बजार बटौली नगरि ।।
पपकन, ममफली, मटर, चना, पानी भन्दै ।
दुईचार जना बसमा आए केटाकेटीहरु ।।१६।।

बसको सिटको पेसेन्जरहरुको बस भाडा ।
बस मालिकलाई बुझाउनु पर्ने होला शायद ।।
बीच बीचमा बस्ने छोटो दुरीका यात्रुवाट ।
मासु भात भान्सा जलपान गर्न मुढामा पनि ।।१७।।

कहिँ कतै नानीआमा र ससाना नाबालिक ।
काचकोचका साथ राख्नुपर्ने नियति बाद्धता ।।
सायद !  यथार्थ मानव सेवा वा मानव धर्म ।
प्रतीकात्मक भनौ  लामो यात्रामा सत्कर्म ।।१८।।

कतै इन्धन सकिनु त फ़ेरि कतै पेसेन्जर कुर्नु ।
यहि नै हो सकस यात्राको अकाट्य नियति ।।
गाडी कन्डिसनमा भइ गन्तव्य सम्म पुगे उत्तम ।
गाडी बाटैमा बिग्रेपछि त सकस हुन्छ झन् ।।१९।।

गाडी गुडेपछी मात्र सरर मीठो हावा चल्दछ ।
तब मात्र केटाकेटी वृद्ध बालकलाई राहत मिल्छ ।।
यात्राको सकस दु:ख पिडा गन्तव्य पुगेपछि ।
बिर्सिन्छ अनि मात्र शान्तिको सास फ़ेरिन्छ ।।२०।।

"हाम्रो माया चर्किएको ऎना सरि नफुटोस् ।
पिरतीको साईनो हाम्रो कहिले नछुटोस् ।।
पछेउरीको छेउ ! जुनिजुनी मलाई तिम्रै साथमा बस्न देउ ।"
रात्रि बसमा कति मीठो गीत बजिरहेको थियो ।।२१।।

रातमा सुत्दै सुत्दैनन्  चालक, बस र सडक ।
बजार छेउका व्यस्त होटल, लज र पसलहरु ।।
यात्रीहरु कोही चढने बित्तिकै थाल्छन् निदाउन ।
भाग्यमानी र सुखी मानव भन्दा हुन्छ उनीहरुलाई ।।२२।।

रातको करिब नौ बजे सुनवल नवलपरासी ।
भात भान्साको उहीँ सडक छाप होटल ।।
भ्याइनभ्याई अति व्यस्त छ होटल साहुलाई ।
फकाई फकाई लैजाने चिमटी चिमटी मार्ने ।।२३।।

पहिला पहिलाको काठमाडौ दाङ यात्रामा ।
यहि गरिन्थ्यो हुलमुलमा भोजन पानी ।।
हिजोआज रोटी तरकारी घरैवाट ल्याइन्छ ।
स्वादिलो पानी खाईन्छ आफ्नै पकवान् ।।२४।।

भन्नलाई त पन्ध्र मिनेट मात्र हो खाने समय ।
तर चालक सहचालक यो नियम लाग्दैन ।।
उनिहरु त पाईलट नै भए रोडप्लेनका मालिक ।
उनीहरुको बेग्लै र विशिष्ट हुन्छ भात भान्सा ।।२५।।

यात्रुसँग असुली हुन्छ गाडिवालको हिसाबकिताब ।
आफै बिधायक आफै न्यायाधीश भनेको यै हो ।।
खाए खा नखाए घिच यहीँ हो यात्राको नियति ।
यसैगरी चलिरहन्छ बर्षौदेखि यात्रुको जीवनगति ।।२६।।

खाना पछिको यात्रा अब निद्राको हुनुपर्ने हो ।
तर ! निद्रादेवी आउन लाई मान्नु पनि पर्यो ।।
कथंकदाचित् मानिहाले पनि कष्टकर निद्रा ।
यै सम्झेर यात्रा गर्न मन लाग्दैन तर के गर्नु ।।२७।।

खानापछि निदाईयो सिट फोल्डिङ बनाइ ।
नारायणगढ पछि हेटौंडा, चपुर, पथलैया ।।
केहि ओल्हिए केहि चढने क्रम चलिरह्यो ।
लालबन्दी, महेन्द्रनगर कण्डेक्टर भाडा उठाउँथ्यो ।।२८।।

