५१८. शिव पाँच अक्षर स्तुति सरल नेपाली भाषामा

शिव पाँच अक्षर स्तुति सरल नेपाली भाषामा 

Me Basanta Raj Adhikari with madamji

बिषधारी सर्पको माला घाँटीमा बेरने ।
ज्ञान चक्षु सहित तीन आँखा भएका ।।
शरीरभरि श्मशान भष्म खरानी घस्ने ।
देवताका पनि देव महेश्वर नाम रहेका ।।
सदैव शुद्ध चित्त बुद्ध स्वरूप सर्वाङ्ग नाङ्गै ।
'न' कार निषेध स्तुति  हजुर नमस्कार शिव ।।
चम्किलो ज्योति आकाशगंगाको तेज समान
देदीप्यमान  शिरमा चन्दन श्रीखण्ड धारण ।
साँढेको बाहन हजुरको महेश गर्दछु नमन ।।
अनेकौं थरी पवित्र पुष्पहारले पुजित हजुर ।
'म' स्वरुप हजुरलाई सदा नमस्कार छ ।।
शिव र गौरी हजुरलाई गर्दछौ बन्दना ।
सुर्य सरि तेज दक्षको यज्ञ विनाशकर्ता ।।
हे ! निलकण्ठ साँढे बाहन हजुर्को साधन ।
'शि' स्वरुप शिवलाई गर्दछौं बन्दना ।।
वशिष्ठ, कुम्भ, गौतम आर्य आदि ॠषिश्वर
चर्चित शेखर हजुरको नाम देवता मुनिश्वर ।।
चन्द्रमा कान्ति ज्ञान चक्षु परम दिव्य स्वरुप ।
यस्ता 'व' स्वरुप शिव बाबालाई नमस्कार छ ।।
यक्षस्वरुप जटाधारी पिनाक धनु छ हातमा ।
हे ! परमेश्वर सनातन देव नग्न हजुर्को स्वरुप ।।
सदैव गर्दछौं नमस्कार छ 'य' कार हजुर ।
नम: शिवाय यि पाँच अक्षर हुन् अमुल्य अस्त्र ।।
जस्ले पाठ गर्छन् प्रतिदिन शिवको सानिध्य पाउँछन् ।
हर्दम शिव साथ पाई सदा नै शिव प्रिती लाउँछन् ।।
शंकराचार्य रचित पाँच अक्षर मन्त्र महिमा अपार ।
शिव प्रिय बार सोमबार निरंजन निराकार स्वरुप ।

✍️ वसन्तराज अधिकारी
घोराही १७ दाङ
सोमबार ३ बैशाख २०८० शुभम् ।

Comments