५१४. दुई हजार असी सालको शुभकामना गीत गाउँदै ।।

दुई हजार असी सालको शुभकामना गीत गाउँदै ।            

✍️ वसन्तराज अधिकारी 

कृषि प्रधान देश मेरो हाय! कृषक बन्ने गरिब ।
सुदखोर दलाल गर्छन् याँहा अनेकन हरिप ।।१।।

किसानमारा नीति रहेसम्म देश कसरी बन्छ ? ।
कानमा तेल हाली बस्ने अगुवालाई हाईसञ्चो ।।२।।

मल बिउको अभावमा किसान तड्पिन्छन् ।
अब छिट्टै फ़ेरि बर्षामासको सुरुआत हुन्छन् ।।३।।

छिमेकी दादा छ्दैछ ॠणमा पाल्न सदा तयार ।
गोबर नेतृत्वगण त्यतैतिर भैदिन्छन् लम्पसार ।।४।।

समयमै किसानको अनुदानको मल भित्र्याईदिए ।
सिचाईको सुविधा खेतबारीमा पर्याप्त भै दिए ।।५।।

अन्नदाता कृषक हाँसे मात्र यो हाम्रो देश हाँस्छ ।
कृषिमा ध्यान देउ सरकार अवश्य देश उभो लाग्छ ।।६।।

ॠतु राज वसन्त आयो अब बैँस बहार ल्याउँदै ।
चैत्रको अन्त्य भै नयाँ बर्ष साथ बैशाख आउँदै ।।७।।

न हिउँदमा राम्रो वर्षा नै भयो न सरकारको ध्यान ।
खेतीगरि लगानी नै उठन सक्दैन कठै बरा किसान ।।८।।

वन उपवनमा हरियाली नयाँ पात पालुवा पलाई ।
कोइली र मयुरले मीठो नयाँ गीत संगीत गाई ।।९।।

खाद्यान्न दलहन तेलहन हिउँदे बाली भित्र्याउँदै ।
दुई हजार असी सालको शुभकामना गीत गाउँदै ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
सोमबार, २७ चैत्र २०७९

Comments