यसो घडी हेरेको बिहान् चार बज्दै थियो ।
निद्रा खुले झै झल्याक झुलुक बिउँझेर ।।
बाहिर हेर्दा निस्पट अन्धकार छाएथ्यो  ।
तराई राजमार्गमा बस गुडिरहेको थियो ।।२९।।

पाँच बजे बिहान् उषाको झिसमिसेमा ।
चपुर वा चन्द्रपुर अथवा चन्द्रनिगाहपुर रौतहट ।।
कति शिघ्र आई पनि पुगेछ थाहै नपाई ।
शुचनिच गरि चायपानी भयो आरामले ।।३०।।

साठी रुपियाँ दर्जन मालभोक केरा पाईने ।
तराईका भाषा भाषि हिन्दी लवज नेपाली ।।
सोचे भन्दा आराम राम्रै भयो हाम्रो यात्रा ।
जानकी माताको द्वार जनकपुर पुग्नै लाग्दा ।।३१।।

मोबाइलले अर्लाम बजायो उठने जनायो ।
ब्रह्मा मुरारी त्रिपुरान्त्रकारी भानुसुतौ आदि२ ।।
निदाएको बसका यात्री क्रमशः जागा हुँदै गए ।
रात ढलेर बिहान् ले पखेटा फिजाउन लायो ।।३२।।

वागद्वारवाट भएर काठमाडौ उपत्यका हुँदै ।
अगाडि जाँदा बाटैमा वाग्मती नदी भेटियो ।।
भोर भयो उदायो लाली पुर्व तिर उज्यालो छरेर ।
गन्तव्य  भेट्न सारा बटुवा हिंडे वाग्मती तरेर ।।३३।।

खहरे सुख्खा भेटिन्थे खोला यात्रामा बाटामा ।
जागा थे यात्रु गणहरु उषा काल आनन्द यात्रामा ।।
बिहान् पख सिर्सिर हावा चलिरहेको थियो ।
मानिसहरू सुख दु:खका वात मार्न लागे ।।३३।।

सुन्दर  समतल  तराई  हरिवन बजार आयो ।
अगाडि बढदै गर्दा सर्लाहीको नवल्पुर बजार ।।
फ़ेरि लालबन्दी बजार भएर बस हुईकिरह्यो ।
केहि यात्रु ओह्राल्नु र चढाउने क्रम चलिरह्यो ।।३४।।

बसको दौडमा सर्लाही  रानीगंज बजार भेटियो ।
माइस्थान गौशाला रोड अस्थायी प्रहरी पोस्ट ।।
सशस्त्र प्रहरी बल रहेकोे छ बर्दिबास महोत्तरी ।।
बिहान् साढे छ बजे बर्दिबास बजार पुगियो ।।३५।।

रातु नदी तरेर प्रारम्भ भो धनुषा जिल्ला लालगढ ।
ढल्केवर मिथिला नपा अब २३ किमि जनकपुर ।।
महेन्द्रनगर बजार, लक्ष्मीनिया गापा जिल्ला धनुषा ।
मिथिला प्रदेशस्तरीय कार्यालयहरू भेटिए द्वारमा ।।३६।।

जनकपुर जयनगर रेललाईन रामानन्द चौक देखि ।
रिक्सामा बीस रुपैयाँ जानकी मन्दिर सम्म भाडा ।।
राम सीता बिबाह मण्डप, जनकपुर दर्शन ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र सीता ।।३७।।

जनकपुर जानकी मन्दिरमा हामी 

लक्ष्मणजीकी उर्मिला भरतजीकी माण्डवी र
बिबाह सम्पन्न कनिष्ठ शत्रुघनकि श्रुतकीर्ति ।।
जानकी मन्दिर आजन्म अखण्ड श्रीसीताराम महायज्ञ ।
श्री जानकी मन्दिर १९६१ ई. सम्बत् २०१८ सालदेखी ।।३८।।

