५३३.किनकि अहिले पनि हाम्लाई पशुपतिनाथले रक्षा गर्छन् ।।

किनकि अहिले पनि हाम्लाई पशुपतिनाथले रक्षा गर्छन् ।      

✍️ वसन्तराज अधिकारी

खोला खोल्सा जरुवा कुवा पानीघाट  सुकेका छन् ।
धन्न जमिन मुनिको पानीले जीवन धानेका छम् ।।
गत बर्षको न्यून वर्षा पश्चात् हिउँद पनि बर्षिएन ।
काकाकुल जस्तैः बनायो खै त यो बर्ष बर्षा बर्षिएन ।।१।।

हाम्रो पानीको समुचित बैकल्पिक स्रोत पनि केहि छैन ।
घरको धारामा पनि खाने पानी अत्यन्तै  न्यून आउँछ ।।
चारैतिर सुख्खा जर्जर  र अत्यधिक गर्मी बढिरहेको छ ।
थकानले गर्दा जिउ पनि गल्छ शरीर भतभत पोल्दछ ।।२।।

एकातिर तिव्र शहरीकरणले उकुसमुकुस जस्तैः छ ।
कहाँ पाउनु अब फ़ेरि प्राकृतिक स्वच्छता र सुन्दरता ।।
बालककालको सम्झना आउँछ अहा! कस्तो अनुपम ।
अब कहाँ पाउनु ति शान्ति सुन्दर स्वर्गीय सुख चयन ।।३।।

पानी प्राण सञ्जिवनी जीवनदायिनी जल अमृत समान ।
जल जमीन र जंगल बिना कदापि  रहँदैन हाम्रो प्राण ।।
गृष्म ॠतुको उखरमाउलो गर्मीले जन मानस त्रस्त छ ।
बिजुली बत्तीको अनियमितताले अझै संत्रस्त भैरहेछ ।।४।।

अघोषित लोडसेडिङ जस्तैः बेला न कुबेला बत्ति जान्छ ।
न कुनै पुर्व सूचना तथा जानकारी सम्प्रेषण नै गर्दछ ।।
भ्रष्ट लूटेरा दलाल राजनेता र उच्च पदस्थ कर्मचारी वर्ग ।
कस्तो प्रताडित जीवन  रहेको अवस्था विद्यमान सर्वत्र ।।५।।

आर्थिक संकट भइ  व्यापारी व्यवसायी बर्ग निरास छन् ।
देशमा समुचित रोजगारीको अभावमा बिदेश गैइरहेछन् ।।
तथापि नागरिक त्यति दु:खी निराश नभै औसत खुशी छन् ।
किनकि अहिले पनि हाम्लाई पशुपतिनाथले रक्षा गर्छन् ।।६।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
बुधबार, जेठ ३, २०८० शुभम् ।

Comments

Post a Comment