५६१. छोरीको सफ़लता आमाबुबाको खुशी

छोरीको सफ़लता आमाबुबाको खुशी         

सुपुत्री श्री विपना अधिकारी फुयाल 
साथमा कृषि विकास बैंक, प्रदेश कार्यालय, दाङ, घोराहीका कार्यालय प्रमुख सहित स्टाफ कर्मचारीहरु ❤️🌹
         

आमाबाबू छोरीको बीचको नाता
पुर्णतः लेखिदिन्छन् विधाता ।
भनिन्छ छोरी सदा सौभाग्य हुन्
परन्तु ! छोरा बंश  भाग्य ।।१।।

छोरी जन्मदाको अनुपम खुशी
शिक्षा दीक्षा र सुसंस्कार ।
बिधाताको साक्षात् मानवरुप
मातापिता पुत्रीको  सम्बन्ध ।।२।।

छोरी बिपनासँगको बाल्यकाल
आउँछन् मनमस्तिष्कमा ।
उनि जन्मदा खेरि मेरो भएथ्यो
काठमाडौंमा जागीर सरुवा ।।३।।

कीर्तिपुर पाँगामा पढायौं हुर्कायौं
बढायौं सदैव हँसायौ खेलायौ ।
ति दिनहरु सम्झदा आत्मगौरव
उच्च शिक्षा र अधिकृतको स्वप्ना ।।४।।

BAT 21 मा शाखा अधिकृत हुँदा
2062 सालमा चारमा पढ्थिन् नानी ।
शाखा अधिकृत ७३ जना व्याचिहरुको
एकपटक सुनेपछि सबको नाम भन्दथिन् ।।५।।

तिक्ष्ण बहुप्रतिभा  अब्बल स्मरणशक्ति
नेशनल लाईब्रेरी केशर पुस्तकालय ।
पाठ्यक्रम विकास केन्द्र सानोठिमीका
धेरै बालसन्दर्भ सामग्री पढेकी छिन् ।।६।।

नबुझ्दासम्म गहन चासो लिई बुझ्ने
बुझेपछि नबिर्सने शिघ्र स्मरणशक्ति ।
सरल, बिनम्र आत्मानुभुति जिज्ञासु
गुणवान् असल चालचलन व्यवहार ।।७।।

माध्यमिक शिक्षा कीर्तिपुरस्थित पाँगा
प्लस टु साइन्स बर्नहार्ट कलेज काठमाडौं ।
बी.ए.एलएलबी पुरा नेपाल ल क्याम्पस
अधिवक्ता र एलएलएम अध्ययनरत ।।८।।

सम्धीज्यु राजु फुयाल जुवाई साप रोहित
सकल आत्मीय फुयाल  परिवारजन ।
सबैको सहयोग छोरीको मेहनत लगनशीलता
जूवाईं र सम्धीज्युले गर्नु भो मेरो वचन पूरा ।।९।।

"द पेस अफ लिबिङ" एउटा अंग्रेजी निबन्ध
आउँछन् यिन्का सुन्दर उत्साहित हरप ।
जुन ठाउँमा पुग्न मलाई कठिन संघर्ष गर्नुपर्यो
आजीवन तपस्याले जुन लक्ष्यमा  म पुगे ।।१०।।

मेरा सुयोग्य सन्तति मेरो सबल काँधमा टेकेर
त्यहीँ स्थानवाट निरन्तर अगाडि बढिरहुन् ।
मेरो मेहनत लगनशीलता र  सुसंस्कार प्रेरणा
सदैव मिलिरहोस् सत्प्रेरणा सौभाग्य र सुयस ।।११।।

✍️  वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
आइतबार, भदौ १७,२०८० शुभम् ।


राजीनामा पश्चात् ससम्मान बिदाई गर्दै कार्यालय प्रमुख 


Comments