५४७. मेरी आमाको शुभ जन्मोत्सव र यसका परिदृश्यहरु

१. मेरी आमाको शुभ जन्मोत्सव  र यसका परिदृश्यहरु 

आज मंगलबार १२ असार २०८० आमा महतारीको ७८ औं जन्मोत्सव घोराही उपमहानगरपालिका वार्ड नं. १८  रझेना स्थित घरमा बिहानै ७:०० बजे आमासँग दर्शन ढोग भेट गरि चियापान भलाकुसारी पश्चात्  आमालाई  सुनाएको ताजा कविता सबैलाई साझा गरे ❤️✍️📝🙏🕉️
                     

📝 आमा भावना अधिकारी 

आमा !

चौध बर्षसम्म मैले पनि मेरी आमालाई
केवल आमाको नारी रूपमा मात्र पाएँ ।
विधाताको दुर्भाग्यपूर्ण दण्ड पश्चात्
आमाको भुमिकामा बुबाको स्वरुप भेट्टाएँ  ।।१।।

आमा! मैले धर्तीमा हजुरको उदरवासवाट
पाईला टेके पछि आमा!आमा!! भनि रोएँ ।
साथै काँ आए काँ आए को निशब्द आवाज
गुञ्जायमान भो करुणा आर्तनादका साथ ।।२।।

जन्मपुर्वका मेरा कथाहरु मलाई था छैनन्
जन्मेपछि मर्त्यमण्डल बोध हुँदै गयो ।
आमाकै गुरुत्तर ज्ञानवाट सिकाई शुरु भो
धर्तीमाता र साथमा साथी सहयात्रीहरु ।।३।।

मलाई जन्माउन हजुरले सहन गरेका ति
अगणित कष्ट पीडा र दु:ख था छैन ।
दु:ख पश्चात् क्षणिक  सुखको मृगतृष्णा
सन्तान प्राप्तिको सन्तोष भयो होला ।।४।।

हाम्लाई हुर्काउनु बढाउनु पढाउनु लेखाउनु
माउले चारा ख्वाएर बचेरालाई बढाउनु ।
शब्दमा अव्यक्त छन् लेखनी टक्क रोकिन्छन्
अथाह कालापहाड जस्ता असंख्य दु:खहरु ।।५।।

बाबुको बिज मांशपिण्डमा मानव आकृति बनि
शाल नाल सहित शिशु झरेर पृथ्वीमा ।
एउटा अबोध बालकका सामु असीमित चुनौती
नविनतम चुनौती र कष्टसँग हरहमेशा जुध्न ।।६।।

भोक लागे पछि  रोयो निन्द्रा लाग्दा चिच्चायो
नशब्द नभाषा हे विधाता! कठिन जीजिविषा ।
संसार देखाई बाबुलाई आमाले नै चिनाउनु भो
आफन्त चिनाउँदै बिजीगिषाको मातृशिक्षा ।।७।।

कहिल्यै तिर्न नसकिने मातृॠण दशधारा दूध
चुसाउँदै लिटो जाउलो पोष लाग्ने ख्वाउँदै ।
आमा विना यो संसारमा केहि छैन जस्तो लाग्ने
बाबू भन्दा आमाकै भरोसामा दिन वित्ने ।।८।।

आमाकै कृपा निर्देशनमा  मावली चिनियो
पहिलो गुरु आमावाट साक्षर भइयो ।
मावल हजुरबुबाले आमालाई पढाएको
सोही रित्ले पढाउनु भो आमाले हाम्लाई ।।९।।

बुबा जिवीत हुँदासम्म  पुत्रवत् व्यवहार पाइयो
बुबाको स्वर्गवास पश्चात् मित्रवत् व्यवहार ।
"लालयेत पञ्चबर्षाणि दस बर्षाणि ताडयेत
पाप्ते तु षोडषे बर्षे पुत्रं मित्रं समाचरेत" ।।१०।।

