५२२. समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन् मुहारहरु ।।

समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन्  मुहारहरु ।।            

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ 

बालककालमा निखिल अबोध चेतन सत्ता र
विस्तारै  किशोरावस्थाका जिज्ञासु क्षण ।
युवावस्थामा आउँदा  साहसी र दृढ़निश्चयी
फ़ेरि प्रौढावस्थामा ज्ञानी र परिपक्वता ।।
समयचक्रमा आसन्न बृद्धअबश्था आउँदै गर्दा
भोगेच्छा रहित अनाशक्त साधुभाव बन्दै ।
जाँदारहेछन् मनका तरल वैचारिक धार ।।१।।

एकपटक आफ्नै सुदुर अतीत सम्झदै गर्दा पनि
ऎना जस्तैः छर्लङ्ग देखिनेछन् स्मृतिका डोबहरु ।
फ़ेरि उदाउनेछन् दृढ़निश्चयी साहसिक  जोशिला
युवावस्थाका धारिला रापिला चमकदार रोबहरु ।।
जिन्दगी कहाँ सधैं एकनाश हुँदोरैछ र महाशय
सुर्योदय पश्चात् दिन सुरुआत  र फ़ेरि सुर्यास्त
गहन दृष्टिकोणराखे  स्पष्ट सफा गरि बुझिदैन र ! ।।२।।

तसर्थ ! किन गर्छ मानिस फ़ेरि वैयक्तिक अहम्ता
घमण्ड मपाईत्व र आफै सर्वेसर्वा बन्ने प्रवृत्ति ।
ज्ञान र अज्ञानको चरम निर्वैयक्तिक द्वन्द्वमा सधैंभरि
ज्ञानका लाईसेन्सधारी ठेकेदारहरु नै मसिहा छन् ।।
हो! यथार्थमा भनौ भने समय काल महान गुरु हुन्
समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन्  मुहारहरु ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
मंगलबार, बैशाख १२, २०८० शुभम् ।

Comments