५२३. प्रारब्ध त्यहीँ बलवान् छ ।

प्रारब्ध त्यहीँ बलवान् छ ।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ 


आफ्नो आफन्त हो आफै
परिवार सन्तान जो जे भएपनि ।
कर्मले हात मुख जोर्ने हो
धनी गरिब सबैले नि ।।१।।

धनको थुप्रो भएर के गर्दछौं
विद्वान जति भए नि आफै छौ ।
मुठी कसी भवमा जन्मेउँ
हात खोलेर मर्दछौ ।।२।।

पाप पुण्यको बहिखाता
जोड घटाउ मिलाउँदा ।
शेष जो बच्दछ पुँजी
प्रारब्ध त्यहीँ बलवान् छ ।।३।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ
शनिबार, बैशाख १६, २०८० शुभम्  ।

Comments