तथापि पहिला जन्मिएर जेठो हुनुको सौभाग्य
प्रारब्ध र सुकर्मको लेखान्त नै हुनुपर्छ ।
शिघ्रातिशिघ्र परिपक्वता आउँदा जीवनमा
यसैले उदाहरणिय बनाई कर्तव्यबोध गरायो ।।११।।

आफुसँगैका सँगी साथीभाइ बाआमाको स्नेह र
लाडप्यारमा लुटपुटिंदै गर्दा आफू भने ।
गह्रौ भारी जिम्मेवारीका सकि नसकि बोकेर
उकालो उक्लदै सुसेल्दै कदम बढाउँदै थिए ।।१२।।

हरेक सात्वीक भावको पछाडि एउटा वरदान हुन्छ ।
यसै क्रममा बिधाताको विधान निरन्तर चलिरहन्छ ।।
तिन्ताका  दुखान्तका कथा जस्ता लागे पनि अन्ततः ।
अब्बल र जीवन्त जीवनदायीनी शिक्षा बने अनुभव ।।१३।।

सारभुत रुपमा भोगाइ  कथा सबैका अआफ्नै हुन्छन्
दु:ख - सुख, सुख - दु:ख सबैले अवश्य भोग गर्छन् ।
बग्न थालेछु कि म कतै आफैभित्र आत्मकेन्दित भएर
अहँ ! सारतत्व बुझ्दा जीवन जगत यो कदापी होईन ।।१४।।

आमाको शिक्षा र संस्कारले नै जीवन सहज बनायो
त्यसैले आमा जीवित देवी हुन् भनेर भन्ने सिकायो ।
नारी रुप आमा "महामानव" हुन् पुरुषको भूमिका पनि
आमा! सदैव  सहजरूपमा कर्तव्य  निर्वाह गर्दछिन् ।।१५।।

यश धर्तीमा आमा भन्दा सर्व श्रेष्ठ  कोहि पनि छैनन्
आमाको निर्विकल्प ईच्छा सन्तानको सुख खुशी ।
यो सृष्टिमा आमा एक मात्र नियामक महारथी हुन्
आमा बनेपछि मात्र नारीलाई गौरवपुर्ण बनाउँछ ।।१६।।

यसर्थ

साँच्चिकै भन्दा मेरी आमामा मैले
आमाबाबु दुवैको द्वैध स्वरुप पाए ।
किमार्थ बाबु बिहिन हुनु परेन मलाई
आमाले सबै बाग्डोर सम्हालेपछि ।।१७।।

परन्तु

यश अवधिमा मैले पनि निर्धक्क
अरु किशोर सरह मनमौजी हुन ।
चञ्चल किशोरावस्था र युवावस्थाको
मदमस्तीमा  फ़ेरि  भोटेताल्चा लाग्यो ।।१८।।

चाँडै नै परिपक्वता र समझदारी ल्यायो
जुझारु र संघर्षरत फौलादी बन्न सिकायो ।
बुबाको संरक्षकत्वमा हुर्केका भन्दा बेशी
आत्मबल दृढता र जीवन बुझ्न सिकायो ।।१९।।

तसर्थ

मलाई कोरा कल्पना र अरुको चरीत्र चित्रण
लाञ्छनिक दृष्टान्त भन्दा फरक विशिष्ट ।
आफ्नै गौरवपुर्ण इतिहास बनेका आत्माकथा
लेख्दैछु यद्यपि यि साहित्य नहुन पनि सक्छन् ।।२०।।

किनकि

साहित्यकार महोदय आफ्ना कथा भन्दा
अरुकै कथा व्यथा देख्छन् र लेख्छन् ।
त्यसैले कवि कथाकार साहित्यकार बन्छन्
आफुलाई समाजभन्दा विशिष्ट ठान्छन् ।।२१।।

जस्को बारेमा केहि लेखिन्छन् उसले पनि
यस्को प्रतिफल केही पाए त सेवा हो ।
अन्यथा साहित्य पनि वर्तमान राजनीति भन्दा
फ़ेरि कुन अर्थ र सन्दर्भमा पृथक  रह्यो र !।।२२।।

जन्मदिन !

