५२५. भाञ्ज श्री अमृत अर्यालको शुभ विवाह कार्यक्रममा स्याङ्जा जिल्लास्थित पुतलीबजार, मायाटारी, बगालथोक पारिवारिक भ्रमण : एक संस्मरण

भाञ्ज श्री अमृत अर्यालको शुभ विवाह कार्यक्रममा स्याङ्जा जिल्लास्थित पुतलीबजार, मायाटारी, बगालथोक पारिवारिक भ्रमण : एक संस्मरण                 

स्याङ्जा पुतलीबजार नगरपालिका, मायाटारी, बगालथोक पारिवारिक भ्रमणका सहभागीहरु ❤️🙏🕉️

घोराही उपमहानगरपालिका स्थित वडा नं. १७ पनौरा निजी निवासवाट सोमबार, बैशाख १८, २०८० बिहानै ४ बजे उठि शुचि निची,स्नान ध्यान सकाई ठिक पाँच बजे तयारी अवस्थामा रहि हाम्रो पारिवारिक यात्रा प्रस्थान गरेउ । हाम्रो टोलीका संयोजक ठुलो ज्वाईं साप श्री नवराज न्यौपाने हुनुहुन्थ्यो । हाम्रो यात्रा समुहमा तपसील बमोजिमको जम्मा  १२ जना सहभागी भै दाङवाट हाईस गाडीमा बुटवल र तहाँ बुटवल बसपार्कवाट पोखराको बसमा  अगाडि बढेउ । यात्रामा सहभागीहरुको नामनामेसी तपसिल बमोजिम रहेको छ ।

भ्रमण टोलीमा सहभागीहरुको नाम नामेसी विवरण 

१. आमा श्री भावना अधिकारी
२. म वसन्तराज अधिकारी
३. श्रीमती यशोदा अधिकारी
४. ठुला जुवाई श्री नवराज न्यौपाने
५. ठुली बहिनी श्री बालिका शर्मा  न्यौपाने
६. माहिलो जुवाई श्री युवराज ज्ञवाली

७ ठूलो भाञ्जी जूवाईं श्री रुद्र पन्थी 

८. ठुली भाञ्जी श्रीमती अञ्जु शर्मा पन्थी
९. सानो भाञ्जी ज्वाइँ श्री जनार्दन दाहाल
१०. सानी भाञ्जी श्री अनुराधा शर्मा दाहाल
११. छोरी श्री किरण अधिकारी
१२. नाति अनुराग दाहाल ।

हाम्रो स्टेशन घोराही कटुवा खोलावाट अगाडि बढदै जाँदा हामी
गढवा गाउँपालिका वार्ड नं. १ कालाकाटे आईपुगी  रेष्ट शौचालयमा फ्रेस भै तहाँवाट बुटवल बसपार्क सम्म आईपुग्यौ । बुटवल बसपार्कवाट स्याङ्जा पुतलीबजार मायाटारी, बगालथोकका लागि प्रस्थान गरेउ । तहाँवाट सर्वप्रथम सिद्धबाबा उकालो पारगरेर फ़ेरि दोभान आईपुग्यौ । त्यसपछि तिनाउ गापा ३ भुतखोला, पाल्पा पश्चात्  तिनाउ खोलाको किनारै किनार केराबारी, जोरधारा चरङ्गे, चरचरे  पाल्पावाट अगाडि बढदै तानसेन नपा तल्लो डुम्रे, वृन्दाबन, बाँसटारी, तानसेन नगरपालिका वार्ड नं. ७ प्रवास, वर्तुङ, चिर्तुङधारा गापा आर्यभञ्ज्याङ्ग, गाहखोला, राम्दी गाउँपालिका स्याङ्जा र राम्दी पाल्पा स्याङ्जाको दोभान राम्दी पुल पारी पट्टी भएर  काली गण्डकीको किनार  गल्याङ्ग नगरपालिका स्याङ्जा, मालुङ्गा, गल्याङ जिरो, गल्याङ नगरपालिका ३ गल्याङ स्याङ्जा हुँदै करादी खोला, तीनदोबाटे च्युरी भिर बायाँटारी भएर वालिङ नगरपालिका १० स्याङ्जा, भकुण्डे विभिन्न स्थानहरुको जानकारी बसका सहयात्री श्री तोकलाल डुम्रे भाइवाट जानकारी प्राप्त भयो । त्यसपछि वालिङ ८ मोड, मेनरोड, जैसीपधेंरा चोक, वालिङ नगरपालिका वार्ड नं. ६ मिर्दी स्याङजा वालिङ १ रामबाच्छा, त्रियासी, भिरकोट नगरपालिका वडा नं. ४ छ्याङ्छ्याङदी, झारुङखोला, भिरकोट नगरपालिका वार्ड नं. १ बयरघारी, दारसिंह, पुतलीबजार नगरपालिका वडा नं. ११ हेलु बजार भएर मायाटारी, हर्दासखोला पुल पल्लोपट्टी बगालथोकको अगाडि  प्रतीक्षालय तत्पश्चात खोलेथोक स्थित कान्छी बहिनीका स्याङ्जा स्थित मुलघर पुग्यौ ।

