५४६. दोस्रो वैवाहिक बर्ष गाँठ, २०८० को हार्दिक शुभकामना !!! सदैव कामना गर्दछौं छोरी तिम्रो सुनौलो जीवनको ।।

दोस्रो वैवाहिक बर्ष गाँठ, २०८० को हार्दिक शुभकामना !!!
सदैव कामना गर्दछौं छोरी तिम्रो सुनौलो जीवनको ।।       

बायाँवाट क्रमशः श्रीमती एशोदा अधिकारी, श्री रोहित फुयाल, श्री विपना अधिकारी फुयाल र साथमा म वसन्तराज अधिकारीको वैवाहिक समयावधि, २०७८ को सान्दर्भिक तस्बिर 

प्रिय छोरी विपना /पुज्यनिय आत्मीय जूवाईं रोहित ।
दोस्रो वैवाहिक बर्ष गाँठको हार्दिक शुभकामना ।।
समादरणीय सम्धी सम्धिनीज्यु प्रिय्  साना जुवाई ।
सम्बन्धित सकल परिवार आफन्त जन इष्टमित्र ।
दर्जानुरुप  प्रेमवत् ढोग शुभ आशीर्वाद समर्पण ।।
दिनहरू कति चाँडै हेर्दाहेर्दै व्यतीत भए दुई बर्ष ।
छोरी विपना सुखी खुशी हुनु उन्नति प्रगति होस् ।
स्वस्थ्य मस्त व्यस्ततामा जीवन व्यतीत होस् ।।
छोरी मायाकी खानी सत्गुणकी धनी हाम्री नानी ।
तिम्रो हात समाई कीर्तिपुरमा डुलाएको स्मरण ।।
राष्ट्रिय, केशर र पाठ्यक्रमका पुस्तकालयमा घुमेको ।
तिम्रो पढाईको अब्बल क्षमता स्मृतिमा आउँछन् ।।
कानुनको अध्ययन तिम्रो आफ्नै थियो अभिरुचि ।
आफ्नो योग्यताको सदुपयोग र राष्ट्रलाई योगदान ।।
अग्र पंक्तिमा रहेर गर्नु सदैव एक कर्मठ छोरी बनि ।
सदैव कामना गर्दछौं छोरी तिम्रो सुनौलो जीवनको ।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
बिहीबार, ७ असार २०८० शुभम् ।

Comments

Post a Comment