श्री जानकी मन्दिर विद्युतीय चलचित्र ।
तथा सांस्कृतिक संग्रहालय दर्शन ।।
गंगासागर जनक नगरी जनकपुर धाम ।
संकटमोचन, हनुमान मन्दिर, जनकपुर ।।३९।।

लिएर सर्ट  भिडियो तस्वीर सेल्फि रमाईयो ।
सिन्धुली दुधौली नगरपालिका स्थित ।।
भिमान हुँदै डकाहा हुँदै गन्तव्य यात्रामा ।
रामानन्दचौकवाट बर्दिवास सिन्धुली यात्रा ।।४०।।

बर्दिबासदेखि भिमान द्रुत अटोसेवा ।
पक्की सडक सालका बन हरियाली ।।
दायाँबायाँ सुन्दर रमणीय टायलले छाएको ।
पुरानो घर बस्ती भेटियो कागते खोला ।।४१।।

सिन्धुली फत्तेपुर हाईस गाडीमा  गयौ ।
इनारपानी हुँदै दुधौली नपा डकाहा ।।
ठूलो अमाहा बतासे खोलाको पुल ।।
काउछे, चुरिया, सुनखानी खोला ।।४२।।

वयरवत खोला वयरवनी तल्लो रानीवास ।
सिरसिरे खोला, चन्दनपुर, ढोली खोला ।।
दुधौली नगरपालिका सीमा कमला नदी ।
गागत खोला, रतनपुर हुँदै वसनिया ।।४३।।

बंका, कुर्थौली, गिचिहानी, बिचित्र खोला ।
घाटगाउँ, डकाहा लाहुरे इनमा बास ।।
बुढी सम्धिनी, सम्धी - सम्धिनी, छोरी जुवाईं ।
रमाइलो भेटघाट भलाकुसारी साथ ।।४४।।         

आमा सम्धिनी, सम्धी - सम्धिनी र छोरीसँग हामी 

बेलुका तिर कमला नदीमा घुमफिर गरेउ ।
पाँचसय मिटर लामो पुल हेर्दै घुमफिर  ।।
बस्नेतजीको परिवारसँग भलाकुसारी ।
रमाइलो पारिवारिक वातावरणमा रमायौं ।।४५।।

होटल लाहुरे इनमा बास आइतबार बिहानै ।
काठमाडौ प्रस्थान बंका, रागे,  रतनपुर ।।
मध्य रातमा फ़ेरि चलाउने चलन रैछ गाउँमा ।
शंखनाद गर्दै सन्यासी जोगी बजाउँदै शंख ।।४६।।

बिहान् पख छ बजे हुईकियो हाईस ।
प्रारम्भ भयो हाम्रो पारिवारिक काठमाडौं यात्रा ।।
कमलानदी पुल हुँदै खिरखिरे खोला तरि ।
"म हारे तिमी जित्यौ पिरतीको खेल ।" ।।४७।।

इलेक्ट्रोनिक हाइसमा गीत गुन्जिरहेथ्यो ।
"आहा ! "हिमचुलीमा हिमाल् रमाइलो ।।
आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ रमाइलो ।।"
भिमान भएर अगाडि कमलामाई नगरपालिका ।।४८।।

सिन्धुली माढी जिल्ला सदरमुकाम ।।
सिन्धुली गढी थियोे  १९ किलोमीटर ।
आइपुग्यो बाटैमा सुन्दर  चियाबारी ।।
इलेक्ट्रोनिक हाईस चार्जिङ सेन्टर ।।४९।।

कनपा २ चियावारीमा चाय चना पिएर ।
सिन्धुली गढी र परिक्रमा  सिन्धुली माडी ।।
मनमोहक प्राकृतिक  दृश्यावलोकन गर्दै ।
बाटोको छेउ बिहान् घमाईलो रमाइलो ।।५०।।

जुनार साँधेको स्वादिलो  चना, खुरमुरे ।।
ढुङ्रेगढी, सिन्धुली  माढिको  फाँट ।
बीपी हाईवे सिन्धुली गढी प्रवेशद्वार हुँदै ।।
गोलन्जोर गापा खनियाखर्क बजार ।।५१।।

