५४९. तसर्थ नयाँ पुस्ताका प्यारा भाइबहिनीहरुलाई । धेरै धेरै बधाईका साथ हार्दिक शुभकामना छ ।।

तसर्थ  नयाँ पुस्ताका प्यारा भाइबहिनीहरुलाई ।
धेरै धेरै बधाईका साथ हार्दिक शुभकामना छ ।।           

✍️ वसन्तराज अधिकारी 
पुर्व उपसचिव, नेपाल सरकार 
साविक : मानपुर गाउँ पञ्चायत वार्ड नं. ८ मजगाउँ दाङ
हाल : तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १७ मजगाउँ 
निवास : घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौरा, दाङ 

आजभन्दा त्रिचालिस बर्ष पहिलाको
मेरो एसएलसीको सम्झना आउँछ ।
त्यतिबेला ऎले जस्तो बैज्ञानिक जिपिए
प्राप्ताङ्क ग्रेड पद्धति पनि त थिएन ।।
त्यतिबेला त केवल  डिभिजन हुन्थ्यो ।
त्यो पनि फस्ट, सेकेन्ड, थर्ड र फेल ।।
फलामे ढोका हुन्थ्यो एसएलसी मुल्गेट ।
जीवन निर्माणको प्रारम्भ विन्दु थियो ।।
बिद्यालय अहिले जस्तो सरकारी र निजी
सामुदायिक बोर्डिङ स्वरुप पनि थिएनन् ।।
सत्य कुरो त्यतिबेला ट्युसन खुब चल्थ्यो ।
ट्युसन पढ्नेहरु राम्रो डिभिजन पास हुन्थे ।।
दुई हजार छत्तीस सालमा बुबा स्वर्गवास ।
ट्युसन त धेरै परको कुरा भयो यथार्थमा ।।
बिद्यालयमा नियमित हुन सम्म सकिन ।
परिणामस्वरूप म एसएलसी फेल भए ।
क्षतिपूर्ति पाउन मलाई आठ बर्ष लाग्यो ।।१।।

बाउन्न हण्डर र त्रिपन्न ठक्कर खाएर ।
फ़ेरि म सम्हालिए र नयाँ  सुरुआत भयो ।।
उच्च शिक्षा अध्ययन र लोक सेवा पढाइ ।
मेरा पहिलाका ट्युसने साथीहरुलाई उछिन्दै ।।
नेपाल  सरकारको शाखा अधिकृत भए ।
तसर्थ अहिले म आफ्नो अनुभव भन्छु ।।
अहिलेका हाम्रा भाग्यमानी विद्यार्थी पुस्ता ।
फ़ेल कोही हुन्नन् केवल न्यून जिपिए प्राप्त ।
त्यो पनि पुनः परीक्षा दिएर सुधार्न सकिन्छ ।।२।।

मैले जीवनमा स्वअनुभववाट सिकेको पाठ ।
जीवनमा लडनु असफ़ल कदापि होईन ।।
लडेर जुरुक्क उठ्नु र दगुर्नु ठूलो कुरो हो ।
भनिन्छ ईश्वर त्यस्लाई मात्र सहायता गर्दछन् ।।
जो जीवनमा कहिल्यै पनि हरेस खाँदैनन् र ।
सफ़ल हुन आफ्नो सहायता आफै गर्ने गर्छन् ।।
खरायो र कछुवाको दौड प्रतिस्पर्धामा अन्ततः ।।
धैर्य, लगनशील र मेहनतीले बिजयी हाँसिल गर्छन् ।।
तसर्थ  नयाँ पुस्ताका प्यारा भाइबहिनीहरुलाई ।
धेरै धेरै बधाईका साथ हार्दिक शुभकामना छ ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शुक्रबार, २२ असार २०८० शुभम् ।

Comments