५२१. आफ्नो गुरु आफै बन्नु यदि सफ़ल हुने भए । के दु:ख होला र आफ्नो सेवक आफै भैदिए ।।

✍️ वसन्तराज अधिकारी
                                      घोराही, दाङ 


आज राती सपनीमा मस्त दौडिरहेको थिए ।

बिहान् पख निद्रा खुल्यो झल्याँस्स व्युझिए ।।

कहिलेकाही त सपना पनि त बिपना झै लाग्छ ।

फ़ेरि कहिले बिपना पनि सपना जस्तैः लाग्छ ।।

वृत्ति पथका अथक संघर्ष जीन्दगीका यात्रा ।

पौरखले आर्जित तीलस्मी सुखका झिल्का ।।

कर्तव्यबोध जीवन गति सकारात्मक अर्थ ।

स्वआर्जन सञ्चित प्रारब्ध जीवन सार्थक ।।

आफ्नो गुरु आफै बन्नु यदि सफ़ल हुने भए ।
के दु:ख होला र आफ्नो सेवक आफै भैदिए ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
शुक्रबार, बैशाख ९, २०८० शुभम् ।

Comments