५१५. १. नयाँ बर्ष २. स्वागतम् गर्दछु लौ तिम्लाई नयाँ बर्ष २०८०

१. नयाँ बर्ष
२. स्वागतम् गर्दछु लौ तिम्लाई नयाँ बर्ष २०८०                   

📝 नया बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !!!

हाम्रो नयाँ बर्ष २०८० विक्रम संवत्
स्वागतम् गर्दै  हरपल  हरघडी ।।

फ़ेरिदैछ व्यतीत पुरातन साल
भित्रीदैछ अब नयाँ बर्ष ।
वसन्त ॠतुको पुनरावृत्ति
आगमन समय कालचक्र ।।१।।

वनमा नयाँ नयाँ रंगीचंगी 
पालुवाहरु सर्वत्र पलाउँदैछन् ।
मयुर क्वैली डाँफे मुनाल पंन्छिले
स्वागतार्थ बोलाउँदैछन् ।।२।।

प्रकृति परिवर्तित देखिदैछ
नयाँ नयाँ रंगरुप चमक भर्दै ।
ॠतुराज वसन्त पश्चात् उन्मत्त गर्मी
आउँदैछ अब अघि बढदैं ।।३।।

पुराना पातहरु झर्छन् बनमा
पल्लवित  नयाँ पलाउँछन् ।
कोलाहलमय शहर भन्दा शान्त
प्रकृतिमा प्राणी  रमाउँछन् ।।४।।

भन्नलाई त सबैले भन्छन् पनि
अब नयाँ बर्षले हर्ष ल्यायो ।
नयाँ नयाँ योजनाले रौनक खुशी र
उमंग बहार भरपुर छायो ।।५।।

रुपमा हल्का परिवर्तन देखिएपनि
सारमा यहाँ  खास  केछ र ! ।
उहीँ मान्छे उहीँ शहर धनीलाई मस्ति
गरिबलाई झन२ कहर ।।६।।

तथापि हातेमालो गर्दै मनाउँ अब
हाम्रो आफ्नै नयाँ बर्ष ।
विक्रम संवत् २०८० सालको
सुरुआतको दिनमा हर्ष ।।७।।

फ़ेरि आउने छैन कहिल्यै यो दिन
यहीँ क्षणलाई सम्हालौ अब रमाऔं  ।
सालहरु त बर्षैपच्छे फ़ेरिनेछन्
आउँदै जाँदै निरन्तर  नयाँ बर्ष ।।८।।

केहि ठोस अठोट केहि बाचा र
केहि दृढ संकल्प पूरा गर्नु छ ।
नयाँ बर्षको स्वागतमा ह्रदयभरी
खुशी र आनन्द वर्षा छर्नुछ ।।९।।

उषाको लालित्य माधुर्य धर्तीमा
दिवाकरको सुनौलो किरण ।
मुस्कुराउछिन् धर्तीमा उज्यालो छाउँदै
सुरम्य नौलो अग्रगामी बिहान् ।।१०।।

बितेका बर्षको बाई२ बिदाई गरि
नयाँ बर्षको स्वागत गर्नलाई ।
धर्तीमा सबै जीव बनस्पति
जुरुक्क उठिसके जुरमुराई ।।११।।

नयाँ बर्षले नयाँ नयाँ  सपना
आशा उमंग सबै पूरा गरुन् ।
हर्ष खुशीमै सबै जीव रमाउन
दु:ख पिडामा कोहि नपरुन् ।।१२।।

अपेक्षा गरेजस्तो कहाँ हुन्छ र !
जस्तो करणी उस्तै भरणि ।
कुकर्म कुमती कदापि  नरही
सदैव रहोस् सद्गती सद्मती ।।१३।।

प्रारब्ध कर्म र भाग्यको बलशाली
चक्रव्युह खेलमा समय बिताउँदै ।
ॐ कारमा ब्रह्मा बिष्णु र शिव शक्ति
महिमा अपरंपार  गाउँदै ।।१४।।

