५३२. समय !!!

समय !!!

✍️ वसन्तराज अधिकारी
                                     घोराही, दाङ 

दृश्य कहिल्यै नहुने तर सधैं सबैसँग ।
अन्तरसम्बन्ध अभिन्न भएर रहने ।।
दु:ख विर्साउने अनि सुख सम्झाउने ।
हरेक काममा साथ सहयोग पनि दिने ।।
कर्मको प्रतिफल दिने भाग्य बिधाता ।
सबैको गुरु दार्शनिक महान शिक्षक ।।
जसको बाहुपासमा सबै परिवेष्टित ।
हामी अन्ततः बत्तीको पुतली जस्तैः ।।
जो साक्षात ब्रह्मा हुन् उनै बिष्णु हुन् ।
शिव स्वरुप फ़ेरि भगवती दुर्गा हुन् ।।
यस्ले न त कसैलाई कहिल्यै पर्खिन्छ ।
न त कसैको आग्रह निगाहमा रोकिन्छ ।।
अनवरत नित्य निरन्तर चलिरहन्छ ।
सार्वभौम शाश्वत कालजयी अपरिहार्य ।।
त्यस्तो अमृतत्व समान जो हामीसँग छ ।
अदृश्य भएर पनि कर्मफल दिरहन्छ समय!!! ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
अपरा एकादशी, सोमबार १ जेठ २०८० शुभम् ।

Comments