सिन्धुलीमा मीठो जुनार खाँदै ।
खुर्कोट, रोशिखोला, सुनकोशी नदी ।।
सेती देवी मन्दिर ऎना चढाउने ।
मनले मागेको पुग्ने, रोशी नदी ।।५२।।

रोशिखोला तिरैतिर कुशेश्वर ।।
गाडीमा टाईमकार्ड सिस्टम ।।
दुर्घटना कम गर्ने अचुक उपाय ।
सुनकोशी गाउँपालिका, सिन्धुली ।।५३।।

रोशिगाउँपालिका, काभ्रे ।
कुशेश्वर महादेव मन्दिर ।।
नेपालथोक, आँपघारी ।।
रोशी गापा ९ मंगलटार चार्जिङ सेन्टर ।।५४।।        

पुर्व सहकर्मी कम्प्युटर अपरेटर श्री रवीन्द्र गौतमजीसँग म 

भयो हाम्रो बिहान् को खानपिन ।
मलेनिका सँगै काम गरेको साथी ।।
लामो अन्तरालमा रविन्द्र गौतमजीसँग भेट ।
समकालीन सहकर्मी साथीभाइ ।।५५।।

भयो सम्झना एवम् भलाकुसारी ।
बिजुलि गाडीको इन्धन भरी ।।
काठमाडौ तर्फको यात्रा तयारी ।
कटुञ्जेवेसी, २५ किलो काभ्रे ।।५६।।

नमोबुद्ध नगरपालिका ७ भकुण्डेवेसी ।
धुलिखेल नगरपालिका प्रारम्भ ।।
काभ्रे भञ्ज्याङ  हुँदै धुलिखेल ।
डाँडागाउँ बेथानचोक रमाइलो डाँडा ।।५७।।

पातलेखेत मदनभण्डारी पार्क, विदुर वस्ति ।
धुलिखेल बजार, बनेपा बजार ।।
साँगा भञ्ज्याङ, साँगाचोक ।।
पलाँसे भक्तपुर, जगाति भक्तपुर ।।५८।।

सल्लाघारी भक्तपुर मनोहरा पुल ।
जडिबुटी, कोटेश्वर, तीनकुने ।।
महानगर चक्रपथ बस, सिनामंगल ।
गौशाला, चाबहिल, धुम्बाराही, महाराजगन्ज ।।५९।।

नारायण गोपाल चोक, बसुन्धारा, गोंगबु बसपार्क ।
बालाजु, माछापोखरी आइतबार साझ ।।
पुग्यौं बास तारकेश्वर नपा ठुलागाउँ ।
छोरीको घर परिवार भेटघाट भयो ।।६०।।

ठुला जुवाईं साना जुवाईं सकल ।
खानपिन भै मस्त मीठो निद्रा ।।
बिहान् उठि शौच निच गरि चियापान ।
माछापोखरी कलंकी कालीमाटी आरएनएसी ।।६१।।           

Me with BAT 21 (2062) Section Officer Batch mat friend Mr. Shiva Raj Sedai at Civil Hospital, Nepal.

हुँदै पुग्यौ बानेश्वर सिभिल अस्पताल ।
राजकुमारजीको सहयोगमा टिकट भयो ।।
म्याडमजी र मेरो होलबडी चेकजाँच ।
बिहान् को ब्लड दिई खाना क्यान्टीनमा ।।६२।।

कारडियोलोजि र अप्थोमोलोजिको मेरो ।
टिकट काटेर चेकजाँचको तयारी ।।
सोमबार, कार्तिक १३ होलबडी चेकजाँच ।
मुटुरोग ओपिडी नं. २२० डा. राजन पौडेल ।।६३।।

मेडमजीको गाईनोकोलोजिष्ट डक्टर ।
भिडियो एक्सरे बिहानै खालीपेट ।।
अप्थोमोलोजिष्ट चस्मा नियर थप ।
फर प्लस 2 नियर प्लस 3 नयाँ चस्मा ।।६४।।

नागरिक लगानी कोषमा गएर ।
अनिवार्य अवकाशप्राप्त हुँदा ।।
दुई चार हजार छुट रकम माग ।
अब लागियो कलंकी हुँदै नैकाप तिर ।।६५।।

