५२७. स्वप्ना सरि बुझी सबै जगतको प्रपञ्च सारा । मुक्तात्मा बनि सदैव संसार गर्नु भोग प्यारा ।।

स्वप्ना सरि बुझी सबै जगतको प्रपञ्च सारा ।
मुक्तात्मा बनि सदैव संसार गर्नु भोग प्यारा ।।  

✍️ Me वसन्तराज अधिकारी साथमा श्रीमतीजी 

ढलेर साक्षात दिनको दिव्य ज्योति उज्यालो ।
कराल  कालो रात तम भवको  निशात्यो ।।
स्वकर्तव्य कर्म  सारा निभाउनु पर्छ यो जगत्मा ।
भुलेर दु:ख सब तन्मय साथ मस्त निन्द्रामा ।।
                     ।।१।।
जाग्रत स्वप्न सुषुप्त त्रिअवस्था लिएर चक्र ।
चल्दैछ नित्य शाश्वत जीवन गति भएर बक्र ।।
दुरुस्त लाग्ने कहिले जागृति चेतना समान ।
तथापि नित्य कर्म क्रिया शुन्य सरि छ ज्ञान ।।
                     ।।२।।
अतृप्ति चाहना भित्र रहेछ एक नि:शेष भोग ।
सुषुप्त रहेछ अकर्म जीवन  सक्रिय अचेत ।।
स्वप्ना सरि अटल केहि पनि छैन प्रिय मित्र ।
नानाथरी रंग विविध विधा दृश्य चित्र बिचित्र ।।
                     ।।३।।
सानो बालक बनेर घुम्दै फ़ेरि उहि घरगाउँ तिर ।
अध्ययन संघर्ष र वृत्ति पथका स्मृति प्रखर ।।
यस्तो जागृत स्वप्ना बुझेर पनि बुझ्नै नसक्ने ।
इच्छा अतृप्ति चाहना दुरुस्त प्रतिविम्ब बोक्ने ।।
                      ।।४।।
राजर्षी जनक खुब झुक्किए यहि स्वप्नमा ।
शास्त्रास्त्रले फ़ेरि मिल्न गयो अष्टाबक्र-गीता ।।
स्वप्ना सरि बुझी सबै जगतको प्रपञ्च सारा ।
मुक्तात्मा बनि सदैव संसार गर्नु भोग प्यारा ।।
                       ।।५।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
शुक्रबार २९ बैशाख २०८० शुभम् ।

Comments