बगालथोक प्रतीक्षालयवाट भाञ्ज अमृत अर्यालको अगुवाईमा सहोदर कान्छी बहिनी सीता शर्मा अर्यालको मुलघर आईपुग्यौ । बिबाहको कार्यक्रम तयारीमा सबैसँग चिनापर्ची ढोगभेट पश्चात् खाजा नास्ता खाई बेलुका तिर श्रीमती यशोदा भाञ्जी ज्वाइँ श्री जनार्दन दाहाल र ठुला जुवाई नमराज न्यौपाने सहित बेलुका पेल्काचौरको नजिक कालोपत्रे बाटोसम्म घुमफिर गर्न पुगेउ । तहाँवाट फर्केर खानपिन गरि आनन्द मस्त साथ निन्द्रा देवीको शरणमा परेउ । एवम् रितले रमाउँदै तीन रात चार दिनको सुखद रमाइलो बसाई र वैवाहिक कार्यक्रममा सहभागी भयौ । सहोदर कनिष्ठ बहिनी श्रीमती सीता शर्मा अर्याल र जुवाई श्री थम नारायण शर्मा अर्यालका जेष्ठ सुपुत्र पुञ्जनिय भानिज श्री अमृत अर्यालको शुभ विवाह स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नं. १ दीपशिखा टोल निवासी श्री यमकान्त खनाल र श्रीमती माया खनालकी सुपुत्री सुश्री स्मृतिरेखा खनालका साथ मिति २०८० बैशाख २० बुधवारको शुभ साईतमा सुसम्पन्न भयो । सभ्य भव्यरुपमा शुभ बिबाह कार्यक्रम सुसम्पन्न भए पश्चात्  बिहिवार २१ वैशाख २०८० का दिन पुर्व सहयात्री हामी बाह्र जनाको टोली बिहान् ७ बजे स्याङ्जावाट प्रस्थान गरि अपरान्ह ५ बजे आराम साथ घरमा आईपुग्यौ । लामो कालान्तरमा पनि ताजा संस्मरण रहोस् भन्ने हेतुले संक्षिप्त यात्रा वैवाहिक कार्यक्रममा सहभागिता सहितको वृतान्त लेख आफन्तजन र शुभेच्छुकहरुमा समर्पित गरे । हवस् त धन्यवाद ❤️🙏🕉️

२५६७ औं बुद्ध जयन्ती, उभौली पर्व र चण्डीपुर्णिामा, २०८० समेतको हार्दिक मंगलमय शुभकामना !!!

  
भवतु सब्ब मंगलम् !


      सान्दर्भिक तस्बिर संलग्न :

      




📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
शुक्रबार २२ बैशाख २०८० शुभम् ।

Comments