५३५. अनुत्तरित छैनन् कुनै पनि ।।

अनुत्तरित छैनन् कुनै पनि ।।  

✍️ वसन्तराज अधिकारी
                      घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

दु:ख पछि आउँछ सुख ।
रात पछि फर्कन्छ दिन ।।
आइरहन्छन् निरन्तर घुम्दै ।
यहीँ चक्र  मानव जीवन ।।

स्मृतिका जीवन्त पलहरु ।
फ़ेरि बिस्मृत भैदिन्छन्  ।।
तथापि तिन्ले बनाका डोब ।
पदचाप बनि पछ्याउँछन् ।।

जीवनमा छन् अनेकौं प्रश्न ।
प्रत्येक प्रश्नका उत्तर पनि ।।
स्वयं आफैं भित्र  पुर्ण छन् ।
अनुत्तरित छैनन् कुनै पनि ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
शुक्रबार, जेठ १९, २०८० शुभम् ।

Comments