५४८. आमा

 आमा         

❤️ आमाको साथमा हामी ❤️

प्रिय शब्द मधुर वाणि जगमा 

आमा समान प्रेममा ।

को नै छन् र मातृ सम्बन्ध बिना 

जन्मेको धरा धर्तीमा ।।

अशरिरी रुपमा देवता इश्वर पनि

काल्पनिक चित्रण गरि ।

साल नाल रक्तपिण्ड लिई शिशु 

मातृत्वको गर्भ भरी ।।

बाबू पितृत्व वंश रहि अंशमा 

आमा बसाउँछन् सृष्टि ।

मानवता धर्म सुकृति बनि रहोस्

सभ्य उन्नत दिव्य दृष्टि ।।

जब संकट आउँछ देव मानवमा 

मातृत्व शक्ति जाग्दछिन् ।

तब दैत्य असुर अन्यायी प्रवृत्ति 

टिक्न नसकी दुर भाग्दछन् ।।

मातृत्व आमा हुन् नारी स्वरुपमा 

मातृत्व देखिन्छ गुण धर्ममा ।

पितृ मातृ शिक्षा दीक्षा व्यक्त हुन्छ 

सन्तानको सद्गुण कर्ममा ।।

छोराछोरी बाटो बिराउँदा खेरी

आमाले नै देखाउँछीन् ।

बाबुआमा स्वयं बाटो बिराए भने 

परमेश्वर अगुवाइ गर्छन् ।।

साक्षात् देवी स्वरुप हुन् आमा 

निस्वार्थ सन्तति प्रेममा ।

आमा नै हुन् सारमा त्रिदेवी 

सावित्री रमा उमा ।।


✍️ वसन्तराज अधिकारी

घोराही उपमहानगरपालिका, दाङ 

मंगलबार १२ असार २०८० शुभम् ।

Comments