५५८. भुक्तान विस्मृतिका स्मृतिहरु

भुक्तान विस्मृतिका स्मृतिहरु 

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ 

चाहे दुखान्त क्षण होस्
वा सुखान्त भोग ।
पदचाँपका पुराना डोवहरु
आउँदा मानसपटलमा ।
आफै भित्र बेखबर रहँदा
आनन्दानुभुति अनुभव ।
क्षितिजको पर्दाभित्रैवाट
मनको दर्पण क्यानभास ।
सूत्रबद्ध भै स्वस्फूर्त आउँदै गर्दा
एकोहोरिनु गम्भीर चिन्तन ।
बेहिसाब छन् खर खजानाहरु
सुख भन्दा दु:ख उत्तम ।
सुख केवल भोगमा सकियो
दु:ख सिर्जना भै फुल्यो ।
निरन्तर बगेको गंगा वेग सरि
पदचाप अमीट कालातित ।
मीठास अत्यन्तै मधुरसपान
भुक्तान विस्मृतिका स्मृतिहरु ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
सोमबार,११ भदौ २०८० शुभम् ।

Comments