५५७. दानवीय स्वरुपमा देखिने छद्मभेषि चरित्र पनि । यथार्थमा कदापि समाज स्वीकार्य हुनै सक्दैन ।।

दानवीय स्वरुपमा देखिने  छद्मभेषि चरित्र पनि
यथार्थमा कदापि समाज स्वीकार्य हुनै सक्दैन ।।        

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल 

सारभुत अर्थ बोध यत्र धारयेत तत् धर्म
प्रयोगात्मक सत्य धारण गर्नु धर्म हो ।।
आगोको अन्तिम गुण धर्म ताप हुनु हुन्छ
यस्तै सुर्यको परम धर्म नित्य प्रकाशित ।।

धर्मका बहु विविध प्रकृति स्वरुपहरु छन्
हिन्दु बौद्ध इस्लाम इशाई आदि इत्यादि  ।।
यस्तै जाती सम्प्रदाय पनि अनेकन छन्
मुल्य मान्यता संस्कार व्यवहार पृथक पृथक ।।

हिन्दु धर्मका अत्यन्त पुज्यनिय जनावर
हामी राष्ट्रिय विभुती गाई लाई मान्दछौ ।
गोमाँश भोजन गर्ने जाति म्लेच्छ पनि छन्
यिन्ले नेपालमा बेलाबखत उपद्रो मच्याउँछन् ।।

राज्यको कुनै धर्म हुँदैन भन्ने मूल मान्यता
वर्तमान संविधान कानुनले धर्मनिरपेक्षता ।
परन्तु बहुसंख्यक सनातन हिन्दु धर्मावलम्बी
धार्मिक सहिष्णुता र सद्भाव अपरिहार्यता ।।

हिजोआज सर्वत्र बिधर्मीहरु बढिरहेका छन्
अभिमानीहरु धार्मिक मतान्ध गरिरहेका छन् ।
दानवीय स्वरुपमा देखिने  छद्मभेषि चरित्र पनि
यथार्थमा कदापि समाज स्वीकार्य हुनै सक्दैन ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
रविवार, १० भाद्र २०८० पुत्रदा एकादशी व्रत शुभम् ।


Comments