५१४. दु:खमा सुख देखिन्छन् जहाँ त्यहाँ छन् श्रीराम । राम रहित नश्वर जगत्मा कहिँ कतै छैन केहि काम ।।

दु:खमा सुख देखिन्छन्  जहाँ त्यहाँ छन् श्रीराम ।
राम रहित नश्वर जगत्मा कहिँ कतै छैन केहि काम ।।               

✍️ राम नवमी २०७९ को सम्पुर्ण सबैमा हार्दिक शुभकामना !!!
      

साकार स्वरुप राजा दशरथ र कौशिल्या पुत्र ।
जानकीका पति लक्ष्मण भरत र शत्रुघ्न भ्राता ।।
रुद्र स्वरुप सेवक हनुमानजीका आराध्य देव ।
साकार मर्यादा पुरुषोत्तम अयोध्यापति श्रीराम ।।१।।

भगवान् जगत नारायण श्रीरामको सार्थक बोध ।
आफ्नै अभ्यन्तर ह्रदय भित्र बिराजमान  छन् ।।
बाह्य चराचर जगत जुन  दृश्य नाटकीय स्वरुप ।
प्रपञ्च अपार अगम्य मायारुपि मोहजाल हुन्  ।।२।।

मातृत्व सरि करुणा प्रेम दया ममता जय श्रीराम ।
असाध्य दु:ख पर्दा समेत सप्रेम पुकार्नु राम राम ।।
दु:खमा सुख देखिन्छन्  जहाँ त्यहाँ छन् श्रीराम ।
राम रहित नश्वर जगत्मा कहिँ कतै छैन केहि काम ।।३।।

✍️ वसन्तराज अधिकारी
स्थायी ठेगाना : घोराही १७ पनौंरा, दाङ, नेपाल
श्री रामनवमी व्रत २०७९ शुभम् ।

Comments