५१०. आधा बर्ष पश्चात् फ़ेरि आज चैत बर्षियो ।।

आधा बर्ष पश्चात् फ़ेरि आज चैत बर्षियो ।।       

✍️ वसन्तराज अधिकारी साथमा श्रीमती एशोदा 

असोज पश्चात्  सारा हिउँद बिना वर्षा बित्यो ।
धर्ती पुत्र किसानको खुशी सपना सब रित्यो ।।
तोरी र गहुँ जौं मसुरो फसल बाली सप्रीएन ।
अन्ततः अलिकता बीउ पल पनि जोगीएन ।।
बेमौसमी वर्षा  भए नि केहि  खुशहाल छैन ।
न बर्षा न हिउँदको काम खासै केही छैन ।।
जमिन सुख्खा भएर झार पात बोट बिरुवा ।
बन्दै थिए तिन्लाई भयो होला हल्का राहत ।।
सरकार पनि किसान मैत्री बन्नसक्नुपर्छ ।
कृषि रासायनिक मलको अनुदान दिनुपर्छ  ।।
एक दुई दिन चिसो होला फ़ेरि गर्मी बढनेभो ।
आधा बर्ष पश्चात् फ़ेरि आज चैत बर्षियो ।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ
सोमबार, चैत्र ६, २०७९


Comments