५२४. बाह्र आनाको खर्च हुने आठ आना छैन कमाई ।

बाह्र आनाको खर्च हुने आठ आना छैन कमाई ।    

✍️ वसन्तराज अधिकारी
                                     घोराही, दाङ 

अनावश्यक भद्दा सरकारी संगठनलाई बढाई ।
अनुत्पादक खर्च नियन्त्रणमा छैन कुनै कडाइ ।।
दुरदर्शिता हिन नेतृत्व र राष्ट्रसेवक लोभी-पापी ।
आर्थिक संकट निवारण गर्ने उपाय छैन केहि ।।
                         ।।१।।
अर्बौं रकम राजस्व प्राप्त हुन बक्यौता छ बाँकी ।
सरकारी भर्ती केन्द्र छन् लुटतन्त्रका हिमायती ।।
नेता पाल्ने कार्यकर्ता पोस्ने रैछ संयन्त्र सरकारी ।
बेथिति र चरम विकृतिलाई गरौं अब खबरदारी ।।
                          ।।२।।
राष्ट्रसेवकको तलब भत्ता पेन्सन कसरी हो धान्ने?।
राष्ट्रऋण लिएर यति धेरै नेता किन पाल्न पर्ने ? ।।
दृष्टिकोण बिनाका नेतृत्वले गर्ने भए जगहँसाई ।
बाह्र आनाको खर्च हुने आठ आनाको छैन कमाई ।।
                           ।।३।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
आइतबार १७ बैशाख २०८० शुभम् ।

Comments