५४४. प्रतिदिन कष्टकर बन्दै गैरहेछ हाम्रो दैनन्दिन जनजीवन ।।

प्रतिदिन कष्टकर  बन्दै गैरहेछ 
हाम्रो दैनन्दिन जनजीवन ।।            

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ 

असार महिना लागि सक्यो
वर्षा भाको छैन ।
खेत वारि सब सुखा सुखा
हरियाली कहिँ छैन ।।
कस्तो निर्मम खडेरी भो
पानी पनि पर्या छैन ।
किसानको यि दु:ख पीडा
अगणित लेखेर सकिन्न ।।
कहिले होला मनसुन आउने
हुने होला याहाँ वर्षा ।
खडेरी  हुरी र सुखा बतास
मात्र दैनिक चल्छ याहाँ ।।
जलवायु परिवर्तन हो अथवा 
मौसमको दिशा परिवर्तन ।
प्रतिदिन कष्टकर बन्दै गैरहेछ
हाम्रो दैनन्दिन जनजीवन ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ दाङ, नेपाल
शनिबार, २ असार,२०८० शुभम् ।

Comments