संयोग र शर्मिला सानिमा भतिजा बर्थ डे ।
मनाइयो पुरानो नैकाप, काठमाडौ ।।
स्वीट्जरल्यान्ड पार्क, कालू पाण्डे सालिक ।
मनकामना माता, इन्द्र दह घुमघाम ।।६६।।

तारकेश्वर नपा ३ नं. वडा तीन पिप्ले हुँदै
आरएनएसी सम्म काठमाडौं ।।
सिभिल अस्पताल चेकजाँच रिपोर्ट ।
नौ बजे पश्चात् प्राप्त हुने ।।६७।।            

निजामती अस्पतालमा म 

म्याडमको अप्थोमोलोजि र मेरो डेन्टल ।
चेकजाँचका लागि काटियो टिकट ।।
मेडमको गाइनोको भिडियो एक्सरे ।
दिनमा निजामती चालिस कोटा बिहानै सकिने ।।६८।।

ईन्स्पेक्टर राजकुमारीजीको सहयोगमा ।
भोलीको टाईम कोटा लिने र ।।
आजका दाँत र चस्माको चेकजाँच गर्ने ।
सिभिल अस्पताल क्यान्टीनमा खाइयो चिया चना  ।।६९।।

ईसिजि गरि म्याडमको ओप्थोमोलोजि र ।
मेरो डेन्टिष्टलाई चेकजाँच गराउन ।।
डाक्टरको प्रतिक्षामा लाग्यौ क्यु लाईनमा ।
होलबडी चेकजाँचको रिपोर्ट प्राप्त ।।७०।।

सम्बन्धित विशेषज्ञ डाक्टरलाई जचाँउन ।
भोलि बुधबार दिन आउनु पर्यो ।।
म्याडमको गाईनोको चेकजाँच गर्न ।
भोलीकै लागि दिन तय गरियो ।।७१।।

डाक्टर सुवास बन्जाडेलाई चेकजाँच ।
दाँतको एक्सरे गर्न प्रेस्कृप्सन ।।
अफिसर व्याचमेट साथी शिवराज सेंढाईसँग ।
सिभिल हस्पिटलमा भेट भै सेल्फि लिईयो ।।७२।।

छोरी बिपना अधिकारी निजामती अस्पतालको ।
सहुलियत कार्ड र आवश्यक सूचना प्राप्त ।।
डेन्टिष्ट डा. प्रसुना थापासँग परामर्श गर्दा ।
पुनः टिकट काटेर फिलिङ दाँतमा क्याप राख्ने ।।७३।।

म्याडमको चस्माका लागि शान्ति नगर गेट ।
फलफूल तथा तरकारी पसल निर आइबडि ।।
पहिला सिभिल हस्पिटल क्यान्टिनमा रोटी
सब्जि, दहि खाई जानुपर्ने अवस्था ।।७४।।

मेडमजीको चस्मा बनाइयो शान्ति नगर गेट ।
बस चढेर आइयो सहिद गेट आरएनएसी ।।
कर्मचारी सञ्चयकोष आइ छुट रकम माग दावी ।
अब भने बासको खोजीमा जाने हो साथी ।।७५।।

नेपालटार शेषमती, लाम्बबगर, जरङखु ।
सानोबाईपास धर्मस्थली, चिसापानी ।।
बास भयो ठुला गाउँ तारकेश्वर ३ ।
बिहानै उठि पुनः सिभिल हस्पिटल ।।७६।।

मेडमको गाइनोको भिडियो एक्सरे ।
कार्डडियोलोजि डा. राजन पौडेल ।।
मेरो डेन्टल डा. प्रसुना थापा ।
होलबडी रिपोर्ट चेकजाँचको तयारी ।।७७।।

क्यान्टीनमा रोटी, तरकारी जेरि चाय ।
पेट पुजा ब्रेकफास्ट सम्म गरियो ।।
अब दस बज्दासम्मको प्रतीक्षामा ।
बसियो आरामले घुमफिर गर्दैमा ।।७८।।

होलबडी चेकजाँच कोलस्टोल औषधि सेवन ।
आजीवन फ़लोअप  तीन महिनामा ।।
डेन्टल डा. प्रसुना थापा  सँग ।
फिलिङ र क्याप राख्नुपर्ने अवस्था ।।७९।।