आज असार १२ गते मेरी आमाको जन्मदिन
मेरो आफ्नै जन्मदिन मनाउन पनि मलाई ।
मेरा प्यारा छोराछोरीले सिकाएका हुन् भने
यहीँ शिक्षा अनुसरण गर्दै यथाशक्य गर्दैछु ।।२३।।

नयाँ पुस्ता

जन्मदिन मनाउन पश्चिमा अंग्रेजी सभ्यताले
सिकाएको हो हाम्रो नयाँ पुस्तालाई ।
त्यसैले  यो आयातित संस्कार र संस्कृति हो
नयाँ पुस्ताले छिटो ग्रहण गरेर अपनाए ।।२४।।

हरेक परिवर्तन नयाँ पुस्ताले नेतृत्व गर्छन्
फ़ेरि राम्रो कुरा हामीले पनि मान्नुपर्छ ।
आफ्नो र आफ्ना मान्छेको जन्मदिन मनाउन
अवश्यम्भावी गौरवान्वित भने हुनुपर्छ ।।२५।।

आखिर फ़ेरि जन्मभन्दा ठूलो के छ र याहाँ
आफू मरे डुमै राजा बाँचे बजाईन्छ बाजा ।
तर यसमा नयाँ पुस्ता र हामी पुरानो पुस्ताको
तौर तरिका भने अवश्य फरक हुनुपर्छ ।।२६।।

हामी मन्दिर वा बाबुआमा मान्यजनकहाँ
गएर आध्यात्मिक भावको धारण गर्दै ।
शुद्ध शाकाहारी भोजन र खानपिन गर्छौ
नयाँ पुस्ता जन्मदिन केक र सुरापान गर्छन् ।।२७।।

सम्झौता

द्वन्द्व स्पष्टता अर्थात् मतैक्यता कदापि छैन 
पुर्वीया र पश्चिमा चालचलन संस्कृति ।
त्यसैले त अब हामीहरू एक कदम अघिबढी
सम्झौता गरेर हाँस्दै खुशीले बाँच्नुपर्छ ।।२८।।

आदरणीय आमा महतारी भावना अधिकारीको ७८ औं जन्मदिनको पावन अवसरमा श्री गणेश, अष्टचिरञ्जीवि र कुलदेवता पितृले रक्षा गरुन् दीर्घायु, आरोग्य, सुख, शान्ति, सन्तोष कुशलताको कामना सहित हार्दिक शुभकामना !!!

आमाको ७८ औं जन्मोत्सव २०८०
२. आदरणीय हाम्रो आमा सबैकी  प्रेरणा स्रोत महान हुनुहुन्छ ।।

छोराले तीन बीसको ढिकढाक टेक्दा ।
करिब चार बीसको संघारमा आमा ।।
अपार स्नेह छ छोराछोरीको खुसीमा ।
खुशी सुख सन्तोष र आनंद मानि रमाउने ।।१।।

बिहानै चार नबज्दै  बिछ्यौना छोडेर ।
स्नान, ध्यान पुजा पाठ प्रारम्भ हुन्छ ।।
देह शुद्धि इश्वर प्रार्थना पाठ गर्नुहुन्छ ।
शिव चालिसा भगवती स्तोत्र प्रार्थना ।।
पाञ्चायन समेत सबै आराध्य देवी देवता ।।२।।

स्वरचित अध्यात्मिक भक्ति धारा पाठ ।
जप तप ध्यान प्रार्थना गर्नुहुन्छ आमा ।।
शुद्धा शुद्धीको अत्यन्त ख्याल राख्नु हुन्छ ।
चोखो बस्त्र धारण अभक्ष सेवन सदा बर्जित ।।३।।

