५५६. काल - चिन्तन

 काल - चिन्तन 

✍️ वसन्तराज अधिकारी
                  घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

अध्यात्म ज्ञान धर्माचरण मानव कर्तव्य कर्मको सार ।

अनाशक्त संसार भोग गर्नु सदैव सरि बनि बैराग्य ।।

सांसारिक नाता माया प्रपञ्च लोकाचार सदव्यवहार ।

नियाल्नु सदा स्वयंलाई स्वच्छ स्पष्ट दर्पणमा निहार ।।

लाग्दैन थ्यो फुर्सदिला निष्फिक्री आउनेछन् दिन्पनि ।

कर्म सन्यास योग सरि भयो व्यतीत यो जिन्दगानी ।।

बर्षौं बर्ष बितेछ यान्त्रिक बनि विवेक र शिक्षा सब ।

कालान्तरमा पिजडा छुटदा के भर्थ्यो उडान अब ।।

यौटा यान्त्रिक कालखण्ड भोग नाच्छन् आँखा भरि ।

कैले खुशी मनमा र कहिलेकाही विरक्ति लाग्दो घरी ।।

आत्मशक्ति प्रगाढ छन् ह्रदयमा सन्तुष्टि सत् जीवनी ।

अपरान्ह पश्चात् गगन विनय भाव छरेर शान्तिध्वनि ।।

जीवनमा के कति कर्म भए ति सब लुप्त हुँदारहेछन् ।

भुक्तानी  अतीत  नियतिले  सञ्चित पुँजी भएछन् ।।

स्थित्प्रज्ञ आउँछ ह्रदयमा उज्ज्वल पुर्ण चन्द झै बनि ।

सृष्टि स्थिति लय अन्ततः जीवन बन्दैछ कादम्बिनी ।।


               ✍️ वसन्तराज अधिकारी

        घोराही उपमहानगरपालिका, दाङ, नेपाल

              बिहिवार ०७ भदौ २०८० शुभम् ।

Comments