मनका दुर्भावना मेटाई सुभावना
बिजाङ्कुरण सम्म गर्न सकुँ ।
सदैव आत्म परात्ममा परमात्मा कृपा
अध्यात्मिक जागरण भर्न सकुँ ।।१५।।

सम्यक सदा सुखी भवेत मन्त्र
अन्ततः विभेद भेदभाव मेटियोस् ।
वरिष्ठतम् अन्तर्दृष्टि श्रेष्ठतम् दिव्य
सत्पथ ज्योतिर्मय सुमार्ग भेटियोस् ।।१६।।

नहोस् वैमनस्य रिस राग कलह
नहुन् शत्रु बैरीहरु कहिल्यै  कुनै ।
बढोत्तरी होस् साथी संगति सज्जन
यथेष्ट बढुन् सदा मित्रमण्डली ।।१७।।

नआउन रोग दुर्भिक्ष दुर्भाग्यपूर्ण
कष्टकर दैवीप्रकोप बिपत्ति कुनै ।
सदा सत् मंगल अभिवृद्धि होस्
शिव कल्याण बनोस् दिन दिनै ।।१८।।

वर्षा प्रचुर होस् खेतीपाती सप्रियर
धर्तीपुत्र किसान खुशीमा रमुन् ।
राष्ट्रसेवक बर्ग कर्तव्यबोध सत् कर्ममा
सदा सर्वदा तत्परता भैरहुन् ।।१९।।

राज्य सरकार लोक कल्याणकारी बनुन्
सुशासन सदाचार  बहाली गरुन् ।
भ्रष्टाचार ढिलासुस्ती र अकर्मण्यता हटाई
अर्थतन्त्र आत्मनिर्भर  सुदृढ गरुन् ।।२०।।

बर्षौ बर्षसम्म थाती रहेका राज्यको अनिवार्य
कार्य जिम्मेवारी इमानदारीसाथ पूरा होउन् ।
राज्य प्रशासन पद्धति र रितिथिति अनुरुप
जनसेवा प्रवाहमा प्रतिबद्ध रहोस् ।।२१।।

आग्रह पुर्वाग्रह जेभएनि थातिरहेका कार्यहरू
यश बर्ष सुचारु भै प्रतिफल दिई पूरा होउन् ।
राष्ट्रको समृद्धि स्थिरता र विकासको बाटोमा
सकारात्मक दिशा तर्फ अभिमुख होउन् ।।२२।।

नेपालीहरुमा सदा सुख शान्ति समुन्नति
छाईरहोस् सुखद दिनचर्या  बर्षैभरि ।
हाम्रो नयाँ बर्ष २०८० विक्रम संवत्
स्वागतम् गर्दै  हरपल  हरघडी ।।२३।।

२. स्वागतम् गर्दछु लौ तिम्लाई नयाँ बर्ष २०८०

दुईहजार उनासीसाल हामीवाट भयो विदा ।
स्वागत गर्न तयार छौ नयाँ बर्षलाई यता ।।
समीक्षा गरौं कसरी बिताईयो उनासी साल ।
योजना बनाऔं नयाँ  बिताउने असी साल ।।
एक अर्थमा ॠतु परिवर्तन हो साल फ़ेरिने ।
बहु अर्थमा धेरै चिज बदलिन्छन् नयाँ बर्षमा ।।
व्यक्तिगत सामाजिक राष्ट्रिय अन्तर्राष्ट्रिय जीवन ।
स्वरुप परिवर्तित हुन्छन् नयाँ साल फ़ेरिएसँगै ।।
अंग्रेजी नयाँ बर्ष पनि मनाईन्छ पुस महिनामा ।
विक्रम संवत् को आफ्नैं नयाँ बर्ष बैशाखमा ।।
निवृत्त जागीरमा उप्रान्त आरामले घरैमा बसी ।
स्वागतम् गर्दछु लौ तिम्लाई नयाँ बर्ष २०८० ।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ
नयाँ बर्ष २०८०

Comments