मैले बुझ्ने भएपछि आमाको तरिका यहि छ ।
संस्कृतका कठिन श्लोक र भावार्थ ज्ञान छ ।।
स्वयं पनि रचनु हुन्छ कविता र आख्यान ।
आफुले रचेका अधिकांश मुखाखर पनि छन् ।।४।।

प्रायः घरमै बस्न रमाउने सदाचार स्वभाव ।
आमा हुँदासम्म सन्तानलाई हुँदैन अभाव ।।
हामी आफ्नो बल बुतामा बाँच्ने भएपछि ।
अंशबण्डा गरिदिनु भयो आफू समान गरि ।।५।।

धार्मिक आचरण उच्च अध्यात्मिक संस्कार ।
मावल हजुरबुबावाट अनुसरण गर्नु भयो ।।
पितृप्रधान समाजमा छोराहरू बिधर्मी भएनि ।
असल छोरीको भूमिकाको दृष्टान्त आमा ।।६।।

हरेक बिषय बस्तुमा आफ्नो धारणा हुन्छ ।
अर्काको कुरा हम्मेसी नपत्याउने स्वभाव छ ।।
स्वनिर्णय गर्न सक्ने असल व्यवहार बुझ्ने ।
सुनलाई जस्तैः गरि बैचारिक कसी लाउने ।।७।।

आमाको समकालीन धेरै आमाहरू अझै ।
बाबुको अधिनस्त र सहारामा बाँचेका हुन्छन् ।।
हाम्री आमा जुझारु राजनेता समान दुरदर्शिता ।
हरेक बिषयवस्तुमा गहन ज्ञान चक्षु रहेको छ ।।८।।

हाम्री आमाले आफ्नो संक्षिप्त परिचय दिदै ।
साहित्यिक भावधारामा यसरी परिचय दिनुहुन्छ ।।

भावना हो नाम अधिकारी  थर ।
मानपुर गाविस मजगाउँ हो घर ।।
हालै आयौ घोराही रझेना घुमेर ।
अठहत्तर बर्ष भो मेरो उमेर ।।९।।

मेरो जन्मदायिनी परम स्नेहि प्रिय ।
आमा माया ममताकि खानी ।।
शुभकामना समर्पित गर्दैछु ।
शुभ जन्मोत्सव जानी नजानी ।।
आचार्य कुल बंशमा जन्म भयो ।
सुन्दर स्थान रोल्पा लिवाङ ।।
विक्रम संवत् को २००२ साल १२ असार
कोमानिधि र देवकाको गर्भमा ।।१०।।

आमाका दर्जनौं साहित्यिक कविता छन् ।
साहित्यिक संस्थाले मुखाखर कवि भन्छन् ।।
अनौपचारिक पुरानो शास्त्रीय संस्कृत शिक्षा र
आधुनिक कक्षा आठसम्म पढाई छ आमाको ।।११।।

यहाँ मैले आमाको मुहार पुस्तिकामा एउटा ।
आमाको बिशिस्टरूपमा पेज बनाईदिएको छु ।।
साहित्यकार तथा मुखाखर कवि भावना अधिकारीका
मनोभावनाहरु लिपिवद्ध इकागजमा प्रकाशन गर्दछु ।।१२।।

यो पेज फलो गर्नुस् र पढ्नु हवस् तब मात्र ।
चिन्नु हुनेछ आमा भावना अधिकारीलाई ।।
वाहाँका सिर्जनात्मकता र रचनावाट नै स्पष्टत: ।
अवश्यमेव बुझ्न, चिन्न र अनुयायी बन्न सक्नुहुन्छ ।।
जन्मदाता पालनकर्ता शिक्षा संस्कारदाता हाम्री आमा ।
आदरणीय हाम्रो आमा सबैकी प्रेरणा स्रोत महान हुनुहुन्छ ।। १३।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
मंगलबार  १२ असार २०८० शुभम् ।

Comments