५४२. अघोषित रूपमा बिजुलि बत्ति काटिरहेछ ।

अघोषित रूपमा  बिजुलि बत्ति काटिरहेछ  ।                    

✍️ वसन्तराज अधिकारी

उफ! गर्मी असाध्य बढिरहेछ ।
पानीका स्रोत सुक्न थालेछन् ।।
माग अनुरुप आपूर्ति धान्न ।
कठिनाइ भएर होला सायद ।।
अघोषित बिजुलि बत्ति कटौती ।।१।।

तापक्रम बढेर उत्कर्ष पुगेको छ ।
जनजीवन त्रसित भैरहेको छ ।।
हिमालसम्म पनि गर्मी बढेको ।
खबर समाचार सुन्नु परेको छ ।।२।।

यो जेठ मास चालीस डिग्री तापक्रम ।
असाध्यै गर्मी बढिरहेको अवस्था छ ।।
कस्तो प्रतिकुल समय आएको होला ।
तथापि ! असहज भोग्नै परेको छ ।।३।।

पाठशाला विद्यालय विदा भैसकेका छन्  ।
मकै रोप्न ढिला भैसकेको अवस्था छ ।।
धानका बीउ राख्नुको सुरसार केहि छैन ।
किसानलाई कसरी हुन्छ र अब चैन ।।४।।

पृथ्वी जताततै धपक्क बलिरहेको छ ।
तराई भुभाग बढी संत्रस्त भएको छ ।।
पानीका खोला कुवाहरु सुकेका छन् ।
कस्तो बेला आयो सर्वत्र हैरानी मात्र छ ।।५।।

मानिसले जति विकास गरे पनि ।
दैवकै भरपर्नु पर्ने नियति हुन्छ ।।
त्यसैले त नास्तिक प्रचण्ड दाइ ।
महाकालेश्वर र पशुपतिनाथ पुग्छन् ।।६।।

प्रकृतिको नियमले संसार चल्दैछ  ।
वसन्त ॠतु पछि शिशिर चक्र आउँछ ।।
सुर्योदय पश्चात् फ़ेरि सुर्यास्त हुन्छ ।
एवम् रितले दिनरात घुमेर आउँछन् ।।७।।

मानिस बिज्ञानको सहारामा कुर्लन्छ ।
ज्ञान देखि धेरै टाढा टाढा पुग्छ ।।
बिज्ञान एकातिर विकास गर्दै जान्छ ।
अर्कोतिर बिनाशको खतरा जन्मन्छ ।।८।।

नदीको पानीवाट बिजुलि निकालेर ।
दैनिक जीवन चर्या सहज भएको छ ।।
जलवायु परिवर्तनको प्रतिकुलताले ।
मौसम चक्र अनुकूलन भएको छैन ।।९।।

हिउँद बर्षिएन न त वर्षा समयमै भाछ ।
खेतीपातीको समय आइसक्दा पनि ।।
पानी पर्ने खै अत्तोपत्तो केहि पनि छैन ।
अघोषित रूपमा बिजुलि बत्ति काटिरहेछ ।।

✍️ वसन्तराज अधिकारी
दाङ,घोराही ।
मंगलबार, जेठ ३०, २०८० शुभम् ।

Comments