५१९. मेरी आमा

मेरी आमा     

आमा भावना अधिकारीसँग जेष्ठ सुपुत्र म वसन्तराज अधिकारी

को हो ठूलो ? यश जगतमा
जननी समान ।
जन्मदिई दशधारा दूध पिलायौ
अमृतत्व मान ।।

पहिलो गुरु मेरो आमा हजुर
अक्षरारम्भ ज्ञान ।
किशोरावस्थामा पिता गुमाई
संरक्षकत्वको भूमिकामा ।।
ढोग दर्शन गर्छु सदैव हजुरको
महिमा रहेको छ अपार ।
आमा सरि को हुन सक्छ र अरु
भव सागरको  सार ।।

✍️ वसन्तराज अधिकारी
घोराही १८ रझेना, दाङ, नेपाल
मातृऔंसी "आमाको मुखहेर्ने दिन २०८०" शुभम् ।

Comments