बहिनी सीतासँग रानीबारी स्थित बहिनीको घरमा हारमोनियम बाजाको सामान्य सिकाई 

बिहान् छोरीको साथ बहिनी सीताको घर ।
दिउँसो असन र ठमेल बजार घुमघाम ।।
ओशो तपोवन तपस्थली साझमा घुमेउ ।
पारिवारिक वातावरणमा भर्पुर आनन्द पायौं ।।८०।।

                 

श्री नागार्जुन माध्यमिक बिद्यालय, तारकेश्वर -३ ठुलागाउँमा हामी सम्धी सम्धी 

फ़ेरि अर्को दिन मुड्कु भञ्ज्याङ वाट बिहानै ।
काठमाडौ शहरको दृश्यपान मजाले गर्दै ।
ठुलागाउँ भ्युटावरको अत्यन्त मनमोहन दृश्य ।
नागार्जुन माध्यमिक बिद्यालय अवलोकन गरि ।।८१।।

          


श्री पशुपतिनाथ मन्दिर वाग्मती नदीमा शिव गंगा आरतिमा हामी

अनाथालय बाल गृह घुमेर जग्गा प्लटिङ ।
सिसकोट बञ्चरेडाँडा नुवाकोट अवलोकन ।।
बेलुका पशुपतिनाथ मन्दिर वाग्मती नदितिर ।
शिव गंगा आरतिमा अध्यात्मिक आनन्द लिई ।।८२।।

छोरी विपना नानी जुवाईं रोशन सम्धी सम्धिनी ।
होटल थकालीमा रात्रीकलिन भोजन गरि ।।
रातको मस्त निद्रामा परियो दिनभरिको थकाइ ।
बिहान् उठदा जाजरकोट नरसंहार महाभुकम्प ।।८३।।     

शान्ति धाम, बदरिनाथ, काभ्रेस्थली, काठमाडौं 

बिहान् शुच निच स्नान पश्चात्  चिया पान गरि ।
शान्ति धाम काभ्रेस्थली बद्रीनान पुग्यौ ।
शान्ति धाम बद्रीनाथ तारकेश्वर काभेस्थली ।।
सिसमहल राधाकृष्ण  राम नारायण शरण परि ।।८४।।

बहुनि सन्ति तिर्थानी देवपूर्या तथा क्षितौ ।
बदरी सदृश्य तिर्थ नभुतो नभविष्यति ।।
धेरै नै तिर्थ छन् याहाँ देवपुरीमा स्थापित भै ।
किन्तु बद्रीनाथ सरि तिर्थ न थियोे न भविष्य मै ।।८५।।

शान्ति धाम, बद्रीनाथ तिर्थ ।
तारेकेश्वर नपा २ काभेस्थली ।।
अत्यन्त पवित्र पावन शुभ दिन ।
शनिबार १८ कार्तिक २०८० ।।८६।।

सम्धी सम्धिनी र छोरीको साथ ।
शान्ति धाम बद्रीनाथ काभेस्थली ।।
आफन्तसँग भेटघाट गरि चियापान ।
खाना खान आइपुग्यौ घरमै मेजमान ।।८७।।

गाउँ घर दाजुभाइ र मित्रजनहरुसँग ।
भेटघाट भलाकुसारी भयो उमंग ।।
कति शिघ्र दस दिन व्यतीत हुँदैछ ।
रात्री बसमा गृह यात्रा शिघ्र बनेछ ।।८८।।

तस्बिर भिडियो टिक्टक भ्लग लिएर ।
अत्यन्त सहज सँग दिन बिताइ ।।
काठमाडौ गएको उद्देश्य सार्थक भएपछि ।
शनिवारको रात्री यात्रा दाङको तय गरि ।।८९।।

सम्धीज्यु र छोरीको साथमा बस अड्डा सम्म ।
एसी डिलक्स दाङको बस बाई२ शहर ।।
संघीय राजधानी काठमाडौ लाई गरि बाई २ ।
स्मरणीय शुभ - यात्रा भयो हाम्रो हाइहाई ।।९०।।

सम्धी सम्धिनीसँग हामी 

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।

Comments