५५१. साठी वसन्त पुगि भए म जेष्ठ नागरिक

साठी वसन्त पुगि भए म जेष्ठ नागरिक

📝 वसन्तराज अधिकारी 
स्थायी निवास : घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

जन्मदाता बाआमालाई स्मरण गर्दै ।
मेरो जन्मदिनको तथ्य स्पष्ट पार्दै ।।
बर्षमा दुईपटक पर्छ मेरो जन्मदिन ।
चैत्र र श्रावण पाँचका यि दुई दिन ।।
एउटा मेरो वास्तविक अर्को प्रमाणित ।
करिब दुई बर्ष बढेको छ मेरो जन्मदिन ।।
सरकारी कागजातमा लेखियो श्रावण ।
चैत्र पाँच आमाले जन्माएको शुभदिन ।।
मुहार पुस्तिकाले देखायो आजै किन ? ।
तसर्थ ! मैले नि मनाउन थाले दुवै दिन ।।
सेवावाट अनिवार्य अवकाशप्राप्त भइ ।
सुनौलो ति क्षण फ़ेरि फ़र्कन्नन् कहिल्यै ।।
करिब साढे तीनदशक  निजामती सेवा ।
आउँछन् याद सहकर्मी उर्वर जीन्दगीका ।।
जन्मदिनको शुभकामना दिने सबैलाई ।
कृतज्ञता सहित सहर्ष हार्दिक धन्यवाद ।।
आरामले घरमा अब दुई बर्ष भए  व्यतीत  ।।

साठी वसन्त पुगि भए म जेष्ठ नागरिक ।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
शुक्रबार ५ श्रावण २०८० शुभम् ।


Comments