५३४. आमाको सिर्जनात्मक त्रिभुज कविता

 आमाको सिर्जनात्मक त्रिभुज कविता      

✍️ साहित्यकार तथा मुखाखर कवि आमा श्री भावना अधिकारी साथमा जेष्ठ सुपुत्र म वसन्तराज अधिकारी 

       

१. आफ्नो मन आफै बुझाउनु पर्दछ ।


माया मोह गरेर धन जन महाँ आउँदैन ज्ञान्को मति । 

त्याग्नु पर्दछ माया र ममता जाँदैन केहि सति ।।

पाप र पुण्य मात्र हो सती जाने अरु झुठो ठान्दछु ।

बसमा पार्नु पर्दछ उदासी मन यो सत्य यहीँ मान्दछु ।।

आफ्नो मन आफै बुझाउनु पर्छ अरुले बुझाए झन पिर पर्छ ।।


२. छोराछोरीलाई उपदेश 


हे ! छोराछोरी हो म भन्छु सबमा गर्नु सदा उन्नति ।

पाँचै औंला सरि मिलेर बस्नु झगडा नगर्नु रति ।।

झगडा गरेर केहि हुन्न सार बस्नु मिलेर सधैं बारम्बार ।

मनले सोंचेर धेरै काम गर्नु भोलि गरुँला भनी पछि नसर्नु ।।

जे गर्नु पर्नेछ आफ्नै मनले गर्नु अरुको भरमा कहिले नपर्नु ।

आफ्नै मनले गरेका काम मिल्छ अरुको भरमा परे धोका दिन्छ ।।


३. आमाको महिमा 


आमा तिमी जन्मदिने मलाई ।

आमा तिमी प्रेम दिने मलाई ।।

आमा तिमी बोट म फुल तिम्रो ।

हो दाना तिम्रै जति जे छ मेरो ।।

हरदम बहाई कन प्रेम धारा ।

दिन्छेउ मलाई कतिको सहारा ।।

यति छ तिम्रो गुणको निमित्त ।

केहि कुरा छैन दिने मबाट ।।

खुशी र महिमा म सधैं दिनेछु ।

दु:ख र पिर म हटाई दिन्छु ।।

आमाको महिमा म लेख्दैछु ऎले ।

आमालाई सन्तोष लगाउने छु जहिले ।।

दु:ख र पिर दिने छैन कहिले ।।


रचना : आमा भावना अधिकारी

सम्पादन तथा लेखन : वसन्तराज अधिकारी

घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल 

मिति : शुक्रबार, जेठ ५, २०८० शुभम् ।

Comments